Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Manu Lohorung Rai   
Monday, 08 April 2013 22:01

अमेरिकि लेखक प्रोफेसर निकोलस हरशनसंग अन्तरंग
Special: 1 photo:
न्यू योर्क- न्यू योर्क शहरमा हरेक महिनाको पहिलो आईतबार हुने काव्य गोष्ठी 'श्रृजनाका यात्राहरु' को ४० औं श्रृङ्खला सम्पन्न भएको छ।

The participants at 40th episode of Srijana Ka Yatraharu in New York on April 7, 2013. Photo: Manu

अप्रिल ७ तारिख आईतबार न्यू योर्कको क्विन्सस्थित, सन्नीसाईडको मालिङ्गो रेस्टुरेन्टमा आयोजित उक्त श्रृङ्खलामा विशेष अतिथिकोरुपमा अमेरिकि लेखक प्रोफेसर निकोलस हरशन उपस्थित रहेका थिए।

कवि विनोद रोकाले लेखक हरशनलाई खादा पहिर्याएर कार्यक्रम स्वागत गरेका थिए। लेखक हरशन हाल सेन्ट जोन्स युनिभर्सिटीका प्रेफेसर हुन् भने केही बर्ष पहिले डेली न्यजका पत्रकार रहेका थिए । लेखक हरशन न्यू योर्कको क्विन्सस्थित फोरेस्ट हिलमा जन्मिएका हुन्। उनले आफू जन्मेको ठाउँको बारेमा, स्थानीय विकस र त्यसको इतिहासलाई समेटिएको "Image Of America- Forest Hill" भन्ने सचित्र पुस्तक पनि प्रकाशित गरी सकेका छन्। कार्यक्रममा नेपाली लेखकहरु र हरशनबिच उनकै पुस्तकको बारेमा र लेखन क्षेत्रको बिकास र पुस्तक प्रकाशनकोबारे पनि छलफल भयो।

नेपाली कविहरुले पनि अंग्रेजी माध्यममा आफ्ना रचनाहरु बाचन गरेका थिए। कविता बाचन गर्नेहरुमाज्योति पौडेल, परीता राजभण्डारी, बिनोद रोका, गीता पन्थ, मनु लोहोरुङ, बिष्णु पौडेल, बिष्णुसिंह धामी, सुनीता शर्मा र मणि बांग्देल रहेका थिए।

कार्यक्रममा न्यू योर्कका अन्य बिभिन्न क्षेत्रमा संलग्न व्यक्तित्वहरुको पनि उपस्थिति रहेको थियो।

-Manu Lohorung Rai in New York

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३९ औं श्रृङ्खला सम्पन्न
(गायक हरिश माथेमासंग अन्तरंग)

-न्यू योर्कमा पाँचौ "प्रेम कविता उत्सब" तथा 'श्रीजनाका यात्राहरु' को ३८ औं श्रृङ्खला सम्पन्न

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३७ औं श्रृङ्खला सम्पन्न    
अमेरिकि लेखक आलेक्स गार्गिलिसको बिशेष प्रस्तुती

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३६ औं श्रृङ्खला सम्पन्न
लेखक डा. सन्जिब उप्रेती र  प्रकाशिका अर्चना थापासंग अन्तरंग

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न        
(कवि शिशिर शर्माको एकल कविता वाचन)

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.