Inside

All Time Top 50 News

अमेरिकामा युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA) को तेस्रो साधारण सभा, नयाँ केन्द्रिय कार्य समितिको चयन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Dhaulabir Rai   
Monday, 20 May 2013 14:33

Special: 2 photos: नेब्रास्का- युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA) केन्द्रिय समितिको तेस्रो साधारण सभा नेब्रास्का राज्यको ओमाहा शहरमा सम्पन्न भएको छ। उक्त सभाले प्रभाकर राई (न्यू योर्क) को अध्यक्ष्यतामा नयाँ केन्द्रिय कार्य समितिको चयन गरेको छ।

United Kirat Rai Organization of America (UKROA)'s 3rd General Convention was held in Nebraska on May 18, 2013. Photos courtesy: UKROA

मेई १८ तारिख शनिबार युनिभर्सिटी, पिटर क्युईट इन्स्टिच्युटमा आयोजित उक्त सम्मेलन संस्थाका अध्यक्ष मिलन राईको सभापतित्व र संस्थापक अध्यक्ष तथा एनआरएन अमेरिकाका वरिष्ठ उपाध्यक्ष शिव राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

सो साधरण सभामा न्यू योर्क मेरिलैंड, न्यु ह्याम्सर, मेसेचुसेट राज्यबाट प्रतिनिधिहरु उपस्थित भएका थिए ।

युनाइटेड किराँत राइ अर्गनाइजेशन अफ अमेरिका नेब्रास्का च्याप्टरको आयोजनामा सम्पन्न सो साधारण सभामा बिधान संसोधन, तथा संस्थाको नीतिगत प्रकृयाहरुमा सुधार तथा समय सापेक्षा बनाउने कार्यपत्र उपर गहन छलफलभै सर्व सम्मतिले अनुमोदन गरिएको थियो ।


United Kirat Rai Organization of America (UKROA)'s 3rd General Convention was held in Nebraska on May 18, 2013. Photos courtesy: UKROA

सो सभाको अन्तिम चरणमा आगामी कार्यावधिको निमित्त केन्द्रिय समिति तथा लोकल च्याप्टर नेब्रास्काको निर्वाचन सम्पन्न भएको छ। दुवै तहमा कुनै पदमा प्रत्यासी उम्मेदवार नभएको हुँदा निम्न बमोजिम पदाधिकारीहरुको सर्वसम्मतिले चयन गरिएको छ:

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA)
केन्द्रिय समिति


अध्यक्ष: प्रभाकर राई
उपाध्यक्ष: श्याम राई
महासचिब: प्रेरणा राई
सदस्य: केशवराम राई   
सदस्य: हेम राई

सल्लाहकार (पदेन): मिलन राई

युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिका (UKROA)
नेब्रास्का लोकल च्याप्टर


अध्यक्ष: हिमाल राई
सचिब: जेनिना राई
कोषाध्यक्ष: एलिना राई
सदस्य: भिषण राई
पदेन सदस्य (BOD): प्रेरणा राई

सल्लाहकार (पदेन): कल्पुहांग राई

दिनको १ बजेदेखि बेलुकी ५ बजेसम्म संचालित सो साधारण सभाको उद्घाटन सत्रको संचालन युक्रा नेब्रास्का च्याप्टरकी तत्कालिन अध्यक्ष प्रेरणा राईले गरेकी थिईन् भने बन्द सत्रको सहजीकरण सल्लाहकार धौलबीर राईले गरेका थिए ।

-Dhaulabir Rai in Nebraska

Read related news:

-http://usnepalonline.com/rai/

-न्यू योर्कबाट नेपाल फर्किदै गरेका मिनिस्टर कन्सुलर अमृतबहादुर राईको भावपूर्ण बिदाई

-न्यू योर्कमा UKROA द्वारा सकेला (चन्डी) पर्बको अबसरमा कार्यक्रम सम्पन्न

-न्यू हेम्सायरमा साकेला सिलीको झिलिमिली

-न्यू योर्कमा नाँचेको त्यो "सोइ ढोले सोइ" अनि खोजेको "अर्को ढोले खोइ?"

-बोस्टोन वरीपरी सोइ ढोले सोइ

-यूनाइेटेड किरात राई अर्गनाईजेशन अफ अमेरीका, न्यू योर्क च्याप्टरको दोस्रो महाधिवेशन सम्पन्न

-१०९ वर्षीय कांशीराम राई भुटानबाट नेपाल र अब अमेरिकामा !

-न्यू योर्कमा विश्व साईकल यात्री शेर्पालाई किरात राईहरुद्वारा सम्मान

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.