Inside

All Time Top 50 News

बोस्टनमा ११ औं वार्षिक तमु (गुरुङ) ल्होछार-२०१३ सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 27 December 2012 11:07

Updated: Special; 20 photos; बोस्टोन- बोस्टन तमु समाजले बिगत १० बर्षदेखि मनाउँदै आएको ल्होछार पर्ब साँस्कृतिक कार्यक्रमको ११ औं वार्षिक ल्होछार-२०१३ साँझ सम्पन्न गरेको छ।

 

The 11th Tamu (Gurung) Lhochhar celebrated in Boston by Boston Tamu Samaj on December 26, 2012. Photos: eEyeCam.com

बुधवार डिसेम्बर २६ तारिख बोस्टन शहरमा आयोजना गरिएको उक्त ल्होछार पर्बमा गुरुङहरुले सामूहिक बुद्ध पूजा बन्दना गरी साफ्री-ल्हो (सर्प बर्ष) ल्होछार पर्ब मनाए।

नेपाली राष्ट्र गानको प्रस्तुतीपछि तमु समाज बोस्टनका प्रेसिडेन्ट उत्सब गुरुङले अतिथीहरुको स्वागत गर्दै कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए। कार्यक्रममा ग्रेटर वासिङ्टन तमु समाजका अध्यक्ष कुलप्रशाद गुरुङ र न्यू ह्याम्सायर तमु समाजका अध्यक्ष तोपबहादुर गुरुङले सम्बोधन गरेका थिए। समाजकि उपाध्यक्ष सम्झना गुरुङ श्रेष्ठले धन्यवाद ब्यक्त गरिन्। कार्यक्रमको सन्चालन अन्जना गुरुङ र सुनिल गुरुङले गरेका थिए।

Boston Tamu Samaj president Utsab Gurung speaking at the 11th Tamu (Gurung) Lhochhar celebration in Boston. Photos: eEyeCam.com

नेपाली मौलिक संस्क्रिती बचाउन बाबु-छोरीको लोक न्रित्य

गुरुङ लोक न्रित्यबाट साँस्कृतिक कार्यक्रमको शुरुवात गरिएको थियो। उक्त सामूहिक न्रित्यमा बोस्टन तमु समाजका प्रेसिडेन्ट उत्सब गुरुङ आफ्नी १६ बर्शिय छोरी निशा गुरुङसंग कुममा कुम जोरेर नाँचेको द्रिश्य मनमोहक मात्र थिएन बल्की नेपाली मौलिक संस्क्रितीको संरक्षण र प्रबर्धन गर्न खाली खोक्रो भाषणले मात्र पुग्दैन भन्ने चोखो सन्देश दिएको थियो। अमेरिकामा संस्थाको प्रेसिडेन्ट र बाबु-छोरीसंगै लोक शुशेली भाकामा न्रित्य प्रस्तुती गरेको यो सम्भबत: पहिलो पटक हो। यि दुई बाबु-छोरीलाई पुष्पा गुरुङ, सरस्वती गुरुङ, बसन्त गुरुङ र धनकुमार गुरुङलेसाथ दिएका थिए।

Father-Daughter Duo Utsab Gurung & Nisha Gurung performing Gurung dance with their troupe. Photos: eEyeCam.com

उक्त साँस्कृतिक साँझमा मगर जातिको कौरा लोक न्रित्य, तामाङ जातिको तामाङ सेलो, र नेपाली न्रित्यहरु प्रस्तुत गरिएको थियो।  गुरुङ चलचित्रकि नायिका मीरा गुरुङले आकार्शक गुरुङ न्रित्य पेश गरिन् भने सुन्दर गुरुङ र पुनम थजाली पुन मगरको लोक न्रित्यले साँस्कृतिक साँझको रौनकता थपेको थियो। उत्सब गुरुङ र देबी थापा मगर ओलीको "जाउँ है पोखरा" लोक न्रित्यबाट साँस्कृतिक कार्यक्रमको मैझारो गरिएको उक्त साँझमा परमिता गुरुङ, कृपा पौडेल, प्रनिता वन्त, शिवानी शेरचन, शुभाश्री धिताल, अनमोल गुरुङ, शरद गुरुङ, सागर गुरुङ, आशिश गुरुङ, अशिम गुरुङ, अल्फा लामा, चाँदनी आयर उपाध्याय, जेनी तामाङ, जुनउ श्रेष्ठ कुने, सम्झना गुरुङ श्रेष्ठ, अलिना धिताल, ग्रिश्मा श्रेष्ठ, कृति देबकोटा, सन्ध्या धिताल, कृति तामाङ, नित्या शर्मा, प्रिन्सी सिन्दुराकर, पुष्पा गुरुङ, रोज्मी गुरुङ र सम्रिना लामिछानेले सामूहिक न्रित्य प्रस्तुत गरेका थिए।

Devi Thapa Magar Oli with Utsab Gurung. Photos: eEyeCam.com

उता रमला गुरुङ र प्रबिण परियारको " ए कान्छा ठट्टैमा बैंश जान लाग्यो" गीत र देबकिरण शाहीको गुरुङ भाषाको गीतमा झुमेका पाहुनाहरु भक्त गुरुङको कवितालाई स्वाद मानेर सुनेका थिए।

बेलुकी ७ बजे शुरु भएको साँस्कृतिक ल्होछार कार्यक्रम रातको ९:३० बजे समापन भएको थियो। समापनपछि कलाकार र सहयोगीहरुलाई प्रसंशा पत्र बितरण गरिएको थियो भने डिजे साँझको आयोजना रातको १२ बजेसम्म चलेको थियो।

उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले आफ्नो मल्टिमिडिया च्यानेल ट्विटर (http://twitter.com/usnepalonline/) र फेसबूक (http://www.facebook.com/usnepalonline) मार्फत लाइभ रिपोर्टिङ गरेको थियो

-Pradeep Thapa Magar in Boston. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read related news:

न्यू योर्कमा तमू (गुरुङ) ल्होछार २०१२ यसरी मनाईयो

-बोस्टनमा दशौं वार्षिक गुरुङ (तमु) ल्होछार सम्पन्न

-न्यू योर्कमा गुरुङहरुको पितृ पूजा (खेमा) सम्पन्न

-New Leadership of Gurung (Tamu) Society of USA

-न्यू योर्कमा नेपालका प्रधान सेनापति छ्त्रमान सिंह गुरुङको भब्य स्वागत

-न्यू योर्कमा गुरुङ (तमु) ल्होसार २०११ सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) समुदायको ११ औं ल्होछार भब्यतापुर्बक सम्पन्न

-न्यू योर्कमा गुरुङ (तमु) ल्होछारको अबसरमा रोधी घरको भाका घन्किने भो जनवरी १ तारिखमा

-न्यू योर्कमा तमु (गुरुङ) ल्होछार २००९ को रमाइलो

Read update at: http://usnepalonline.com/gurung/

 




Greater Washington Tamu Samaj president Kulprasad Gurung. Photos: eEyeCam.com


New Hampshire president Topbahadur Gurung. Photos: eEyeCam.com

Boston Tamu Samaj VP Samjhana Gurung Shrestha. Photos: eEyeCam.com



Paramita Gurung and Anamol Gurung. Photos: eEyeCam.com

Ramala Gurung & Prabin Pariyar. Photos: eEyeCam.com



Actress Meera Gurung. Photos: eEyeCam.com





Bhakta Gurung. Photos: eEyeCam.com

Anjana Gurung & Sunil Gurung.






Photos: eEyeCam.com

Read our exclusive reporting on:

Not enough of reading us? Visit our multimedia channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.