Inside

All Time Top 50 News

न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३५ औं श्रृङ्खला सम्पन्न PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 11 November 2012 14:34

कवि शिशिर शर्माको एकल कविता वाचन
Special; 9 photos, 1 video:
न्यू योर्क- न्यू योर्क शहरमा सन् २००८ को डिसेम्बरदेखि शुरु गरिएको मासिक साहित्यिक कविता वाचन कार्यक्रम 'श्रीजनाका यात्राहरु' को ३५ औं प्रस्तुती सम्पन्न भएको छ।

Poet Shishir Sharma (aka Shivaprasad Lamichhane) reciting his poetry at the 35th Episode of Srijanaka Yatraharu in New York on November 4, 2012. Photos: eEyeCam.com

उक्त श्रृङ्खला नोबेम्बर ४ तारिख आईतबार न्यू योर्कको ज्याक्सन्हाईट्सस्थित दावा ह्योल्मोद्वारा स्थापित "बुद्धिस्ट धर्म सेन्टर" ४०-०८, ७६ स्ट्रिटमा ककवि शिशिर शर्माको एकल कविता वाचनकासाथ सम्पन्न भएको हो।

साहित्यकार शर्माले आफ्ना चुनिएका झन्डै एक दर्जन कविताहरु सरसताकासाथ प्रस्तुत गरेका थिए।

साहित्यकार, पत्रकार र शिक्षक शिशिर शर्मा उर्फ शिवप्रशाद लामिछानेका यस अघि ८ वटा कृतिहरु प्रकासित भई सकेकाछन्। धादिङ जिल्लाको सल्यानकोटमा जन्मेका कवि शर्माका "अस्तित्वको खोजी" (कविता संग्रह, २०५५), "मास्टरको कोट" (कविता संग्रह, २०५८), "मेरी छोरीको देश" (कविता संग्रह, २०६१), "सल्यानकोटदेविको सङ्क्षिप्त परिचय" (२०६२), "पिरतीको फूल" (संयुक्त गिती एल्बम, २०६३), "नेपालमा न्रिसिंह अवतार" (तीर्थस्थल परिचय, २०६३), "मामा घर" (किशोर उपन्यास, २०६४) र "धादिङका कवि प्रतिभा" (सम्पादित (कविता संग्रह, २०६५) प्रकाशन भईसकेकाछन्।

साहित्यकार तथा शिक्षाक शर्मा प्रज्ञा कथा पुरस्कार २०६१, शिक्षा पुरस्कार २०५७ जस्ता सरकारीस्तरका बिशिस्ट सम्मानद्वारा सम्मानित ब्यक्तित्व हुन्। उनले १ दर्जनभन्दाबेशी ब्रित्तचित्र (डकुमेन्ट्री) निर्देशन, स्वराङ्कन, फुटकर कथा, निबन्ध र राष्ट्रिय गीतहरुको रचना गरेकाछन्।

Poet Parita Rajbhandari welcoming Shishir Sharma. Photos: eEyeCam.com

अघिल्लो महिनाकि एकल कविता वाचक परीता राजभन्डारीले कवि शर्मालाई परम्परागत खादा ओढाएर स्वागत गरेकी थिइन् भने कवि बिनोद रोकाले प्रमाणपत्र प्रदान गरेका थिए।

उक्त साहित्यिक कार्यक्रममा कविहरु बिनोद रोका, मनु लोहोरुङ राई, परीता राजभण्डारी र नगेन्द्र ईङ्नाम “आठराईली”ले आ-आफ्ना कविताहरु वाचन गरेका थिए ।

कार्यक्रमको शुरुमा कवि बिनोद रोकाले कवि शर्माबारे परिचय प्रस्तुत गरेका थिए भने सिता खरेलले कार्यक्रमको सन्चालन गरेकी थिइन्।

The participants with poet Shishir Sharma. Photos: eEyeCam.com

यस अघीका एकल कविता वाचक कविहरुमा क्रमश: बिनोद रोका, डा. गोबिन्द कोइराला, ज्योति पौडेल, कमला प्रसाई, तीर्थराज बराल, देबेन्द्र साम्बाहम्फे लिम्बु, कवि तथा पत्रकार गोबिन्द गिरी प्रेरणा, मनु लोहरुङ राई, गीता खत्री, बसन्त श्रेष्ठ, स्नेह सायमी र लक्ष्मी माली, अरुणा क्षेत्रि "अरुरागी", कवि वसन्त चौधरी, आङ जाङ्बु शेर्पा परीता र राजभन्डारी हुन् ।

बिशेष परिस्थिती बाहेक हरेक महिनाको पहिलो आईतवार आयोजना गरिन्छ। "श्रृजनाका यात्राहरू" सन् २००८ को डिसेम्बर २८ तारिख शुरु गरिएको हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

-http://usnepalonline.com/srijanaka-yatraharu/

-न्यू योर्कमा 'श्रीजनाका यात्राहरु' को ३४ औं श्रृङ्खला सम्पन्न            
(कवि परीता राजभण्डारीको एकल कविता वाचन
नेपालका राष्ट्र गानका संगीतकार अम्बर गुरुङको बिशेष उपस्थिती)

-न्यू योर्कमा 'श्रृजनाका यात्राहरु' को ३३ औं श्रृङ्खला सम्पन्न
(कवि आङ जाङ्बु शेर्पाको एकल वाचन)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३२ औं श्रृङ्खला सम्पन्न
(बसन्त चौधरीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३१ औं श्रृङ्खला सम्पन्न
(अरुण छेत्री 'अनुरागी' को एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को ३० औं श्रृङ्खला सम्पन्न
(स्नेह सायमी र लक्ष्मी मालीद्वारा कविता प्रस्तुती
)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २९ औं श्रृङ्खला सम्पन्न

(बसन्त श्रेष्ठको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २८ औं श्रृङ्खला सम्पन्न

(गीता खत्रीको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २७ औं श्रृङ्खला सम्पन्न

(मनू लोहोरुङ राईको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को २६ औं श्रृङ्खला तथा भ्यालेन्टाइन्स डे प्रेम कविता महोत्सब सम्पन्न

(गोबिन्द गिरी प्रेरणाको एकल कविता प्रस्तुती)

-न्यू योर्कमा "श्रृजनाका यात्राहरु" को २५ औं साहित्यिक श्रृङ्खला सम्पन्न

(देबेन्द्र साम्बाहाम्फे लिम्बुको एकल कविता प्रस्तुती)

-न्न्यू योर्कमा श्रीजनाका यात्राहरुको प्रथम बार्सिकोत्सब सम्पन्न

-न्यू योर्कमा नेपाली साहित्यकारहरुको नियमित जम्काभेट: "श्रृजनाका यात्राहरू-२"

-न्यू योर्कमा "श्रृजनाका यात्राहरू" को पहिलो साहित्यीक श्रृङ्खला


Sita Kharel. Photos: eEyeCam.com

Manu Loharung Rai.

Parita Rajbhandari. Photos: eEyeCam.com

Binod Roka. Photos: eEyeCam.com

Nagendra Ingnam 'Atharaili.



Binod Roka and Shishir Sharma. Photos: eEyeCam.com

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.