Inside

All Time Top 50 News

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 30 December 2012 10:17
Article Index
न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित
More Photos of Lhochhar New York 2013
All Pages

डा. तोबी भोक्मान, टेक गुरुङ, धरमवीर लामा र राजेश थापा मगर सम्मानित
Special: 41 photos:
न्यू योर्क- दि गुरुङ (तमू) सोसाइटी अफ अमेरिका इङ्क युएसएको आयोजनामा गुरुङ जातिको महान पर्ब ल्होछार-२०१३ भब्यतापूर्वक सम्पन्न भएको छ। उक्त अबसरमा डा. तोबी भोक्मान, न्रित्य निर्देशक धरमवीर लामा र गायक राजेश थापा मगरलाई बिशेष सम्मान गरिएको छ भने ल्होछार २०१३ का संयोजक तथा युनाइटेड नेपालीज डेमोक्रेटिक फोरम न्यू योर्कका पूर्व अध्यक्ष टेक गुरुङलाई "प्रेसिडेनसियल अवार्ड २०१३" द्वारा सम्मान गरिएको छ।


Tamu Society's senior citizen Harkamaya Gurung, 67, inaugurating the Gurung (Tamu) Lhochhar 2013 in New York on December 29, 2012. Photos: eEyeCam.com

डिसेम्बर २९ तारिख शनिबार फाइब स्टार रेस्टुरेन्ट हल, अस्टोरियामा सम्पन्न उक्त उक्त ल्होछार पर्ब साँस्कृतिक कार्यक्रमको उद्घाटन सोसाइटीकि जेष्ठ सदस्य ६७ बर्शिय हर्कमाया गुरुङले महामानब गौतम बुद्धको प्रतिमूर्तीमा आराधाना र दीप प्रज्वलन गरी गरेकी थिईन् भने नेपालको राष्ट्र गानबाट कार्यक्रमको शुरुवात गरिएको थियो।

Tek Gurung receiving President's Award from The Gurung (Tamu) Soceity Inc. USA President Mekh Gurung. Photos: eEyeCam.com

कार्यक्रममा प्रमुख अतिथीकोरुपमा संयुक्त राष्ट्रसंघकालागि नेपालका कार्यबाहक स्थायी प्रतिनिधी महामहिम सेवा लम्साल अधिकारी उपस्थित थिईन् । प्रमुख अतिथी चार्ज डे अफेयर्स अधिकारीले सम्मानित ब्यक्तित्वहरुलाई परम्परागत खादा र बिशेष सम्मान पत्रद्वारा सम्मान गरेकी थिइन्।

Dr. Toby Volkman receiving Society's Commendation letter from the Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission. Photos: eEyeCam.com

समारोहलाई प्रमुख अतिथी चार्ज डे अफेयर्स अधिकारीले सम्बोधन गरेकी थिइन्। सोसाइटीका अध्यक्ष मेख गुरुङको सभापतित्वमा सम्पन्न उक्त उद्घाटन समारोहमा स्वागत मन्तब्य सोसाइटीकि उपाध्यक्ष मीरा गुरुङले राखेकी थिइन्।

उद्घाटन सत्रको सन्चालन सोसाइटिका सचिब शेरजङ्ग गुरुङ र सहसचिब शर्मिला घलेले गरेका थिए।

Dharambir Lama (L) and Rajesh Thapa Magar after receiving Society's Commendation letter from the Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission (center). Photos: eEyeCam.com

ल्होछार साँस्कृतिक साँझ २०१३ को रौनक

ल्होछार साँस्कृतिक साँझ २०१३ कार्यक्रमको शुरुवात सामूहिक स्वागत गीतबाट गरिएको थियो। गुरुङ जातिको लोक सुसेली र लोक न्रित्यहरुको बिशेष प्रस्तुती रहेको उक्त साँझमा नेपाली लोक न्रित्य र गीतहरु पनि पस्किएको थियो।

Singers Manu Pun Magar, Sita Gurung and Rajesh Thapa Magar at the Gurung (Tamu) Lhochhar 2013 in New York on December 29, 2012. Photos: eEyeCam.com

