Inside

All Time Top 50 News

न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Monday, 04 April 2011 09:40
Article Index
न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप
More photos of the guest speakers
All Pages

नेपाली काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले भने- "तपाईंहरु काठ हो र म काँटी ठोकेर मिलाएर जाउँ?"
"तपाईंहरु मिल्न नचाहेसम्म कोही आएर यहाँ मिलाउन सक्दैन। भगवान र बिश्वेस्वरप्रशाद कोइराला आए पनि मिलाउन सक्नु हुन्न।"

Exclusive: 1 video; 27 photos: न्यू योर्क- नेपाली काँग्रेसको भात्री संगठनकोरुपमा अमेरिकामा रहेका नेपाली युबा काँग्रेसीहरुले केही समयअघि स्थापना गरेको नेपाल तरुण दल अमेरिकाले नेपालका पूर्व सभामुख तथा काँग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटलाई निम्त्याएर डाकेको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा दुई, तीन चिरामा बिभाजित हुन पुगेका न्यू योर्कस्थित नेपाली जनसंपर्क समिती अमेरिकामा आबद्द काँग्रेसी बन्धुहरुको एक पक्ष कार्यक्रम बहिस्कार गरी उपस्थित नभएपछि अर्को पक्षका काँग्रेसीहरुले सत्तोसराप गरेकाछन्। हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अन्तर्कृया कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:



Former Speaker of Nepal Parliament and former General Secretary of Nepali Congress Taranath Ranabhat (center) at the interaction program hosted by Nepali Youth Relationship Organization America Inc. aka Nepal Tarun Dal America in New York on April 3, 2011. Photos: eEyeCam.com

अमेरिकि काँग्रेसी बन्धुहरु मिल्नुको साटो आफ्नै सामू उल्टो एक अर्काको राजिनामा माग्ने र सत्तोसराप गर्न उत्रिएपछि नेपालका भुतपूर्ब साँसदहरुको संघ 'भुपू साँसद फोरम' का अध्यक्षसमेत रहेका पूर्व सभामुख तथा नेपाली काँग्रेसका पूर्व महामन्त्री रानाभाटले उपरोक्त अभिब्यक्ती दिएका हुन् ।

The guests and organizers at the event. Photos: eEyeCam.com

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त अन्तर्कृया कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:
Tarun Dal USA interaction with former Speaker Taranath Ranabhat, NY April 3 2011



उनको थप भनाई थियो- "म त साक्षी मात्र बस्न आएको हो, तपाईंहरु मिल्नुहोस्, तारा दाई आएर मात्र मिल्ने होइन, तपाईंहरु मिल्न नचाहेसम्म कोही आएर यहाँ मिलाउन सक्दैन। भगवान र बिश्वेस्वरप्रशाद कोइराला आए पनि मिलाउन सक्नु हुन्न।"


Former Speaker of Nepal Parliament and former General Secretary of Nepali Congress Taranath Ranabhat. Photos: eEyeCam.com

यद्दपी, काँग्रेसको अमेरिकास्थित दुई समानान्तर जनसंपर्क समितीलाई काँग्रेस केन्द्रिय समितिद्वारा भंग गरी खडा गरिएको एकता अधिबेशन समितिमासमेत चरम मतभेदका कारण काँग्रेसी बन्धुहरु एकै संस्थामा अटाउन नसकी माथापाच्चीमा उत्रिन पुगेपनि पूर्व महामन्त्री रानाभाटले नेपाली काँग्रेस अझै पनि नेपालको अंब्रेला (छाता) पार्टी हो भन्न भने चुकेनन्।

तर एक समूहले अर्को समूहलाई उछिट्टो खनेको सुनेपछि महामन्त्री रानाभाटले अमेरिकि काँग्रेसी बन्धुहरुलाई बिबादमा नअल्झिएर परिबर्तन र संक्रमणको संघारमा रहेको नेपालको पीडालाई मुक्ति दिलाउने अभियानमा भूमिका खेल्न आग्रह गरे।

उता पूर्व महामन्त्री रानाभाटले बिबाद मिलाएर जाने सङ्कल्प गर्लान् भनेर भाषण सुन्न आएका मध्यमपन्थी काँग्रेसी बन्धुहरु भने बिबाद सुल्झिने होइन अझ बल्झिने भो भन्दै कार्यक्रम स्थलबाट बाहिरिएको देखियो।

कार्यक्रममा तरुन दल अमेरिकाका महासचिब तथा सभा संचालक मनमोहनसिंह घिमिरेले जनसंपर्क समिती एक छ भन्दै बिबादको कुरा बल्झाउन बर्जित गरेपनि बक्ताहरुले जन संपर्क समितीको बिबाद कै सेरोफेरोमा आफ्नो भनाइहरु केन्द्रित गरेका थिए।

