Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिकाद्वारा स्यान्डी हुरिकेन पिडितकालागि सहयोग हस्तान्तरण PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Furba Tamang   
Wednesday, 21 November 2012 18:37

न्यू योर्क- तामाङ सोसाईटी अफ अमेरिका (TSA) ले स्यान्डी हुरिकेन पिडितको सहयोगार्थ सँकलित रकम २ हजार ७५१ डलर अमेरिकन रेडक्रसलाई हस्तान्तरण गरेको छ ।

Tamang Society of America (TSA) president Sangay Rumba Tamang handing over collected fund for Sandy Hurrican victims to American Redcross senior director of development Michael Wajsick in New York on November 20, 2012. Photos courtesy: TSA

नोबेम्बर २० तारिख अध्यक्ष साँगे रुम्बाको नेतृत्वमा गएको एक टोलीले २ हजार ७५१ डलरको बैक सेर्टिफाईड चेक अमेरिकन रेडक्रसका सिनियर डाईरेक्टर अफ डेभलपमेन्ट माईकल वाज्सिकलाई हस्तान्तरण गरेको हो । टोलीमा उपाध्यक्ष फुर्बा घिसिङ, कोषाध्यक्ष ङिमा पाख्रीन, कार्यसमिती सदस्य सपना वाईबा एवं साधारण सदस्यहरु मीरा लामा, निमा लामा, माया लामा, लक्ष्मी तामाङ र तारा तामाङ सम्मिलित थिए ।

मीरा लामाको नेतृत्वमा माया लामा, निमा लामा, सपना वाईबा, लक्ष्मी तामाङ र राधिका तामाङको सक्रियतामा उक्त रकम संकलन गरिएको थियो । दैबी प्रकोप जसलाई जहाँ जतिखेर पनि पर्न सक्छ भनेर यसपालीको स्यान्डी पिडितहरुलाई सकेको सहयोग जुटाउन भुमिका खेलेको मीरा लामाले वाज्सिकसँगको भेटमा बताईन् ।

The members of TSA with Redcross representative. Photos courtesy: TSA

अध्यक्ष साँगे लामाले सहयोग रकम संकलनमा सक्रिय भुमिका निर्वाह गरेका र सहयोगी सबैलाई धन्यबाद दिए ।

माईकल वाज्सिकले हालैको स्यान्डीले लगभग १० हजार जनाको बासस्थानलाई प्रभाव पारेको अवस्थामा तामाङ सोसाईटी अफ अमेरिकाले रेडक्रसको आपतकालिन मानबीय सहयोगी कार्यमा पुराएको सहयोगको प्रशंसा गरे । भविष्यमा दुई सँस्थाहरु बिचमा गर्न सकिने साझेदारी कार्यकालागि रेडक्रसकोतर्फबाट आफु सधै तत्पर रहेको बताए ।

सन् २००२ मा ५०१(c)३ अन्तर्गत न्यू योर्कमा दर्ता भएको तामाङ सोसाईटी अफ अमेरिकाले तामाङ समुदायको सामाजिक, साँस्क्रितिक एवं शैक्षिक बिकासकोसाथै अन्य समुदायसँग मानबीय र भाईचारा सम्बन्ध स्थापित गर्ने कार्यमा जोड दिंदै आएको छ ।

फुर्वा घिसीङ
Furba Ghising Tamang


संयोजक
सञ्चार बिभाग
तामाङ सोसाईटी अफ अमेरिका
Tamang Society of America (TSA)
न्यू योर्क

 

Read our related news about TSA activities:


http://usnepalonline.com/tamang/

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) (2012) सम्पन्न

-न्यू योर्कमा २८४७ औं तामाङ सोनाम ल्होछार (2011) मा तामाङ युबायुबतीहरुको सार्थक प्रस्तुती

-न्यू योर्कमा संघीयता र तामाङसालीङ स्वराज्य सम्बन्धी गहन अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न, भरतराज तामाङ नयाँ अध्यक्ष

-न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम

-Tamang Society of America & Red Cross will raise fund to Haiti Victims during Damphu Saanjh

-न्यू योर्कमा पप गायक फिरोज स्याङ्देनको स्वागत

-न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार (2008) सम्पन्न

Read our exclusive reporting on:

संघीयता | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य


Not enough of reading us? Visit our multi-media channels:

 

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.