Inside

All Time Top 50 News

न्यू योर्कमा "स्वर्गिय सन्देश" को बिजारोपण यसरी भयो PDF Print E-mail
Share
User Rating: / 18
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 05 January 2010 18:47

"मन्दिर नगए हुन्छ, मस्जित नधाए हुन्छ
गुम्बा नगए हुन्छ, गिर्जा नधाए हुन्छ
आफ्नै मन चोखो छैन, धर्म नगरे हुन्छ"
- सुप्रिम मास्टर गड एन्जेल
Exclusive 46 photos: न्यू योर्क- "काँडा रोपेर फूल खोज्नेहरु विश्वमा धेरै छन्, विश्व अशान्तीको कारक तत्व पनि त्यही हो।" यि घत लाग्दा भनाइहरु हुन्- सुप्रिम मास्टर गड एन्जेलको। साधना र बिचारका प्रखर ब्यक्तित्व यि नेपाली साधुले न्यू योर्कबासी नेपालीहरुलाई गत जनवरी ३ तारिख आफ्नो प्रबचन सुनाए र ध्यानमा स्वर्गिक आनन्द दिलाउने प्रयास गरे।

 

स्वर्गिक आनन्द र स्वर्ग जाने बाटो

हेवन्ली पाथ (Heavenly Path) संस्था र अध्यात्मका प्रबर्तक सुप्रिम मास्टर गड एन्जेल (गुरु हजुर) द्वारा न्यू योर्कमा सम्पन्न "स्वर्गिय सन्देश" कार्यक्रममा उपस्थित झन्डै २०० नेपालीहरुलाई ध्यानको माध्यम स्वर्गको दर्शन र आनन्द लुटाउन उनी कति सफल भए त्यो भबिश्यले देखाउला तर त्यहाँ प्रबचन सुन्ने र ध्यानमा मग्न हुँदै आफ्सेआफ हातहरु आकाशतिर उठाउँदै स्वर्गिक बिचरण गर्ने दुई दर्जन भक्तालुहरुको अनुभब सुन्दा चाँही ध्यानको प्रभाब देख्न सकिन्थ्यो। युएस नेपाल अनलाइनले उक्त कार्यक्रमको प्रतक्ष प्रसारण (Live broadcasting) गरेको थियो। हेर्नुहोस्:




Watch all 3 parts; Part-I: Witness, Part-II Swargik Sandesh, Part-III Meditation live at: http://www.usnepalonline.com/live

न्यू योर्कको उक्त कार्यक्रमकालागि गुरु हजुर साउथ कोरिया हुँदै जनवरी १ तारिख अमेरिका आउनु भएको थियो भने ४ तारिख बेलुकी जापानको कार्यक्रममा भाग लिन प्रस्थान गर्नु भयो।

प्रबचन र ध्यान शिबिर शुरु हुनु अघी बिभिन्न भजनहरु गाइएको थियो। गुरु हजुरको स्वागतार्थ तिलक श्रेष्ठ, सन्जोक लामा, न्हुच्छेनारायण डङ्गोल, राज कपुर, गोमा गुरुङले स्वागत गान प्रस्तुत गरेका थिए भने दीपा थापा, शारदा श्रेष्ठ, बन्दना राइ र नर्बदा छेत्रीले आ-आफ्ना भजनहरु गाएका थिए।

"आ-म-स" उपचार पद्दतिकोलागि आदेश र मन्त्र प्राप्त गर्ने अमेरिकि नेपाली एन्जेलहरु

न्यू योर्क छोड्नु अघी जनवरी ३ तारिखको मध्य रातपछि उहाँले ६ जना एन्जेलहरुलाई हेवन्ली पाथको अत्यन्त प्रभावकारी र लोकप्रिय ध्यान र उपचार पद्दति "आ-म-स" (आत्मा+मन+शरिर) कोलागि आदेश दिनु भयो।

हेवन्ली पाथ अमेरिकाका अध्यक्ष एल्जेल सुकु राइकाअनुसार त्यसरी आदेश पाउने एल्जेलहरुमा एल्जेल उज्जवल, एल्जेल निला, एल्जेल मन्जु, एल्जेल फुर्बा, एल्जेल टेम्बा र एल्जेल तिलक छन्। अब हेवन्ली पाथका यि एन्जेलहरुले मानसिक र शरीरिक रोगीहरुलाई आ-म-स (आत्मा+मन+शरिर) पद्दततीद्वारा उपचार गर्न सक्नेछन्।

Heavenly Path USA President Suku Rai with Supreme Master God Angel. Photos: eEyeCam.com

अध्यक्ष राइकाअनुसार यो आदेश पाउनको लागि उक्त ब्यक्तीले "आ-म-स" उपचार लिइसकेको हुनु पर्नेछ। यो पद्दतबाट बिभिन्न शरीरिक र मानसिक रोगको सफल उपचार भई आएको छ।

Angel Ujjawal, Angel Nila, Angel Manju, Angel Phurba, Angel Temba and Angel Tilak. Photos: eEyeCam.com

यि ६ एन्जेलहरुलाई अध्यक्ष राइद्वारा यस अघी उपचार गरी निको पारेको कारण उनीहरु हेवन्ली पाथको स्वर्गिक आनन्दको पथमा लागेको युएस नेपाल अनलाइनलाई बताए। यि एन्जेलहरुको अनुभबहरु युएस नेपाल अनलाइनले छिट्टै प्रतक्ष प्रसारण (Live broadcasting) गर्नेछ।

के हो हेवन्ली पाथ? को हुन् सुप्रिम मास्टर गड एन्जेल (गुरु हजुर)?

