Inside

All Time Top 50 News

न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 11 January 2009 20:38
Article Index
न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो
More photos of Tamu Lhosar New York 2009
All Pages

Special: 39 photos: न्यू योर्क, January 11, 2009- अमेरिकाको न्यू योर्क शहरमा शनिबार साँझ दशौं ल्होछार पर्ब भब्यताका साथ मनाइयो। गुरुङ (तमु) सोसाइटी इन्कर्पोरेसन युएस्एद्वारा आयोजित ल्होछार साँझमा बिबिध सास्कृतिक कोसेली पस्किएका थिए।




Sumitra Gurung, 84 year old Gurung woman from Kolma, Syangja, Nepal inaugurating Lhosar festival in New York. Photos: eEyeCam

 

गुरुङ भेषभूषामा सजिएका अमेरिकि नेपाली गरुङ युबा युबती र बुढा पाकाहरुको जमघटले नेपालको ल्होछार र गुरुङ समाजलाई न्यू योर्कमा झल्काउन सफल उक्त साँझको सार्थकता अझ कार्यक्रममा सबैभन्दा बयोवृद्ध ८४ बर्शिय सुमित्रा गुरुङले महामानब बुद्धको प्रतिस्थापना अघी पानसमा बत्ती बाली पूजा अर्चना गरे पछि शुरु भएको थियो। नेपालको स्याङ्जा जिल्ला, कोल्मा कि बयोवृद्ध गुरुङले बुद्ध बन्दना "बुद्धम शरमं गच्छामी" पाठ र सोसाइटीका उपसभापती मेघ गुरुङले स्वागत गर्नु भएको उक्त साँझमा गुरुङ सामुहिक स्वागत गानका साथ कार्यक्रमको बिधिबत शुभारम्भ गरिएको थियो।


Gurung (Tamu) artists and organizers at the New York Lhosar event. Photos: eEyeCam

कार्यक्रममा बिभिन्न गुरुङ गीत र नृत्यका साथै नेपाली लोक नृत्यहरुको रोचक प्रस्तुती गरिएको थियो। लोक नृत्यहरुको निर्देसन नृत्य निर्देसक धरमबिर लामाले गर्नु भएको थियो भने कार्यक्रमको सन्चालन हर्कजङ गुरुङ र श्रीजना गुरुङले गर्नु भएको थियो। अझ उदघोषक हर्कजङ गुरुङको मिठा मिठा मुक्तक हाँस्य टुक्काहरुले साँझलाई रमाइलो बनाइ रह्यो।

ल्होसार साँझमा चर्चित गायक गायिकाहरु रोशन गुरुङ, श्याम गुरुङ, शान्ती (गुरुङ) भण्डारीका साथै नेपाली लोक गीतमा बिद्यावारीधी गर्दै गरेकी अमेरिकि गायिका आन्ना स्‍टिर र न्यू योर्कमा उदियमान गायक राजेश थापा मगरको रोचक दोहोरी प्रस्तुत गरिएको थियो। "मायाले मार्यो, दिल बिगारयो यो ज्यानले पार्नु पिर पार्यो" बोलको दोहोरी गीतले उपस्थित पाहुनाहरुलाई लठ्‍ठ बनाएपछि उदघोषकले गायक थापालाई 'किङ अफ दोहोरी' भन्नसमेत कर लाग्यो।

उता न्यू योर्क मै गुरुङ अभिभाबकहरुद्वारा बुनिएको डोको र नाम्लो र त्यसलाई प्रस्तुत गर्ने कलाकारहरु सुर्यमणी गुरुङ, तुल्सी गुरुङ, ईन्द्र गुरुङ र चन्द्र काशी गुरुङले नेपालको गुरुङ गाउँको रोधी घरको याद दिलाउन सफल भएको थियो।


An act of Gurung Rodhi Ghar at the event. Photos: eEyeCam


अन्य कलाकारहरुमा Aastha KC, Aakriti KC, Beedan, Sonam Gurung, Yogesh Limbu, Roshni, Aaska, Namarata, Shruti, Nimi, Niru, junu Ghale, Sukmita Gurung, Amir, Om, Roshni, Neru Gurung, Kiran Shahi, Sonu, Yangin, Kazim Gurung, Bindu Thapa Magar, Chanda Gurung, Prasan, Kristina, Prakash Gurung, Ramesh, Gam, Sujata, Sunita, Sujan, Tek Gurung, Gori, Laxmi, Jit Gurung, Ramkumar Singh ले आ-आफ्ना कला प्रस्तुत गरेका थिए।

