Inside

All Time Top 50 News

टिपिएस सुबिधा म्याद थपियो- सन् २०१८ जुन महिनासम्म : आगामी डिसेम्बर २६ सम्म पुन: आवेदन भर्ने म्याद PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Wednesday, 26 October 2016 18:53

Exclusive: 1 photo, 4 documents: न्यू योर्क- अमेरिकि सरकारद्वारा अमेरिकिमा सन् २०१५ को जुन २४ अघी बिना बैधानिकता रहेका नेपालीहरुका लागि गत वर्श जुन २४ तारिख घोशणा गरिएको 'अस्थाई सुरक्षा ब्यबस्था (टिपिएस)' Temporary Protected Status (TPS)सुबिधाको म्याद सन् २०१८ को जुन २४ तारिखसम्म थपिएको छ । सन् २०१५ को जुन २४ अघी अमेरिकामा रहेका निवेदन दिन छुटेका नेपालीहरुले यो वर्श सन् २०१६ को अक्टुबर २६ देखि डिसेम्बर २६ तारिख बिच टिपिएस सुबिधाका लागि आवेदन दिन सक्ने अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ ।

U.S. Department of Homeland Security logo. Go to TPS filing forms I-821 download:http://www.uscis.gov/i-821

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका अनुसार यस अघी टिपिएस सुबिधाबाट ८ हजार ९ सय ५० जना अमेरिकि नेपालीहरु लाभान्बित भएका थिए । तर टिपिएस सुबिधाका लागि १३ हजार ६ सय ७६ जना अमेरिकि नेपालीहरुले आवेदन दिएका थिए । कैयन नेपालीहरु अझै पोहर सालकै निवेदनको स्वीकृती पत्र पर्खी रहेको अवस्था छ । राजनितिक असाईलम निवेदन दिएर न्यायालयमा मुद्दा बिचाराधिन रहेका नेपालीहरु मध्ये कयौं नेपालीहरुले पोहर साल टिपिएस निवेदन दिन हिच्किचाए पनि यसपाली टिपिएस सुबिधाका लागि आवेदन भर्ने सम्भावना देखिएको छ ।

https://www.uscis.gov/humanitarian/temporary-protected-status/temporary-protected-status-designated-country-nepal

गत वर्श सन् २०१५ को अप्रिल २५ तारिख नेपालमा गएको महाभूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको र नेपालबाट अमेरिकामा आई बिना बैधानिकता बसोबास गरिरहेका नेपालीहरुलाई बैधानिकतापूर्वक नेपाल गई आफ्नो परिवारलाई भेट्न र पुन: अमेरिका फर्किन या अमेरिकामै रहेर कानूनी रुपमै काम गरी नेपालमा रहेका परिवारलाई आर्थिक सहयोग पुर्‍याउन सकून् भनी अमेरिकि सरकारद्वारा यो सुबिधा प्रदान गरिएको हो ।

डिपार्ट्मेण्ट अफ होम्ल्याण्ड सेक्यूरिटीका अनुसार सन् २०१५ को जुन २४, २०१५ सम्म अमेरिकामा रहेका नेपाली र पछिल्लो पटक नेपालमा बिना कुनै देशको नागरिकता बेगर बसोबास गरेका अमेरिकामा रहेका नागरिक, जसले अमेरिकि सरकारको आप्रबासी र राश्टृयता बिधेयक INA section 244(c)(2) अन्तर्गतको बिधिभित्र (यो लिङ्कमा गएर ति क्राईटेरियाबारे हेर्न सकिन्छ:http://www.uscis.gov) आफ्नो बैधता पुरा गर्दछ, टिपिएस सुबिधा पाउन यसै बर्शको डिसेम्बर २६ भित्र निबेदन दिनु पर्ने अन्तिम मिति तोकेको छ । निबेदन लिखित रुपमै भरेर पोस्ट गरी पठाउनु पर्ने हुन्छ तर ति निबेदन फर्महरु अनलाईनको यो http://www.uscis.gov/i-821 लिङ्कमा गएर डाउनलोड गर्न सकिन्छ । १४ बर्ष मुनि र ६५ बर्षभन्दामाथि बाहेक अरु सबै उमेरका निबेदककालागि प्रारम्भिक निबेदन Form I-821 फाइलिङ फि $ ५० र बायोमेटृक सर्भिसकोलागि $ ८५ अमेरिकि डलर लाग्दछ । काम गर्ने वोर्क अथोराइजेसन परमिट EAD I-765 फाईलिङ फि $ ३८० तिर्नु पर्दछ ।

