Inside

All Time Top 50 News

अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 13 May 2013 01:13
Article Index
अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
More photos of 102nd Commencement Ceremony off Pine Manor College, 2013
Acceptance speech by Bishnu Maya Pariyar at Pine Manor College, MA, USA, May 12, 2013
All Pages

Updated: Exclusive: 1 video; 21 photos: बोस्टन- इम्पावोर दलित वूमेन अफ नेपाल (EDWON) कि संस्थापक समाजसेवी बिष्णुमाया परियारलाई 'पाइन् मानोर कलेज' (Pine Manor College) द्वारा समाजसेवामा उल्लेख्य योगदान पुर्‍याएको भन्दै मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (Doctor of Letters) डिग्री प्रदान गरिएको छ।


Social entrepreneur Bishnu Maya Pariyar was conferred honorary Doctor of Letters (D.Litt.) degree by Pine Manor College University during its 102nd Commencement Ceremony in Chestnut Hills, Massachusetts, USA on May 12, 2013. Photo: eEyecam.com

मैई १२ तारिख आईतवार 'मदर्श डे' का दिन उक्त विश्वबिद्यालयले मनाएको १०२ औं दिक्षान्त (कमेन्स्मेन्ट) समारोहमा समाजसेवी परियारलाई उनीद्वारा बोस्टन शहरमा १० बर्षअघि स्थापना भएको सामाजिक संस्था "एड्वन" (Empower Dalit Women of Nepal-EDWON) र परियार आफैले नेपालमा सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था "एड्वन" (Association of Dalit Women's Advancement of Nepal-ADWAN) मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानार्थ गरेको कार्यको उच्च मुल्यांकन गर्दै उक्त कलेजले उक्त बिद्यावारीधी प्रदान गरेको हो। 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री बेलायत (यूके), अस्ट्रेलिया र इन्डियामा 'डाक्टर अफ फिलोसोफी' (Ph.D.) भन्दा माथिल्लो तहको उपाधी मानिन्छ। (श्रोत: हेर्नुहोस्: विकिपिडिया)


Pride of simile: Social entrepreneur Bishnu Maya Pariyar expressing he joy before her acceptance speech after receiving honorary Doctor of Letters (D.Litt.) degree from Pine Manor College University during its 102nd Commencement Ceremony in Chestnut Hills, Massachusetts, USA on May 12, 2013. Photo: Man B Rana Magar

संस्थापक समाजसेवी बिष्णुमाया परियारद्वारा संचालित संस्था "एड्वन" ले अहिलेसम्म १० हजार भन्दाबेशी नेपालका दलित, गरीब, सिमान्तकृत बालबालिका उत्थानकालागि बिद्यालय स्थापना र छात्रबृद्दीमार्फत शिक्षा दिलाउन सफल भएको छ । उनी २३ सय महिलाहरुलाई महिला सशक्तिकरणका बिभिन्न कार्यक्रमहरु चलाएर परिबर्तनका संबाहक बनाउन सफल भएकि छिन् जसको कारण अरु ११ हजार महिलाहरुलाई प्रतक्ष्य तथा अप्रतक्ष्यरुपमा लाभान्बित हुन पुगेका छन्।

समाजसेवी परियारले 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट सामाजिक र राजनीतिक प्रणालीमा स्नातक (बिए) गरेकी हुन् । उनले मासाचुसेट्स राज्यकै अर्को प्रतिस्ठित क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तररास्ट्रिय बिकास बिषयमा स्नातकोत्तर (एमए) गरेकिछिन्।

हेर्नुहोस् युएस नेपाल अनलाइनले तयार पारेको उक्त  दिक्षान्त (कमेन्स्मेन्ट) समारोहबारे बिशेष भिडियो रिपोर्ट:
Honorary Doctor of Letters (D.Litt.) recipient Bishnu Maya Pariyar acceptance speech at 102nd Commencement Ceremony, Pine Manor College, MA, USA, May 12, 2013

अमेरिकाको मासाचुसेट्स राज्यस्थित १०२ बर्ष अगाडी स्थापित ख्याती कमाएको उक्त विश्वबिद्यालयमा दक्षिण एसियाली देशबाट पहिलो पटक उक्त मानार्थ डि.लिट. (D.Litt.) पदवी पाउने समाजसेवी परियार पहिलो नेपाली हुन्। समाजसेवी परियारले उक्त मानार्थ डि.लिट. पदवी पाउने अमेरिकामा पहिलो नेपाली महिला बन्ने सौभाग्य पनि पाएकिछिन्।

Honorary Doctor of Letters (D.Litt.) degree citation of social entrepreneur Bishnu Maya Pariyar from Pine Manor College University. Photo: eEyecam.com