सोसाइटीका पूर्व महासचिब तथा बर्तमान नेपाली आदिबासी जनजाति महासंघ अमेरिका (Federation of Indigenous Peoples of Nepal in America-FIPNA) का महासचिब अर्जुन गुरुङले नेपालमा ख्यातीप्राप्त समाजसेवी महाबिर पुन मगरको गाउँ गाउँमा इन्टर्नेट पुर्याउने योजना Nepal Wireless Project का लागि महिनाको एक डलर सहयोग अभियान र गुरुङ सगरमाथा आरोहण Gurung Sagarmathaa (Mt. Everest) Expedition) अभियानको बारेमा जानकारी गराउनु भएको थियो।

Nepal Wireless Project का लागि थप जानकारी www.nepalwireless.net र गुरुङ सगरमाथा आरोहणका लागि आरोहाणकर्ता टिका जङ्ग गुरुङको नेपाल संपर्क 9851086791 या नेपालका गुरुङ समुदायको साझा समन्‍बय संस्था Gurung (Tamu) National Council को वेबसाइट www.gurung.org मा संपर्क गर्न सकिन्छ।



Young Gurung girls dancing traditional Gurung Chutka dance. Photos: eEyeCam

आरोही गुरुङले यस अघी संसार कै दोश्रो उच्च हिमाल पाकिस्तानको K2 लगायत अन्य १७ वटा बिभिन्न मुलुकका हिमालहरुको सफल आरोहण गरिसकेका छन्‌। उनको आरोहणका लागि चाहिने झन्डै २९ लाख रुपैयाँ संसार भरका गुरुङ र सहृदयी नेपाली समुदायबाट उठाइने अपेक्षा गरिएको पनि महाचिब अर्जुन गुरुङले जानकारी गराउनु भयो।

त्यसैगरी कार्यक्रममा अमेरिका भरका गुरुङ युबा-युबतीहरु बिच आयोजित निबन्ध प्रतियोगितामा बिजयी तीन गुरुङ युबतीहरु प्रथम स्थान प्राप्त -आस्का गुरुङ, दोश्रो- रोशनी गुरुङ र तेश्रो- निरु गुरुङलाई पुरस्कार र प्रमाणपत्र कुइन्स कलेज कि डा. दमयन्ती गुरुङले प्रदान गरी पुरस्‍कृत गर्नु भएको थियो। यि युबती विद्यार्थीहरु आठ जना प्रतियोगी मध्येबाट चुनिएका हुन्‌ जस मध्ये ३ जना पुरुष विद्यार्थी सहभागि थिए। तर बाजी भने युबतीहरुले मारे।



Suryamani Gurung, Tulsi Gurung, Chandrakashi Gurung and Indra Gurung. Photos: eEyeCam

कार्यक्रममा सोसाइटीका नयाँ आजिबन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेर सम्मान गरिएको थियो भने कार्यक्रमको अन्तमा सोसाइटीका अध्यक्ष टिका गुरुङले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

पालिको ल्होछार संयोजक टेक गुरुङ हुनु हुन्थ्यो। परम्परागत कला संस्‍कृती बचाउनु पर्छ भन्ने मान्यताका पक्षपाती गुरुङ यस पालीको ल्होछारमा आफ्नी श्रीमती लक्ष्मी गुरुङकासाथ गुरुङ नाँच नाँच्दै गरेको दृष्‍यले युबा पुष्‍तालाई सिको गर्ने प्रेरणा दिएको थियो। टेक गुरुङ United Nepalese Democratic Forum New York Chapter का अध्यक्ष हुनु हुन्छ।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098, or This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it




Sumitra Gurung chanti Buddha banda "Buddham Saranam Gachchhami..." Photos: eEyeCam


Dohori: American singer Anna Stir and singer Rajesh Thapa Magar at the event. Photos: eEyeCam


This look is for you or eEyeCam? Singers Shanti (Gurung) Bhandari and Shyam Gurung. Photos: eEyeCam


Singer Roshan Gurung. Photos: eEyeCam


Coriograpger of the event and dance director Dharambir Lama and Junu Ghale. Photos: eEyeCam


Guests at the Lhosar Nite.


Former General Secretary of Tamu Society Inc USA and current General Secretary of FIPNA (Federation of Indigenous Peoples of Nepal in America) Arjun Gurung and Dr. Damayanti Gurung honoring winners of Tamu essay competition. Photos: eEyeCam


Organizers with Gurung Life members of the society.


Tamu (Gurung) Society Inc USA President Tika Gurung and emcee Srijana Gurung. Photos: eEyeCam

President Tika Gurung honoring life members.

न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो
More photos of Tamu Lhosar New York 2009
All Pages
Page 1 of 2



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.