Inside

All Time Top 50 News

बोस्टनमा अगष्ट २६ मा तीज महोत्सव तथा हिमालयन नारी सम्मान हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Krishnaraj Khanal   
Thursday, 25 August 2011 16:18

Special: बोस्टन अमेरिका- हिमालयन लायन्स क्लवले गत वर्ष जस्तै यस वर्ष पनि अगष्ट २६ मा तीज महोत्सव तथा “हिमालयन नारी” सम्मान आयोजना गर्ने भएको छ ।

उक्त महोत्सवमा मुख्य उदेश्य नै नेपाली नारीहरुको लालित्य पर्वकोरुपमा रहेको हाम्रो यो हिमाली संस्कृतिलाई्र अमेरिकी समाजमा परिचित गराउँदै नेपाल र नेपालीको पहिचान बढाउने रहेको कुरा क्लवका अध्यक्ष शिव प्रकाशले बताउनु भएको छ ।

दर भनेकै दाजु-भाईले दिदी-बहिनीलाई खुवाउने परिकार हो । हामीले हाम्रा चेलीबेटीलाई दर खुवाएर तीज मनाउने कार्यक्रमको आयोजना गरेका हौं छौं र तीज के हो भन्ने कुरा अमेरिकी समाजलाई देखाउन लायन्स क्लवमार्फत अमेरिकी महिलाहरुलाई आमन्त्रण गरिएको कुरा पनि उहाँले बताउनु भयो ।



"केही वर्ष अघि यहाँको एक चर्चित स्थानिय समाचारपत्रमा भारतीय नागरिकहरुले होली खेलेको रंगीन तस्वीर र समाचार छापिएको आफूले देखेपछि हामीसँग योभन्दा पनि विशिष्ट र मनोरंजनात्कम पर्वहरु छन् यीनलाई हामीले यसरी नै किन अघि नल्याउने भन्ने सोचमा रहेको थिएँ । यो लालित्य पर्वलाई हामी हाम्रो पहिचान बनाउन सक्छौं । तीजलाई भोलीका दिनमा यसरी नै हामीले यहाँको समाजलाई देखाउन सक्छौ भन्ने विश्वास आफूलाई रहेको" कुरा पनि उहाँले बताउनु भयो ।

यस पटकको तीज महोत्सवमा यहाँका टीभी च्यानल र समाचारपत्रहरु आमन्त्रण गरिएको छ र यहाँको स्थानिय एक टीभी च्यानलले कार्यक्रम प्रसारण गर्ने भएको छ । यो सम्पूर्ण नेपाली समाजकालागि ठूलो उपलब्धी हो । नेपालको एभी न्यूज टेलीभिजनले पनि कार्यक्रमको प्रसारण गर्ने भएको छ ।

हामीले कोठामा मात्र तीज मनाएर मनोरंजनमात्र हुन सक्छ तर हामीलाई मनोरंजनकासाथै पहिचान पनि चाहिएको छ । आगामी वर्षदेखि यो पर्वलाई एउटा हलभित्र मात्र सीमित नराखेर बाहिर ल्याउने लायन्स क्लवको योजना रहेको छ ।

स्थानीय सीटी र टाउनबाट स्वीकृति पाएमा तीजको र्याली निकाल्ने, व्यानर पोस्टरसहित पन्चै बाजा धन्काउँदै छम्छमी नाच्दै, गाउँदै, नगर परिक्रमा गर्ने, एक घण्टा भए पनि बोस्टनलाई हाम्रा चेलीहरुका राता पहिरनले लपेटेर राताम्ये बनाउने र सनही र बासुरीका धून अनि मादलुका ताल यो शहरलाई सुनाउने सोचमा क्लव रहेको कुरा पनि क्लवका अध्यक्ष  प्रकाशले बताउनु भयो ।

तीज महोत्सव एक अभियान हो, हाम्रा पहिचान र धरोहरकारुपमा हरेका हाम्रा सँस्कृति, चाडपर्व, परम्परा, पहिरन र पोसाकलाई अमेरिकी समाजमा पुर्याउने, देखाउने, चिनाउने नै यसको मुख्य उदेश्य हो एक भेटघाटका शिलशिलामा उहाँले बताउनु भयो ।