यतिसम्मकि जनसंपर्क समिती अमेरिकाका केन्द्रीय सह-संयोजक बेद खरेलले अर्को पक्ष काँग्रेसीहरुको कार्यक्रममा गई बिबादलाई प्रोत्साहन दिएको आरोप लगाउँदै नेपाली काँग्रेस उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइरालाको सत्तोसराप मात्र गरेनन् बल्की उनको राजिनामाको मागसमेत गर्न पुगे।


Bed Kharel, Co-coordinator, Nepali Jana Samparka Samiti America. Photos: eEyeCam.com

उनले न्यू योर्कको बिबाद कैबिच न्यू योर्क च्याप्टर संयोजक कृष्ण पोख्रेल र केन्द्रीय संयोजक जिसीको पारिवारिक मामलामा दखल पुर्याएर गाली गलौज गर्ने एक जन संपर्क समिती सदस्यको पहिचान भईसकेको र कानुनी प्रकृया अघि बढाइएको जानकारी गराउँदै पार्टिले त्यस्ता ब्यक्तीलाई साधारण सदस्यबाटसमेत निस्कासन गर्नु पर्ने माग राखे।

उता केन्द्रीय संयोजक खगेन्द्र जिसीले जन संपर्क समितीमा आफू बस्नुमा कुनै ब्यक्तिगत स्वार्थ नभएको बताउँदै पार्टिले खटाएका प्रतिनिधी रानाभाटले बिबादलाई सुल्झाउनु पर्ने माग गरे।


Khagendra G.C. Coordinator, Nepali Jana Samparka Samiti America. Photos: eEyeCam.com

कार्यक्रम यस्तो लाग्थ्यो तरुण दलको पदस्थापन समारोह होइन बल्की जनसंपर्क समितीको बिबादलाई मन्चन गर्ने खुलामन्च हो।

न्यू योर्क शहरको कुइन्स ज्याक्सन हाइट्सस्थित चौतारी रेस्टुरेन्टमा यस्तो समारोह गरी रहँदा उता सोही शहरको अर्को ब्लकमा रहेको थकाली किचन रेस्टुरेन्टमा अर्को पक्षको बैठक डाकिएको थियो। यो भेलाको आयोजना नबिन शेरचन संयोजक रहेको जनसंपर्क समिती न्यू योर्क च्याप्टरले गरेको थियो।

उसो त कृष्ण पोख्रेल संयोजक रहेको जनसंपर्क समितीकि सह-संयोजक माया भट्टले न्यू योर्क च्याप्टरका पूर्व सदस्यहरुमा आफु मात्र बाँकी रहेको र न्यू योर्कका अरु सबै साथीहरु पाखा लागेकोमा दु:ख र गुनासो ब्यक्त गर्दै कार्यक्रमका प्रमुख अतिथी रानाभाटलाई मिलाई दिन आग्रह गरेकी थिइन् ।

उता संयोजक कृष्ण पोख्रेलले मार्च २ तारिख युएस नेपाल अनलाइनसंगको बिशेष भिडियो वार्तामा आफ्नो कारणले एकतामा बाधा आएको हो भने आफूले पद छोड्न तयार रहेको भनेको कुरा पुन: दोहर्याए।


Anand Bist, former President Nepali Jana Samparka Samiti America. Photos: eEyeCam.com

कार्यक्रममा आ-आफ्नो मन्तब्य ब्यक्त गर्ने अन्य ब्यक्तित्वहरुमा जनसंपर्क समितीका पूर्व केन्द्रीय अध्यक्ष आनन्द बिष्ट, संयुक्त राष्ट्र संघीय बिकास नियोग युएनडिपीका भ्रस्टाचार बिशेषज्ञ डा. अङ्गराज तिमल्सिना, युएनडिएफ न्यू योर्क अध्यक्ष सीता खरेल, काँग्रेस पूर्व महासमिती सदस्य कृष्णबहादुर चुनारा, काँग्रेस पूर्व महासमिती सदस्य बंशलाल तामाङ, रिज्वूड नेपालीज सोसाइटीका प्रेसिडेन्ट श्री पराजुली, नेवा गुठी न्यू योर्क अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) का दोश्रो उपाध्यक्ष आदित्य महर्जन, नेपालीज डेमोक्रेटिक युथ काउन्सिल युएसएका महासचिब विश्व शाह, युएस नेपाल स्पोर्टस एन्ड कल्चर डेभलप्मेन्ट इङ्कका महासचिब सन्त थोकर, ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुन मैनाली र कलाकार शैलेश श्रेष्ठ थिए।


Gajendra Budhathoki, President, Nepali Youth Relationship Organization America Inc. aka Nepal Tarun Dal America in New York on April 3, 2011. Photos: eEyeCam.com

कार्यक्रममा स्वागत मन्तब्य दलकि सहसचिब ईन्द्र शाह मल्लले गरेकी थिइन् भने सभापतित्व दलका अध्यक्ष गजेन्द्र बुढाथोकीले गरेका थिए।

The executive members of the newly formed Nepali Youth Relationship Organization America Inc. aka Nepal Tarun Dal America in New York on April 3, 2011. Photos: eEyeCam.com

Nepali Youth Relationship Organization America Inc. कोरुपमा दर्ता भएको नेपाल तरुण दल अमेरिकाको नयाँ प्रथम कार्य समिती निम्नानुसार रहेको छ:

President: Gajendra Budhathoki, Vice-President: Upen Bhatta, Secretary: Man Mohan Singh Ghimire, Vice-Secretary: Indra Shah Malla, Treasurer: Sen Gyalgen; Executive Members: Sanjeev Shrestha, Deepak Chaudhary, Yam Lal Lamichhane & Laxmi Sapkota.