टिपिएस स्टाटस ठूल्ठूला प्राकृतिक संहार र गृहयुद्द भएका मुलुकका अमेरिकामा बिना बैधानिक कागजपत्र रहेका नागरिकलाई दिईने बिशेश सुबिधा हो । टिपिएस ब्याबस्थाले नेपालमा गत वर्श सन् २०१५ को अप्रिल २५ तारिख गएको महाभूकम्पपछि प्राकृतिक महाबिपत्ती ब्यहोरी रहेको नेपालमा अमेरिकाबाट बिना बैधानिक कागजपत्र बसोबास गरिरहेका नेपालीहरुलाई जबर्स्जस्ती डिपोर्टेशन (फर्काउने) प्रकृया स्थगित गर्न, वोर्क परमित पाउन र नेपाल फर्किन ट्राभल डकुमेण्ट प्राप्त गर्ने सुबिधा मिल्दछ ।

अमेरिकामा नेपालीहरु अढाई लाखदेखि ३ लाखको हाराहारीमा रहेको अनुमान गरिन्छ । अमेरिकि सरकारको सेन्सस ब्यूरोले सन् २०१० मा लिएको जनगणनाअनुसार अमेरिकामा नेपालीहरुको जनसंख्या कूल ५९ हजार ४९० नेपाली रहेको तथ्याङ्क छ ।

 

टिपिएस स्टाटस लागू गराउन नेपाली समुदायको लबी


टिपिएस स्टाटस लागू गराउन अमेरिकिमा रहेको नेपाली समुदायले भरपूर लबी गरेको थियो । यो अभियानमा न्यू योर्कस्थित 'अधिकार' र उक्त संस्थाकी कार्यकारी निर्देशक लुना रन्जित, नर्बदा छेत्री, न्यू जर्सीस्थित 'कारणका लागि महिला' (Women for Cause) की अध्यक्ष डा. बिष्णुमाया परियार, नेपाल सरकारकोतर्फबाट अमेरिकाकालागि नेपाली राजदूत डा. अर्जुनकुमार कार्की, गैर आवासीय नेपाली संघ (एनआरएन अमेरिका) का निबर्तमान अध्यक्ष एबं कानूनविद खगेन्द्र जिसी, संघका नवनिर्बाचित अध्यक्ष डा. केशब पौडेललगायत दर्जनौं संघसंस्था र ब्यक्तित्वहरुले अहोरात्र लबी गरेका थिए । ह्वाइट हाउस डट गभमा पिटिसन शुरु गर्ने वकिल डिल्ली भट्टदेखि ह्यारी (एच बि) भण्डारी, डा. श्याम कार्कीसम्म धेरै नेपालीहरु र नेपाली संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट टिपिएस सुबिधाको लागि पहल कदमी गरेका थिए ।

टिपिएस रिजुलुसन पारित गर्ने जर्सी सिटी पहिलो अमेरिकि शहर

अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी शहर सिटी काउन्सिलले 'कारणका लागि महिला' को पहलमा गत वर्श मे २७ तारिख अमेरिकामा बैधानिक कागजपत्र बिना रहेका नेपालीहरुकोलागि टिपिएस सुबिधा दिलाउन अमेरिकि स्टेट डिपर्ट्मेण्ट अन्तरगतको डिपर्ट्मेण्ट अफ होमल्याण्ड सेकुरिटीलाई आग्रह गर्दै एक बिशेश रिजुलुसन पारित गरेको थियो । यसरी रिजुलुसन पारित गर्ने जर्सी सिटी एक मात्र अमेरिकि शहर बनेको थियो ।

