Inside

All Time Top 50 News

न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Sunday, 23 December 2012 05:25
Article Index
न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित
More photos of Sumnima Saanjh-4, 2012
All Pages

पत्रकार प्रदीप थापा मगर, सितोरियो कराते खेलाडीहरु समरबहादुर गोले, टाशी टि शेर्पा, पर्खि राई, अरुण राई, दिपक राई र बाल गायिका एन्जिला राई सम्मानित
Special: 36 photos:
न्यू योर्क- किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ भब्यताकासाथ सम्पन्न गरिएको छ। उक्त साँझमा समाजका बिभिन्न बिधाका ७ ब्यक्तित्वहरुलाई सम्मान गरिएकोछ।


 

The honorees, Chief Guest & Organizers: KRSA BOD Chair Mani Bangdel, Pradeep Thapa Magar, Sambar Gole, Tashi T Sherpa, Charge d' Affairs Sewa Lamsal Adhikari, Parkhi Rai, Arun Rai, Dipak Rai, Angila Rai and Wakasha Bantawa at the Sumnima Saanjh-4 in New York on December 22, 2012. Photo: Ashok Pant (NepalPhotoNews.com)

शनिबार डिसेम्बर २२ तारिख न्यू योर्कको कुइन्स उडसाइडस्थित गुल्सन टेरेस हलमा आयोजना गरिएको उक्त साँझमा सम्मानित ब्यक्तित्वहरुमा क्रमश: युएस नेपाल अनलाइनका प्रधान सम्पादक प्रदीप थापा मगर, सितोरियो कराते खेलाडीहरु समरबहादुर गोले, टाशी टि शेर्पा, पर्खि राई, अरुण राई, दिपक राई र बाल गायिका एन्जिला राई थिए।

The 5-year-old child singer Angila Rai receiving an award from the chief guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission to the UN. Photo: Ashok Pant (NepalPhotoNews.com)

सम्मानित ब्यक्तित्वहरुलाई प्रमुख अतिथी तथा संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारीले बिशेष कदर पदकद्वारा सम्मान गरेकी थिइन्।

यस अघि सोसाइटीले सन् २०१० को डिसेम्बर २५ मा सम्पन्न सुम्निमा साँझ-२ मा गायिका सपना श्री र विश्व सन्देश साप्ताहिकका प्रधान सम्पादक बिजय पौडेललाई सम्मान गरिसकेको छ।

Chief guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission inaugurating Sumnima Saanjh-4. Photo: eEyeCam.com

यस पटकको सुम्निमा साँझ-४ को उद्घाटन प्रमुख अतिथी महामहिम अधिकारीले पानसमा दीप प्रज्जवलन गरी गरेकी थिइन्। सोसाइटीले प्रमुख अतिथी महामहिम अधिकारीलाई मायाको चिनो स्वरुप पशुपतिनाथको प्रतिमूर्ती प्रदान गर्‍यो।

Kirat Rai Society of America (KRSA) New York Chapter president Khagendra Rai presenting a Mayako Chino (Token of Love) to Chief guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission inaugurating Sumnima Saanjh-4. Photo: eEyeCam.com

उक्त साँझमा स्वागत मन्तब्य सोसाइटीका केन्द्रिय बोर्ड अध्यक्ष मणी बाङ्देलले गर्दै सुम्निमा साँझ र किराती राईहरुको उधौलि-उभौलीबारे प्रकाश पारेका थिए भने सुम्निमा साँझ-४ का संयोजक पदम राईले धन्यवाद ज्ञापन गरेका थिए।

उक्त साँझमा प्रमुख अतिथी महामहिम अधिकारीकाअलावा सोसाइटीका सल्लाहकार डा. कल्याणी राई, डा. तारा निरौला र सोसाइटीको न्यू योर्क च्याप्टर प्रेसिडेन्ट खगेन्द्र राईले सम्बोधन गरेका थिए ।

उद्घाटन सत्रको सन्चालन प्रमोद थुलुङले गरेका थिए।

The organizers and the chief guest at the opening ceremony of Sumnima Saanjh-4. Photo: eEyeCam.com

सुम्निमा साँझ-४: साँस्कृतिक प्रस्तुती

नेपाली राष्ट्र गानबाट साँस्कृतिक कार्यक्रमको शुरुवात गरिएको उक्त साँझमा सामूहिक चन्डी नाँचले पुर्बी नेपालमा बसोबास गर्ने आदिबासी जनजाति किराती राई जातिको साँस्कृतिक झल्को दिएको थियो।

उक्त साँझमा राजेन्द्र राई र उनकी ५ बर्शिय छोरी एन्जिला राई, सुमन बुढा मगर, अभय ढुङ्गेल, पबिता परियार, तिलक श्रेष्ठ, गीता बिर्लाकोटी, यशोदा खालिङ राई, मिना राई, वाकाशा बान्तवा र राहुल राईले आ-आफ्नो सुमधुर गीत प्रस्तुत गरेका थिए भने बसन्ती राई, यशोदा खालिङ राई, हेमन राई, सम्झना कार्की र पुष्पा पाण्डेको मोहक न्रित्य प्रस्तुती रहेको थियो।

Basanti Rai and Heman Rai performing a Nepali dance. Photo: eEyeCam.com

उता लोक गायक सुमन बुढा मगर र राहुल राईले दर्शकलाई खुब नँचाए भने गोपाल नेपाल "फिस्टे" को प्रहसन न्रित्य र न्यू योर्कका टुक्रे कवि बिनोद रोकाको ब्यङ्यात्मक मुक्तकले वाहवाही खाएको थियो।

Folk singer Suman Budha Magar performing at the Sumnima Saanjh-4 in New York. Photo: eEyeCam.com


उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो


-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it


Read related news:


-http://usnepalonline.com/rai/

-किराँत राई सोसाईटी अफ अमेरिका (KRSA) को न्यू योर्क च्याप्टर अधिबेशन सम्पन्न, चौँथो सुम्निमा साँझ डिसेम्बर २२ तारिख गरिने

-न्यू योर्कमा घन्केको सकेला उभौलीको त्यो शिली !

-न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-३ सम्पन्न

-न्यू योर्कमा KRSA द्वारा साकेला पर्बको रमाइलो

-न्यू योर्कमा किराती राइहरुको सुम्निमा साँझ-II सम्पन्न

-अमेरिकाको कोलोराडोमा किरात साकेला पर्ब मनाइयो

-अमेरिकाको डेनभरमा किरात राईहरु साकेला मनाउँदै

-न्यू योर्क शहरमा किराती राइहरुको महान पर्ब साकेलाको रमझम

 

Wakasha Bantaba. Photo: eEyeCam.com

Rahul Rai. Photo: eEyeCam.com

 

Rajendra Rai and his daughter Anjila Rai. Photo: eEyeCam.com

 

Pabita Pariyar. Photo: eEyeCam.com



न्यू योर्कमा किरात राई सोसाइटी अफ अमेरिका (KRSA) द्वारा सुम्निमा साँझ-४ सम्पन्न, ७ ब्यक्तित्वहरु सम्मानित
More photos of Sumnima Saanjh-4, 2012
All Pages
Page 1 of 2

 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.