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

नेपाली जनसंपर्क समिती अमेरिका सम्बन्धी बिशेष रिपोर्ट

Read related news about Nepali Jana Samparka Samiti America:

-न्यू योर्कमा जनसंपर्क समितिद्वारा १०० औं अन्तरराश्ट्रिय महिला दिवसको अबसरमा रक्तदान कार्यक्रम सम्पन्न

-न्यू योर्कमा गिरिजा बाबुको प्रथम वार्षिकी पारिवारिक वातावरणमा यसरी मनाइयो

-न्यू योर्कमा किसुनजिको १३ दिने तथा गिरिजा बाबुको वार्षिकी संयुक्त स्‍मृति सभा सम्पन्न

-न्यू योर्कमा स्व. किसुन जिलाई सम्झिदा, श्रद्दान्जली सभामा २० बक्ताहरुले यसरी सम्झे

-न्यू योर्कमा किसुन जिको श्रद्दान्जली सभा आज, जनसंपर्क समितीको अधिबेशन स्थगित

-"म राजिनामा दिन तयार छु"- कृष्ण पोख्रेल, संयोजक, जन संपर्क समिती अमेरिका, न्यू योर्क च्याप्टर

-न्यू योर्कमा काँग्रेसी रडाको झनै चर्किदो, मार्च ६ मा फेरी दुई छुट्टाछुट्टै अधिबेशन गर्ने घोषणा

-न्यू योर्कमा काँग्रेसी बन्धुहरुको राजिनामाको अर्को लहर

-अमेरिकामा नेपाली काँग्रेस समर्थकहरुबिच फेरी पर्‍यो चिरा
न्यू योर्कमा नेपाली कांग्रेस समर्थकहरुको दुई छुट्टा छुट्टै अधिबेसन हुने

-न्यू योर्ककि काँग्रेसी नेत्री मृदुला कोइरालासंग बिशेष अन्तर्वाता: उनी किन आगो भएकिछिन्?

-न्यू योर्कमा जनसंपर्क समितीको अधिबेसन नोभेम्बर २७ मा हुने, बिबाद चुलिदो
जनसंपर्क समिती अमेरिका संयोजक खगेन्द्र जिसीको राजिनामा माग

-नेपाली जनसर्म्पर्क समिति अमेरिकाको बैठक कोरम नपुगेर स्थगित
न्यू योर्क च्याप्टरको अधिवेशन अनिश्चितकालकालागि स्थगित

-न्यू योर्कमा नेपाली जनसंपर्क समिती अमेरिका न्यू योर्क च्याप्टरद्वारा स्वागत तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

-समानान्तर अधिबेसनकालागि नेपाली जनसम्पर्क समिती क्यालिफोर्नियाको अधिबेसन तयारी समिती गठन

-क्यालिफोनियामा जनसम्पर्क समिति चाप्टरको अधिबेसनको बारेमा रडाको

-न्यू योर्कमा गिरिजा बाबुलाई उनकी 'अर्की' छोरीले यसरी सम्झिन्

-अमेरिकामा नेपाल तरुण दल अमेरिका च्याप्टर गठन

-न्यू योर्कमा जनसम्पर्क समिति अमेरिकाद्वारा नेपालबाट आएका नेपाली काँग्रेस सभासदहरुको स्वागत

-न्यू योर्कमा नेपाली काँग्रेस समर्थक महिलाहरुद्वारा नारी दिवस मनाइयो

-अमेरिकामा जनसंपर्क समितीले गिरिजाप्रसाद कोइरालालाई नोबेल शान्ती पुरस्कार दिलाउन जनमत निर्माण गर्ने

-अमेरिकाको नेपाली जनसम्पर्क समितिको एकताको दोश्रो महाधिवेशन मार्चको २७ र २८ मा गर्ने निर्णय

-न्यू योर्कमा नेपालको पितातन्त्र संस्क्रितीबारे गम्भिर बिबेचना

"पितातन्त्रको बोलवाला छ"- प्रदिप गिरी, नेका बौद्धिक नेता तथा सभासद

Former Speaker of Nepal Parliament and former General Secretary of Nepali Congress Taranath Ranabhat. Photos: eEyeCam.com

Dr. Angraj Timalsina. Photos: eEyeCam.com



Indra Shah Malla. Photos: eEyeCam.com

न्यू योर्कमा तरुण दलको पदस्थापन तथा अन्तर्कृया कार्यक्रममा काँग्रेसीहरुबिच सत्तोसराप
More photos of the guest speakers

All Pages

 

 



 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.