NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा अलौकिक शक्ती र साधनाका "गुरु हजुर" को "स्वर्गिय सन्देश" प्रबचन जनवरी ३ मा हुने PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 31 December 2009 05:05

Live on January 3rd: न्यू योर्क- सन् १९८२ मा नेपालको उदयपुर जिल्लाको मैना मैनी गाउँमा जन्मेका "गुरु हजुर" उर्फ "सुप्रिम मास्टर गड एन्जल" ले अलौकिक शक्ती र साधनाकाबारे आगामी जनवरी ३ तारिख न्यू योर्क शहरमा प्रबचन दिनु हुने र ध्यान शिबिर संचालन गर्नुहुने कुरा आयोजक संस्था हेवनली पाथ अमेरिका शाखाले जनाएकोछ।



उमेरका हिसाबले शिर्फ २७ बर्शिय गुरु हजुरको अलौकिक साधना र ज्ञानको भने विश्वभर चर्चित बन्दै गएकोछ।

उक्त ध्यान शिबिरमा गुरु हजुरले लेख्नु भएको हेवन्ली पाथ संस्थाको चर्चित आध्यात्मिक ग्रन्थ 'निशुइ' को बारेमा ब्याखा गरिनेछ।

आयोजक संस्था कि अध्यक्ष सुकु राइका अनुसार गुरु हजुरले आगामी जनवरी ३ तारिख दिउँसो २:१५ बजेदेखी बेलुकी ८:१५ सम्म न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसन सभा कक्षमा प्रबचन र ध्यान शिबिर संचालन गर्नु हुनेछ।

उक्त ध्यान शिबिरको प्रतक्ष्य प्रसारण (Live Broadcast) युएस नेपाल अनलाइन र प्रेस चौतारीले गर्ने चाँजो मिलाइएकोछ। उक्त दिन हेर्नुहोस्:


Watch all 3 parts live at: http://www.usnepalonline.com/live अध्यक्ष राइले "गुरु हजुरको धर्म के हो ?" भन्ने युएस नेपाल अनलाइनको प्रश्नको उत्तर दिदै भनिन्- "गुरु हजुरको सन्देश र शिक्षा धर्म होइन बल्की विश्व प्रेम हो।" न्यू योर्कमा पहिलो चोटि हुन लागेको "स्वर्गिय सन्देश" कार्यक्रमको बारेमा प्रकाश पार्दै उनले भनिन्- "यो कार्यक्रममा गुरु हजुरले "हाम्रो भौतिक जीवन मै स्वर्गको अनुभब गरौं। स्वर्गिय आनन्द यै जीवनमा मनाउँ" भन्ने पाठ सिकाउनु हुनेछ।"



गाउँ घरमा बाल्य कालदेखी गुरु हजुरले देखाएको अलौकिक शक्ती प्रदर्सनीहरुको अझै चर्चा गरिने बताउँदै अध्यक्ष राइले त्यसो गर्दा गुरु हजुरलाई निक्कै कस्ट हुने भएकोले आजकल शिर्फ मानबता र प्रेमबादको प्रबचन र ध्यान शिबिर संचालन गर्नुहुने बताउनु भयो। उहाँको ध्यान शिबिरमा ध्यानमा बस्ने भक्तालुहरुले ध्यानका बेला बिशेष प्रकारद्वारा उच्चारण गरिने ॐ र ध्यानमा लिन हुँदा जमिनबाट माथि उठे जस्तो अनुभब गर्ने गरेको बताइन्।

उक्त दिनको ध्यान शिबिरको जलपान र खाजाको प्रायोजन U & M Music Center USA का प्रोप्राइटर तथा युएस नेपाल अनलाइनको Donate & Enjoy Offer का प्रायोजक लीला राइले गर्नु भएको छ।

सन् २००४ मा भारतको राजधानी दिल्लीमा भएको विश्व शान्ती सम्मेलनमा विश्व भरका ७५ देशबाट आएका धर्म गुरुहरुको भेलाबाट उहाँलाई "सुप्रिम मास्टर गड एन्जल" नामबाट सम्मानित गरिएको थियो। त्यस अघी उहाँको नाम ओमनन्द थियो।

आयोजक संस्थाका अनुसार हेबन्ली पाथका प्रबर्तक गुरु हजुर न्यू योर्कमा जनवरी १ तारिख दक्षिण कोरिया हुँदै आइ पुग्ने र ३ तारिखको कार्यक्रम पछि ४ तारिख जापानको कार्यक्रममा भाग लिन जाने बताइएकोछ। त्यसपछि जनवरी १० मा जेनेभामा हुने कार्यक्रममा भाग लिने कार्यक्रम रहेकोछ।

हेवन्ली पाथको अहिलेसम्म सिंगापुर, ब्रुनाइ, हङ्कङ, उत्तर र दक्षिण कोरिया, जापान, फ्रान्स, युके, क्यानाडा, अमेरिका, बेल्जियम, भुटानलगायत मुलुकहरुमा शाखा खुलिसकेको छ भने नेपालको सुनसरी जिल्लाको धरानमा केन्द्रिय कार्यालय रहेकोछ। यो संस्थाले बिभिन्न बाल बिद्यालय, ब्रिद्धाश्रम पनि सन्चालन गर्दै आएको छ।





Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?