क्लवले गत वर्ष जस्तै यस पटक पनि नेपाली समाजका दुई नेपाली महिलालाई हिमालयन नारी सम्मानद्वारा सम्मानित गर्दै छ । अमेरिकाको न्यू ईङ्ल्याण्ड क्षेत्रमा बसोबास गरेर नेपाली समाज तथा मातृभूमि नेपालकालागि विशिष्ठ योगदान गर्ने नेपाली महिलालाई प्रदान गर्ने गरेको छ।

गत वर्ष यो सम्मान साहित्यकार भारती गौतम र समाजसेवी विष्णुमाया परियालाई प्रदान गरिएको थियो । Read news about this event: बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

यसपटकका सम्मानित महिलाहरुबारेमा जिज्ञासा राख्दा उहाँले 'कार्यक्रम स्थलमा नै घोषणा गरिने र यो एक प्रकारको सरप्राईज सम्मानकारुपमा रहेको छ' भन्नु भयो ।

यसले नेपाली नारीको मनोबल उच्च गराउने र नारीहरुकै यो लालित्य पर्वका दिन नारीलाई सम्मान गरिनुले सम्पूर्ण नेपाली नारीप्रति वास्तवमै सम्मान भएको कुरामा पक्कै दुई मत छैन ।

तीज महोत्सवको तयारी तथा कार्यक्रमको विशेषताकाबारेमा क्लवका कल्चरल डाइरेक्ट तथा तृतीय उपाध्यक्ष राम थापाले भन्नु भयो- 'हामीले तीजलाई महिला दिदी-बहिनीहरुको मनोरंजनका साथसाथै नेपाल सम्पूर्ण नेपाली र विशेषतः नेपाली नारीको पहिचानकारुपमा लिएर आगाडि बढेको र त्यसै अनुरुप मिडिया फोसकमा बढी ध्यान दिइएको छ । जसले गर्दा यहाँको समाजमा भोली हामी, हाम्रो पहिचान दरिलो बनाउन सक्छौं । हाम्रो पहिचानलाई उच्च बनाउने यो अभियानमा सहभागी हुन सम्पूर्ण नेपाली चेलीबेटीहरुलाई अनुरोध पनि गर्छौं।

त्यसका अलावा महोत्सवमा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु राखिएको छ । स्थानिय कलाकारहरुद्वारा तीजका केही नृत्यहरु पनि प्रस्तुत हुने छ । केही संचार माध्यमबाट कार्यक्रमको लाइभ प्रसारण पनि हुने छ । राफल संचालन गरि छ जनालाई उपहारको प्रदान गरिने छ । महोत्सवमा उपस्थित नेपाली नारीहरु मध्ये जेष्ठ नारीलाई पनि सम्मान गरिने छ । महोत्सवको प्रमुख अतिथिका रुपमा निर्वतमान महिला डिस्ट्रक गभर्नरलाई निम्त्याइको छ ।

उक्त तीज महोत्सव कार्यक्रम 163 Glen St, Somerville मा साँझ ७ बजेबाट सुरु हुनेछ ।

-Krishnaraj Khanal in Boston

Read our related news:

-अमेरिकाको भर्जिनिया राज्यस्थित मनाससमा अगस्त २७ मा हुने 'तीज महोत्सव' को भब्य तयारी, १३ संस्था, १३ मिडिया पार्ट्नर सहभागि

-न्यू योर्कमा तीज मनाउन नेपाली नारीहरु ओइरिए, नायिका गौरी मल्लसहित ४ महिला सम्मानित

-बोस्टनमा तीजको रमझमसंगै दुई नेपाली महिला सम्मानित

-न्यू योर्कमा तीजको चाहल पहल, नायिका क्रिस्टी मैनालीसंग रिज्वूड्मा नेपाली महिलाहरु नाँचे

-न्यू योर्कमा नेपाली दिदि-बहिनिहरुलाई तीजको रहर आयो बरिलै

-न्यू योर्कको रिज्वूडमा तीज धुमधामसंग मनाइयो

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.