NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न, भरतराज तामाङ नयाँ अध्यक्ष PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Tamang Society of America   
Monday, 26 April 2010 17:00

न्यू योर्क- तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न भएको छ ।


 

Newly elected executive members of Tamang Society of America. Photo courtesy: TamangSociety.org

न्यु योर्कको क्वीन्समा गत अप्रिल १८ मा सम्पन्न उक्त साधारण सभाबाट भरतराज लामाको अध्यक्षतामा दुई वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको छ ।

नवनिर्वाचित कार्यसमितिमा भरतराज लामा - अध्यक्ष, साङ्गे लामा -उपाध्यक्ष, लक्यान लामा -महासचिव, माया लामा (शेर्पा) - सचिव र रमला लामा - कोषाध्यक्ष रहेका छन् ।

त्यस्तै सदस्यहरुमा फुर्व घिसिङ, कमला लोप्चन, सपना तामाङ, विनोद तामाङ, कर्म लामा र लालमन तामाङ रहेका छन् ।

विधान बमोजिम दुई जना सदस्य अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।

नयाँ कार्य समिति चयन गर्न गठित निर्वाचन समितिमा वंशलाल तामाङ, राम तामाङ, केशव ग्लान र मानर्थ सदस्य कलाकार अमृत लामा हुनुहुन्थ्यो ।

उक्त साधारण सभामा संस्थाको आर्थिक तथा प्रगति विवरण प्रस्तुत गरी पारित गर्नुका साथै सल्लाहकार केशव ग्लानद्धारा प्रस्तुत विधान संसोधन प्रस्तावसमेत पारित गरेको छ । नव निर्वाचित अध्यक्ष भरतराज लामाले सदस्यहरु समक्ष आफ्नो कार्य योजना प्रस्तुत गर्नुभएको थियो । त्यस्तै नयाँ कार्य समितिले अमेरिकाको विभिन्न राज्यहरुमा संस्थाको संयोजक (Coordinator) नियुक्त गर्ने निर्णय गरेको छ ।

साधारण सभाको पहिलो चरणको कार्यक्रममा तामाङ सोसाईटी अफ अमेरिकाका ज्येष्ठ सदस्य सुकुमाया तामाङले संस्थाद्धारा प्रकाशित ‘नाङसल’ पत्रिकाको विमोचन गर्नुभएको थियो भने अध्यक्ष ईन्द्र तामाङबाट डम्फु साँझ २०१० को डिभिडी विमोचन गर्नुभएको थियो । त्यसै गरी संस्थालाई स्थापनाकालदेखि नै निरन्तर सहयोग गर्दै आउनुभएका संस्थाका सदस्य रमला रिचेन तामाङलाई  “Outstanding Contribution for TSA Awards 2010” बाट सम्मानित गरिएको थियो भने 1974 AD का पूर्व व्यान्ड मेम्बर, गिटारिष्ट एवं चर्चित पप गायक फिरोज स्याङदेनलाई मानार्थ सदस्यता प्रदान गरी सम्मानित गरिएको थियो ।

सम्मानित व्यक्तित्वको तर्फबाट मन्तव्य राख्नुहुँदै रमला तामाङले सोसाईटीबाट के पायो भन्दा पनि TSA लाई के दियो भन्ने सोँच सबैमा हुनुपर्ने धारणा राख्दा हलमा उपस्थित सबैले ताली बजाएर समर्थन प्रकट गरेका थिए । अर्का सम्मानित व्यक्तित्व फिरोज स्याङदेनले पनि TSA लाई आगामी दिनहरुमा आर्थिक रुपमा नभए पनि सांगितिक एवं नैतिक रुपमा पूर्ण रुपमा सहयोग गर्ने वचन दिँदै मानार्थ सदस्यको महत्वलाई जहिले पनि आत्मासात गरि राख्ने बाचा गर्नुभएको थियो ।

सोही क्रममा संस्थापक अध्यक्ष सुभाश लामाबाट संस्था गठनको बारेमा मन्तव्य राख्नुभएको थियो भने संस्थाद्धारा प्रकाशित 'नाङसल' पत्रिकाको बारेमा पूर्व अध्यक्ष राम तामाङले जानकारी दिनुभएको थियो । मन्तव्यकै क्रममा सल्लाहकार वंशलाल तामाङले आगामी दिनमा संस्थाले आफ्ना गतिविधिलाई द्रुत गतिमा अगाडि बढाउनुपर्ने र त्यसका लागि जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यसै गरी Connecticut संयोजक जोनी योन्जन र बोस्टन संयोजक प्रेम तामाङले समेत संस्थाको प्रगतिको बारेमा प्रकाश पार्नुभएको थियो ।

नाङसल प्रकाशनको संयोजकको हैसियतमा महासचिव शान्ताबाबु थोकरले मन्तव्य राख्नुभएको थियो । अध्यक्ष ईन्द्र तामाङले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुका साथै बन्द सत्रबाट आउने नयाँ कार्यसमितिका सदस्यहरुलाई स्वागत एवं निरन्तर सहयोग रहने जनाउँदै आफ्नो कार्यसमिति भंग भएको घोषणा गर्नुभएको थियो । पहिलो चरणको कार्यक्रमको सञ्चालन सचिव लक्यान लामाले गर्नुभएको थियो ।

अमेरिकामा रहेका तामाङहरुको उल्लेख्य उपस्थिति रहेको उक्त साधारण सभाको दोस्रो चरणको कार्यक्रम बन्द सत्रबाट आगामी दुई वर्षका लागि नयाँ कार्य समिति चयन गरी नयाँ निर्वाचित कार्यसमितिलाई बधाई दिँदै सम्पन्न भएको थियो।

-Tamang Society of America
www.tamangsociety.org
www.tamangsamaj.com

Comments

avatar Tribhuwan Tamang
0
 
 
Good! This one is fairly correct news. Whoever wrote the previous news published in tamangsamaj.com about the same event was full of rotton egotism. It could be easily discerened that the name of Indra Tamang, the former President of Tamang Society of America was put into 'ojhel' on purpose by some unscrupulous bastard! Apprecite your fairness USNepalonline.com! May this news media reign forever! Salute!
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?