Inside

All Time Top 50 News

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Tuesday, 10 July 2012 16:03
Article Index
न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन
More photos of TSA Office Opening Ceremony
All Pages

Special: 1 video; 20 photos: न्यू योर्क- तामाङ सोसाइटी अफ अमेरिका (TSA) ले न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित ७६ स्ट्रिट ४०-०८ इल्महर्स्टमा आफ्नो कार्यालयको स्थापना गरेको छ। सोसाइटीले कार्यालयको स्थापनासंगै भाषा कक्षा र बिभिन्न शिप मुलक तालिम कक्षा सन्चालन गर्ने जनाएको छ।


Tamang Society of America (TSA) opens up its first office at 40-08, 76th St, Elmhurst, New York on July 8, 2012. Photos: eEyeCam.com

जुलाई ८ तारिख शनिबार सोसाइटीको उक्त कार्यालयको उद्घाटन सोसाइटीका संस्थापक अध्यक्ष सुभाश लामाले सोसाइटीको नाम अङ्कित साइनबोर्डमा बेलुन जडित रिबन काटेर गरेका थिए।

उद्घाटन कार्यक्रममा सोसाइटीको स्थापना साल सन् २००२ यताका सम्पूर्ण (५ जना) अध्यक्षहरु उपस्थित थिए। सोसाइटीका ५ अध्यक्षहरु क्रमश: प्रथम अध्यक्ष सुभाश लामा तामाङ, दोश्रो अध्यक्ष राम तामाङ, तेश्रो अध्यक्ष ईन्द्रबहादुर तामाङ, चौथो अध्यक्ष भरतराज तामाङ र बर्तमान अध्यक्ष साङ्गे रुम्बा तामाङ हुन्।

Past to present: Tamang Society of America (TSA) presidents: The 1st president Subhas Lama, 2nd president Ram Tamang, 3rd president Indra B. tamang, 4th president Bharatraj Lama Tamang and 5th & current president Sangay Rumba Lama. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार गरेको बिशेष भिडियो रिपोर्ट:

Opening ceremony of Tamang Society of America (TSA) Office in New York, July 8, 2012



उद्घाटन कार्यक्रममा समाजकि जेष्ठ नागरिक ८० बर्शिय काँईलीमाया थोकर तामाङ र नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाध्यक्ष आदित्य महर्जन बिशेष अतिथीकोरुपमा उपस्थित रहेका थिए।

उद्घाटन समारोहमा सोसाइटीका ५ अध्यक्षहरुकासाथै नेपाल आदिबासी जनजाति महासंघ अमेरिका (फिप्ना) का उपाध्यक्ष आदित्य महर्जन, ग्याल्सुमुदो सेवा संस्थाका अध्यक्ष डा. धाग्याल्पो पुनेल, एनआरएन इज्राइलका पूर्व महासचिब बि आर लामा, किरात याक्थुङ चुम्लुङ अमेरिकाका कार्यबाहक अध्यक्ष देबेन्द्र साम्बाहाम्फे लिम्बु, नेपाली काँग्रेसका पुराना नेता कान्छा लामा तामाङ, सिन्धु युएस वेयलफेयर सोसाइटीका अध्यक्ष बंशलाल तामाङ, युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका (UKROA) का प्रतिनिधि केशबराम राई, नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष आङछिरिङ्ग शेर्पा, युएस नेपाल अनलाइनका प्रधान सम्पादक तथा प्रबासी नेपाली पत्रकार सन्जालका सहसंयोजक प्रदिप थापा मगर, सोसाइटीको महिला बिभाग प्रमुख सपना लामा र सोसाइटीको युवा बिभाग प्रमुख सिद्धार्थ तामाङले सम्बोधन गर्दै सोसाइटीको सामाजिक कार्यहरुको सराहना गर्दै प्रगतिको कामना गरेका थिए।

TSA VP Phurba Tamang welcoming the guests. Photos: eEyeCam.com

कार्यक्रममा स्वागत मन्तब्य उपाध्यक्ष फुर्बा तामाङले गरेका थिए भने सन्चालन महासचिब बुद्धिमान तामाङले गरेका थिए।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our related news about TSA activities:

-http://usnepalonline.com/tamang/

-न्यू योर्कबाट तामाङ सोसाईटी अफ अमेरिकाद्वारा एसएलसी (SLC) मा उच्च अङ्क ल्याउने दुई विद्यार्थी लाई सम्मान गरिने

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को छैठौं महाधिबेश्न सम्पन्न, साङ्गे रुम्बा लामा अध्यक्ष निर्बाचित

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा "डम्फू साँझ २०१२" सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिकाद्वारा २८४८ औं सोनाम ल्होछार (डुकन्हो) (2012) सम्पन्न

-न्यू योर्कमा २८४७ औं तामाङ सोनाम ल्होछार (2011) मा तामाङ युबायुबतीहरुको सार्थक प्रस्तुती

-न्यू योर्कमा संघीयता र तामाङसालीङ स्वराज्य सम्बन्धी गहन अन्तर्कृया सम्पन्न

-न्यू योर्कमा तामाङ सोसाईटी अफ अमेरिका (TSA) को पाचौं अधिबेसन सम्पन्न, भरतराज तामाङ नयाँ अध्यक्ष

-न्यू योर्कमा तामाङ ल्होसारको अबसरमा "डम्फु साँझ-2010" को रमझम

-Tamang Society of America & Red Cross will raise fund to Haiti Victims during Damphu Saanjh

-न्यू योर्कमा पप गायक फिरोज स्याङ्देनको स्वागत

-न्यू योर्कमा डम्फुको तालमा तामाङहरुको २८४४ औं सोनाम ल्होसार (2008) सम्पन्न

 

The group photos. Photos: eEyeCam.com


Founding president Subhas Lama. Photos: eEyeCam.com

Second TSA president Ram Tamang.

Third TSA president Indra B. Tamang. Photos: eEyeCam.com


Fourth TSA president Bharat Raj Lama Tamang.

Current & 5th TSA president Sangay Rumba Lama Tamang. Photos: eEyeCam.com

न्यू योर्कमा तामाङ सोसाइटी अफ अमेरिका (TSA) को कार्यालय उद्घाटन
More photos of TSA Office Opening Ceremony
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.