अमेरिकि विश्वबिद्यालयबाट अनरेरी बिद्यावारीधी प्राप्त गर्ने नेपाली पुरुषहरुमा सन् २००७ मा नेब्रास्का विश्वबिद्यालयबाट महाबिर पुन मगरले 'डाक्टर अफ हुमेन लेटर्स' (Doctor of Humane Letters) पाएकाछन् भने सन् २०१३ मा सोही डिग्री उथाह विश्वबिद्यालयबाट २१ पटक विश्वको सर्बोच्च शिखर सगरमाथा आरोही आपा शेर्पाले पाएकाछन्।

यस अघी 'पाइन् मानोर कलेज' विश्वबिद्यालयबाट यो मानार्थ पदवी पाउने महिलाहरूमा स्मिथ कलेजकी प्रथम महिला अध्यक्ष तथा मासाचुसेट्स इन्स्टुच्युट्स अफ टेक्नोलोजी (MIT) कि भिजिटिङ प्रोफेसर जिल केर कोन्वे, मेट्रोपिलिटन म्युजियम अफ आर्ट न्यू योर्ककि प्रेसिडेन्ट इमिली कर्णन राफर्टी, मासाचुसेट्स राज्यकि स्वास्थ्य तथा मानवसेवा बिभागकि सचिब जुडी एन बिग्बी, टोम्स सु कम्पनीकि चिफ अफ स्टाफ कान्डाइस उल्फविङ्केल, प्रख्यात बालसाहित्य लेखिका ज्याकुलिन उडसनलगायत थुप्रै सफल महिलाहरु रहेका छन् ।

सामाजिक क्षेत्रमा बिष्णुमाया परियार र उनको संस्थाले पुर्‍याएको उल्लेखनीय योगदानको कदरस्वरुप उनी विश्व बैंक फ्यामिली नेटवोर्कको 'मार्गरेट माक्नमारा मेमोरियल' पुरस्कार (२००७), संयुक्त राष्ट्र संघ एसोसिसनको 'पर्दिता हस्टन मानब अधिकार' पुरस्कार र अन्य दुई दर्जनभन्दा ज्यादा राष्ट्रिय र अन्तरराष्ट्रिय  पुरस्कारबाट सम्मानित भै सकेकी छिन्।

उनी गोर्खा जिल्लाको ताक्लुङ गाउँ कि हुन्। उनका आमा कनमाया परियार र बुवा रुपबहादुर परियार हुन् भने उनका १ भाई र ४ दिदी र ३ बहिनी छन्।

उनको संस्थाको वेब्साइट: www.edwon.org (अमेरिका) र www.adwannepal.org (नेपाल) । उनको निजी वेब्साइट www.bishnumayapariyar.org हेर्नुहोस्

युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो ।

 

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-http://usnepalonline.com/edwon-adwan/

-अमेरिकामा नेपाली चेलीलाई सामाजिक सेवाको उच्च कदर गर्दै मानार्थ बिद्यावारिधी

-अमेरिकि नेपाली संस्था "एड्वन" (EDWON) को सहयोगमा महिला सशक्तिकरण, अधिकार र स्वालम्वन अभियान

-डिसीमा विश्व बैक फ्यमिली नेटओर्कको MMMF पुरस्कार बिजेताहरुद्वारा महिला हक, अधिकार र समानताको कुरामा जोड

--अमेरिकामा पुरस्कारको पोको, नेपालमा दलित महिला र बालबालिकाकोलागि मरिमेट्ने धोको !



Bishnu Maya Pariyar in front of Pine Manor College entrance. Photo: eEyecam.com


Ms. pariyar receiving traditional khada from Manbahadur Rana Magar, general secretary, Magar Association, USA. Photo: eEyecam.com

Ms. Pariyar expressing he joy before her acceptance speech after receiving honorary Doctor of Letters (D.Litt.) degree from Pine Manor College University during its 102nd Commencement Ceremony in Chestnut Hills, Massachusetts, USA on May 12, 2013. Photo: Man B Rana Magar


Ms. Pariyar delivering her acceptance speech. Photo: Man B Rana Magar


Ms. Pariyar with Nepalese friends and family members. Photo: eEyecam.com


Ms. Pariyar with Pine Manor College Board members and her friends and family members. Photo: Man B Rana Magar

अमेरिकि विश्वबिद्यालयद्वारा समाजसेवी बिष्णुमाया परियारलाई मानार्थ बिद्यावारीधी 'डाक्टर अफ लेटर्स' (D.Litt.) डिग्री प्रदान
More photos of 102nd Commencement Ceremony off Pine Manor College, 2013
Acceptance speech by Bishnu Maya Pariyar at Pine Manor College, MA, USA, May 12, 2013
All Pages
Page 1 of 3


 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.