गायक गायिकाहरु ज्योति गुरुङ, सीता गुरुङ, राजेश थापा मगर, किरण शाही र अमिर गुरुङले मीठा गुरुङ भाषाका लोक गीतहरु गाएर बिशेष गरी गुरुङ भाषा बोल्ने दर्शकहरुलाई मन्त्र मुग्ध पारे भने राजेश थापा मगर, सीता गुरुङ र मन्जु पुन मगरको झाउरे र सालैजो भाकामा नाँच्नेहरु गायक प्रकाश गुरुङको मीठो गीतमा झुमे र रोशन गुरुङको लोक भाकामा आइपुग्दासम्म गाउँकै रोधी घरमा रौसिएको जस्तो गरी नाँचे।

Roshan Gurung performing at the Gurung (Tamu) Lhochhar 2013 in New York on December 29, 2012. Photos: eEyeCam.com



उता गुरुङ भाषाको लोक गीतमा न्रित्य गर्ने कलाकारहरु नायिका मीरा गुरुङ, सोनेश गुरुङ, सन्दिप, छिरिङ्ग र सुप्रिम, प्रसन, सुखराम, यशी र सोनु थिए भने नेपाली भाषाका गीतमा न्रित्य प्रस्तुत गर्ने कलाकारहरुमा सरिता श्रेष्ठ, निरु, प्रियाङ्का, सुनिता, अन्जु, यशोदा, छोतेन, सलिना, समिता, अमिर, सुनिता र कोपिलाको रहेको थियो।

Utsab Gurung performing with his daughter Nisha Gurung at the Gurung (Tamu) Lhochhar 2013 in New York. Photos: eEyeCam.com

बोस्टन तमु समाजका कलाकारहरु उत्सब गुरुङ, निशा गुरुङ, पुष्पा गुरुङ, सरस्वती गुरुङ, धनकुमार गुरुङ र बसन्त गुरुङको गुरुङ लोक न्रित्यलाई खुब मन पराईएको थियो। अझ समाजका अध्यक्षसमेत रहेका उत्सब गुरुङ आफ्नी १६ बर्शिय छोरी निशा गुरुङसंग कुममा कुम जोडेर नाँचेको द्रिश्य मोहक थियो।

Artists performing a Nepali dance at the Gurung (Tamu) Lhochhar 2013 in New York. Photos: eEyeCam.com

झन्कार डान्स सेन्टरका न्रित्य निर्देशक धरमबीर लामा र बसन्त डान्स सेन्टरका न्रित्य निर्देशक बिजयमान नकर्मीको कोरियोग्राफि रहेको थियो।

ल्होछार साँस्कृतिक साँझको सन्चालन खगेन्द्र गुरुङ र श्रुती गुरुङले गरेका थिए।

उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Artists performing a Nepali dance at the Gurung (Tamu) Lhochhar 2013 in New York. Photos: eEyeCam.com

Read related news:

-बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न

-न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१२ यसरी मनाईयो

-बोस्टनमा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न

-न्यू योर्कमा गुरुङहरुको पितृ पूजा (खेमा) सम्पन्न

-New Leadership of Gurung (Tamu) Society of USA

-न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा

-न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो

Read update at: http://usnepalonline.com/gurung/

 

Artists performing welcome song at the Gurung (Tamu) Lhochhar 2013 in New York. Photos: eEyeCam.com


New Life Members of The Gurung (Tamu) Soceity Inc. USA. Photos: eEyeCam.com

 

Chief Guest Charge d' Affairs Sewa Lamsal Adhikari of Nepal Mission (center). Photos: eEyeCam.com

The Gurung (Tamu) Soceity Inc. USA President Mekh Gurung with his family. Photos: eEyeCam.com

Society's Secretary Sherjung Gurung. Photos: eEyeCam.com



Society's VP Meera Gurung.

Society's Assistant Secretary Sharmila Ghale. Photos: eEyeCam.com


Emcee Shruti Gurung. Photos: eEyeCam.com

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१३ भब्यतापूर्वक सम्पन्न, ४ ब्यक्तित्व सम्मानित
More Photos of Lhochhar New York 2013
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.