यो पङ्क्तिकारले गुरु हजुरको छोटो न्यू योर्क बसाइका बेला उहाँसंग केही वार्तालाप गर्ने मौका पाएको थियो। हेवन्ली पाथका प्रबर्तक सुप्रिम मास्टर गड एन्जेललाई त्यसका उपासक एन्जेलहरुले माया र सम्मान गरेर "गुरु हजुर" भनी सम्बोधन गर्दछन्।

Supreme Master God Angel (aka Guru Hajur) at Lila Rai's home in Long Island, NY. Photos: eEyeCam.com

हेवन्ली पाथकाबारे आफ्नो "अमरवाणी" पुस्तकमा गुरु हजुरले लेख्नु भएको छ: "हेवन्ली पाथ धर्म होइन तर सबै धर्मको सार हो। हेवन्ली पाथको मुख्य उद्धेश्य आत्माको उद्धार हो। धर्महरु बिचको शत्रुतापूर्ण सम्बन्धमा सेतु (पुल) को काम हेवन्ली पाथले गर्दछ।"

आत्मा (Soul), इश्वर (God) प्रेम (Love) र विश्व शान्तीकालागि प्रेमबाद (Lovism) हेवन्ली पाथको मुल उद्देश्य भएको पनि गुरु हजुरले बताए। उपचार पद्दति "आ-म-स" (आत्मा+मन+शरिर) (Aamasha Healing) हेवन्ली पाथको अर्को पाटो हो, जुन रोगीहरु बिच निक्कै प्रभावकारी र लोकप्रिय बन्दै गएकोछ।



तर उनको असली नाम के हो? उनी कहिले, कहाँ जन्मेका थिए?

गुरु हजुरका अनुसार उनलाई "सुप्रिम मास्टर गड एन्जेल" (Supreme Master God Angel) नाम सन् २००४ मा भारतको मुम्बईमा भएको जोराश्ट्रियन (Zoroastrian) धर्मालम्बीहरुको विश्व शान्ती सम्मेलनमा आयोजकहरुले प्रदान गरेको हो। त्यस यता उनलाई यही नामले पुकार्न थालियो।

Supreme Master God Angel (aka Guru Hajur). Photos: eEyeCam.com

विश्वका ७० भन्दाबेशी मुलुकमा भ्रमण गरी सकेका गुरु हजुरको पासपोर्टमा कुन नाम होला? यो जिज्ञासामा उनले आफ्नो नाम नेपालको सबैभन्दा लामो भएको बताउँदै आफ्नो पासपोर्टमा भएको पुरा नाम यो पङ्क्तिकारको नोटबुकमा टिपाए- "Honorable Supreme Master Godangel Bal Tapaswi Satguru Om Nand"

उमेरको हिसाबले गुरु हजुर नेपालका सम्भबत: सबैभन्दा कलिलो उमेरका चर्चित बाल तवस्वी हुन्हुन्छ। उनको उमेर भर्खर २८ बर्षमा पाइला टेक्दैछ। गुरु हजुरको जन्म बिसं २०३७ चैत्र १७ गते नेपालको उदयपुर जिल्लाको मैनामैनी गाउँ बिकास समितीको वडा नं २ माङ्तेन गाउँमा भएको थियो। उनका बुवा जयबहादुर वान्तवा राइ र आमा पञ्चेस्वेरी राइ हुन्हुन्छ।

जातपात र धार्मिक, साँस्कृतिक अन्ध विश्वासको बिरुद्ध

उसो त, गुरु हजुर जातपात र धार्मिक, साँस्कृतिक अन्ध विश्वासमा विश्वाश नगर्ने मात्र होइन त्यसप्रति कडा प्रहार गर्दछन्। उनी भन्छन्- "अन्ध विश्वाश भनेको एउटा जाल हो, त्यहाँ फँसेपछि बाहिर निस्कन अति कठिन हुन्छ। मृत्‍युपछि स्वर्ग प्राप्तिको लागि गरिने पुराण पाठ, दान-दक्षिणा अन्ध विश्वाशको अर्को रुप हो। बोक्सी प्रथा हुँदै हुँदैन, यदी हुन्छ भनेर कसैले जिकिर गर्छ भने उ नै बोक्सी वा बोक्सा हो किन भने ढोङ्गीले ढोङ्गी नै देख्छ। अबतारबाद अन्ध विश्वाशको पराकास्ठा हो, यदी अबतारबाद हुँदो हो त मेरो पूर्व अबतार खै? जबसम्म अन्ध विश्वाशको भुमरीबाट मुक्त हुन सकिन्न तबसम्म आफुले आँफैलाई चिनिदैन।"