उक्त रिजोलुसनमा नेपालमा गएको महाभूकम्पमा परी ८ हजार २१९ जनाको मृत्यू भएको, १७ हजार ९ सय घाईते भएको र २ लाख ८० हजार घरहरु ध्वस्त भएको नेपाल सरकारको पछिल्लो तथ्याङ्का उल्लेख गर्दै अमेरिकि सरकारले टिपिएस सुबिधा उपलब्ध गराएमा बैधानिक कागजातको अभावमा नेपाल जान नसक्नेहरुले ट्राभल डकुमेण्ट पाउने, डिपोर्टेशन रोकिने र बैधानिकरुपमा अमेरिकामा काम गर्ने सुबिधा प्राप्त हुने लेखिएको छ । बिदेशमा अबैधानिकरुपमा रहेकाहरुलाई नेपाल फर्काईएमा नेपाल सरकारले उनीहरुलाई पुनर्बासको ब्यबस्था गर्न यस्तो बिपदको बेला असमर्थ हुने उल्लेख गर्दै उक्त टिपिएस सुबिधा उपलब्ध गराएमा यि नेपालीहरुले नेपालमा रहेका आफ्नो परिवारलाई आर्थिक सहयोग गर्न सक्ष्यम हुने उल्लेख गरिएको छ ।

अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध

अमेरिकि सरकारले हालसम्म ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस सुबिधा उपलब्ध गराएको छ । माइग्रेसन पोलिसी इन्स्टिचूडकाअनुसार अमेरिकि सरकारले यस अघि सिरियालीकोलागि सन् २०१२ देखि हालसम्म, हाइटियनकोलागि सन् २०१० देखि हालसम्म, एल साल्भाडोरियनकोलागि सन् १९९१-९२ र सन् २००१ देखि हालसम्म, सोमालीहरुकोलागि सन् १९९१ र हालसम्म, साउथ सुडानीकोलागि सन् १९९७ र २०११ देखि हालसम्म, सुडानीकोलागि सन् १९९७ देखि हालसम्म, निकारागुवानकोलागि सन् १९९९ देखि हालसम्म, होण्डुरियालीकोलागि सन् १९९९ देखि हालसम्म ति देशका अमेरिकामा रहेका बैधानिक कागजात नभएका नागरिकहरुलाई टिपिएस सुबिधा प्रदान गरेको छ ।

TPS beneficiary data source: Migration Policy Institute (MigrationPolicy.org)

TPS beneficiary data source: Migration Policy Institute (MigrationPolicy.org)

यो टिपिएस सुबिधा अन्तर्गत राष्ट्रिय महाबिपत्तीका बेला बैधानिक कागजात नभएको कारण स्वदेश फर्कन असमर्थ अमेरिकामा रहेका बिदेशी नागरिकहरुलाई ६ देखि १८ महिनासम्मको अस्थाई बसोबास गर्ने बैधता (कानूनी मान्यता) दिईन्छ । र त्यो समयभित्र आफ्नो देश फर्किन र फेरी अमेरिका फर्किने ट्राभल डकुमेण्ट प्रदान गरिन्छ । तर देशको अवस्थामा सुधार नआएको अवस्थामा यो सुबिधालाई लम्ब्याईएको उदाहरण माथी उल्लेखित तथ्याङ्कले देखाउँछ ।

 

-Pradeep Thapa Magar in New Jersey. Comments? 917-570-1098. Or, email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

Read related news:

-अमेरिकिमा रहेका नेपालीले टिपिएस (TPS) सुबिधाका लागि निबेदन भर्ने अन्तिम म्याद डिसेम्बर २१ तारिख बेलुकी ५ सम्म, हालसम्म १० हजार १५० जनाद्वारा आबेदन दर्ता

-अमेरिकि सरकारद्वारा अमेरिकामा रहेका नेपालीलाई टिपिएस (TPS) सुबिधा १८ महिनाको प्रदान गरिएको औपचारिक घोशणा, निबेदन भर्ने म्याद डिसेम्बर २१ भित्र, के, कसरी निबेदन भर्ने ?

-It's offcial: U.S. Gov. Granted TPS: DHS Announces Temporary Protected Status Designation for Nepal

-अन्तत: टिपिएस (TPS) स्टाटस पाउने भए अमेरिकि नेपालीले, नेपालमा गएको महाभूकम्पले दिएको नयाँ जीवन, को कसले यो सुबिधा पाउन सक्छन् ?

-TPS (Temporary Protected Status) was granted to Nepalese in the USA

-अमेरिकि नेपालीकोलागि टिपिएस (TPS) रिजुलुसन जर्सी सिटी काउन्सिलद्वारा पारित, अमेरिकामा ३ लाख ४० हजार बिदेशी नागरिकलाई टिपिएस (TPS) सुबिधा उपलब्ध, नेपालीले पनि पाउलान् ?

Source: http://www.gpo.gov/fdsys/pkg/FR-2015-06-24/html/2015-15576.htm

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.