Inside

All Time Top 50 News

न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Nagendra Ingnam 'Athraili'   
Saturday, 16 February 2008 22:29

न्यू योर्क -अमेरिकामा बसोबास गर्ने तामाङ आदिबासीहरुले उनीहरुको महान पर्ब नयाँ बर्ष सोनाम ल्होसार अन्य हिमाली जनजातिहरुले झै आज साँझ धुमधामसँग ढाका क्लब वुडसाइड न्यू योर्कमा मनाए।



The 2844th Tamang Sonam Lhochhar celebrated in New York on February 22, 20008. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

 

तामाङ सोसाइटि अफ यु.एस.ए.ले सोनाम ल्होछार २८४४ को उपलक्ष्यमा अति मनोराजनात्मक डम्फु सांझ नेपाली साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । बोधिबृक्ष मुनि बुद्धको प्रतिमा राखेर सजाइएको स्टेजले साँच्चिनै बुद्धको जन्मस्थल लुम्बिनी पुगे झैं प्रतित गराउंदथ्यो । धार्मिक विधिअनुसार लामाबाट पूजा आर्चना गरेर शुरु गरिएको कार्यक्रममा अध्यक्ष राम तामाङले उपस्थितिलाई स्वागत गर्दै सबैलाई सोनाम ल्होछारको शुभकामना ब्यक्त गर्नुभएको थियो ।


ए... है ज्यानै खायो उसको मायाँले... भन्दै जब सात जना नृत्याङ्गनाहरु स्टेजमा उत्रेर आफ्नो कला प्रस्तुत गरे तब उपस्थित सबैको मनै खाइ दिन सफल भएको थियो । राम्रो पुर्ब तयारिकासाथ प्रदर्शन गरिएका नृत्यहरुले सबैलाई अबेरसम्म आकर्षित बनाई रहयो । गीत र नृत्यहरुले भरिपुर्ण कार्यक्रमको माहौलमा गायिका सुनिता लोप्चानको असारै महिनामा.. पानी पर्यो रुझाउने.. बोलको गीतले वास्तवमै यस साँझलाई रुझाएको थियो तर झरिको पानीले होइन मनोरन्जनले भरिएका गीत संगित र नृत्यहरुका भारि भारि बर्षाले ।



Madhuraman Acharya, Nepalese Ambassador to UN. Photos: eEyeCam

प्रमुख अतिथि संयुक्त राष्ट्र संघकालागि नेपालका स्थायी प्रतिनीधि तथा महामहिम राजदुत मधुरमण आचार्यले तामाङ समाजको सँस्कृति नेपालको एक अमुल्य गहना हो यसको सँरक्षण र बिकासकोलागि देशभन्दा टाढा रहेरपनि यहाँ रहेका तामाङ समुदायले गरेको योगदान सह्रानिय छ भन्नु हुँदै निरन्तरताको कामना ब्यक्त गर्नु भयो ।



Actor Amrit Lama and his troupe performing dance. Photo: Ang Kami Sherpa (PhotoHera.Com)

संजोक योन्जन, लोकेन तामाङ र माया लामाले पालै पालो सन्चालन गरेको कार्यक्रममा गायक सन्जोक योन्जन, सुनिता लोप्चान, जोनि योन्जन, टासि शेर्पा, न्हुच्छेनारायण डङ्गोल, गोमा योन्जन र बाल कलाकारहरुले गाएका थिए ।



सिद्धार्थ लामा र साथीहरुले कराते
को काता विधाको पनि प्रदर्शन गरेका थिए । कार्यक्रममा सोसाइटीका अध्यक्ष राम तामाङलाई मानार्थ ब्लयाक बेल्टको उपाधीले सम्मान गरियो।

नृत्य निर्देशक धरमबिर लामा, जयन्ति लामा, अमृत लामा, डोल्मा लामा, सुप्रिया लामा, छिमी शेर्पा, यान्जि शेर्पा, आङडोल्मा शेर्पा, डेण्डि शेर्पा, फिन्जो ल्हमु, प्रतिभा लामा, डोमा छिरिङ, जिना तामाङ, रिया तामाङ, लक्ष्मी तामाङ, सोनु लामा,कबिता लामा, निमा लामा, पुष्पा गुरुङ, अल्फा लामा, स्वेता लामा, सेन्ठु लामा र सिङथेन लामाले आ-आफ्ना नृत्यहरु प्रस्तुत गरेका थिए ।


Young Tamang girls from New York. Photos: eEyeCam

Boston Tamang Society र Greater Boston Nepali Community का अध्यक्ष प्रेम तामाङको नेत्रित्वमा आएको १० जना कलाकारहरुको समुहद्वारा सात न्रित्य र १ गीत प्रस्तुत गरीएको थियो भने चलचित्र झाँक्रीका नायक तथा निर्माता अमृत लामाले सो चलचित्रको न्रित्य प्रस्तुत गरेका थिए। संगीतिक साँझ भोली पल्ट बिहान साढे दुई बजेसम्म चलेको थियो।


-Nagendra Ingnam 'Atharaili' in New York



Guests of the event. Photos: eEyeCam


Singer Sunita Lopchan. Photos: eEyeCam


Sanjog Yonjan-Tamang, singar & MC of the event




Tamng Lama performing his puja before the event. Photos: eEyeCam


Ila Lama 10, Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Photo: Ang Kami Sherpa (PhotoHera.Com)


Ram Tamang, Chairman, Tamang Society of America. Photos: eEyeCam








Actor Amrit Tamang performing his dance from the film Jhakri. Photos: eEyeCam




Dharambir Lama






Photos: eEyeCam




Singer Prashant Tamang from Boston. Photos: eEyeCam


Nhuchhe Narayan Dangol and Goma Yonjan-Tamang


Chief guest Acharya and award winners. Photos: eEyeCam

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.