उता उनी इश्वर र पुर्खाको नाममा पशु वली गर्नेहरुप्रति पनि उत्तिकै प्रहार गर्दछन्- "जुन धर्ममा बली भोग छ, त्यो धर्म धर्मै होइन किनभने बध गर्नु हिंशा हो, हिंशा पाप हो र पाप धर्मको उल्टो अधर्म हो। पशु वली चढाउनु नर्कको बाटो लाग्नु हो। परम प्रभुको आफ्नै सृस्‍टि- भाले, परेवा, पाठा, आदिलाई मारेर रगत चढाउनु आफ्नै छोराछोरीको रगत आमा-बाबालाई चढाउनु झै हो, के तपाईं आफ्ना नानीहरुको रगत पिउन तयार हुनुहुन्छ?"

Supreme Master God Angel (aka Guru Hajur). Photos: eEyeCam.com

जाति पातिको बर्खिलापमा रहदै आएका गुरु हजुरले आफ्नो "अमरवाणी" मा जातिबादको बारेमा लेख्छन्-" धर्ममा जातिय बिभेद भयो भने त्यो सर्प झै बिशालु हुन्छ। जातिबादमा अल्झिने मान्छेहरुले केवल जातिय आन्दोलनबाहेक आध्यात्मिक अनि धार्मिक दर्शन कहिल्यै दिन सक्दैनन्।"

हिटलरले धर्म र जातिको नाममा ६० लाख याहूदीहरुलाई मारेको प्रसंग उल्लेख गर्दै आफु जातिभन्दा विश्व मानब प्रेमको शङ्खघोश गर्न विश्व यात्रामा निस्केको गुरु हजुरले युएस नेपाल अन्लाइनलाई जानकारी गराए।

उनी मदिरा पान, पशु वली र अन्ध विश्वाशको विपक्षमा जति खुलेर लागेका छन् त्यो भन्दा बढी मनको सुद्धी गर्नतिर ध्यानको बाटो अपनाउन पुगेका छन्। उनी भन्छन्- "तिमिले एउटा कुरालाई भने मार्नै पर्छ, त्यो हो- खराब इच्छा।" अरु त अरु, लौ सुनुहोस् उनका उपदेश- "खराब मान्छेकोभन्दा कुरुप ढुङ्गाको उपयोगीता ज्यादा हुन्छ।"

 

ख्याती र उनका अलौकिक कृयाकलापहरुको विश्वब्यापी प्रसार

यती सानो उमेरमा उनले कमाएको ख्याती र उनका अलौकिक कृयाकलापहरुको प्रसार एक कान दुई कान गर्दै विश्वभर भुसको आगो झै फैलिएको देख्दा यि नेपाली युबा तवस्वीको सफलताको कडि के साँच्चै उनले दाबी गरे जस्तै विश्व र ब्रह्मान्डको सृस्‍टिकर्ता परम प्रभु इश्वरले उनलाई विश्वमा शान्तीको बिजरोपण गर्न पठाएकै हुन् त? त्यसो त उनले स्वर्ग ७ तहको हुने बताएकाछन्। उनले "स्वर्गिय सन्देश" कार्यक्रममा पृथ्वीको अन्त्य अबस्यम्भाबी भएको बताउँदै आगामी ३०० बर्षमा पृथ्वी धस्त हुने पनि उल्लेख गरे।

Supreme Master God Angel (aka Guru Hajur). Photos: eEyeCam.com

तर उनले जसरी अन्ध विश्वासी नबन्न सिकाएकाछन्, अब गुरु हजुर आँफैको यि दावीहरुलाई पुषटी गर्ने आधारहरु चाँही के के हुन्? अर्कोपाली गुरु हजुर न्यू योर्क आउँदा जवाफ पाउने अपेक्षा गर्नु बाहेक अर्को बिकल्प अहिले छैन। लौ त, सुन्नेलाई सुनको माला पढ्नेलाई फुलको माला। अर्कोपाली फेरी भेट भई जाला।

Read our related news:



Sandorje Sherpa, VP, Heavenly Path USA. Photos: eEyeCam.com

Emcee and General Secretary of Heavenly Path singer Tilak Shrestha


Heavenly Path USA President Suku Rai. Photos: eEyeCam.com


Guru Hajur in meditation posture.



Deepa Thapa singing bhajan, Tilak Shrestha playing Harmonium. Photos: eEyeCam.com

Narbada Chhetri singing bhajan.

Bandana Rai singing bhajan.

Sarada Shrestha singing bhajan. Photos: eEyeCam.com













Chandra B. Malla telling his experience during the meditation.

Bandana Rai.

Baburam Neupane after the meditation.





Musician Nhuchhenarayan Dangol

Singer deepa Thapa

Santa Ghimire



FIPNA General Secretary Aditya Maharjan

Baburam Neupane








Padma Thapa with Guru Hajur.



Guru Hajur at Lila Rai's home in Long Island, New York.

Angel Ujjwal

Prem dai

Lila Rai, sponshor of the meal for the Swargiya Sandesh event working at the kitchen of Chian Federation in Asoria, New York. Photos: eEyeCam.com

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.