Inside

All Time Top 50 News

हार्दिक श्रद्दान्जली ! : युएसनेपालअनलाईनको अनरेरी आजीवन सदस्य, समाजसेवी रुपबहादुर परियारको असामयिक निधन PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Wednesday, 13 January 2016 01:49

Exclusive: 2 photos: न्यू योर्क/गोर्खा - युएसनेपालअनलाईन डट कमको अनरेरी आजीवन सदस्य, समाजसेवी, गोर्खा, ताक्लुङ निवासी ७९ वर्षीय रुपबहादुर परियारको जनवरी १३ तारिख, २०१६ मा असामयिक निधन हुन गएको छ । उहाँको अवसानबाट युएसनेपालअनलाईन परिवार मर्माहत हुन पुगेकाछौं । स्व. परियारलाई सन् १९९६ मा ब्रेन ह्यामरेज भएको थियो र उपचारकै क्रममा पारिवारिक स्याहार सुसारको कारण २० वर्ष लामो जिवन जिउन सफल रहेका थिए । स्व. परियारका श्रीमती ७१ वर्षीय कनमाया परियार, ८ छोरी र १ छोरा छन् । दुई छोरीहरु सिता परियार, डा. बिष्णुमाया परियार र छोरा प्रकाश परियार अमेरिकामा छन् भने ६ बहिनी छोरीहरु नरमाया परियार, नन्दकुमारी परियार, पम्फावती परियार, रिता परियार, गीता परियार, बिन्दु थापा परियार, एक बुहारी, ५ ज्वाईहरु, २१ नाति-नातिनीहरु र १२ पनाति-पनातिनिहरु नेपालमा छन् ।


A tribute to Late Rup Bahadur Pariyar, honorary life member of USNepalOnline who passes away on January 13, 2016 at the age of 79 in Taklung-2, Gorkha, Nepal. Photos courtesy: Dr. Bishnu Maya Pariyar

स्व. परियारको जन्म असोज ४ गते बिसं १९९४ मा गोर्खा जिल्लाको ताक्लुङ्-२ मा भएको थियो । उनी गाउँलेहरु माझ संधै अत्यन्त मिलनसार, सहयोगी र शिक्षाको ज्योती फैलाउनु पर्छ भनी अनवरत लागि पर्ने समाजसेवीको रुपमा सुपरिचित थिए । उनले बिसं २००७ सालमा राणा शासन कालको अन्तपछि आफ्नो गाउँका परदेशमा रहेका दाजू भाईहरुले आफ्नो परिवारलाई पठाएका चिट्ठीहरु पढिदिने र उनीहरुका असाक्षर परिवारहरुको तर्फबाट परिवारको सन्चो बिसन्चोको खबर लेखेर पठाई दिने गर्दथे ।

Late Rup Bahadur Pariyar with family members. Photos courtesy: Dr. Bishnu Maya Pariyar

स्व. परियारकि ठाँईली छोरी डा. बिष्णुमाया परियार नेपाली डायस्पोरामा सुपरिचित समाजसेवी हुन् । समाजसेवी डा. परियारले अमेरिकाको अमेरिकाको क्लार्क युनिभर्सिटीबाट इन्टर्नेसनल डेभ्लप्मेण्ट एण्ड सोसल चेन्ज विषयमा मास्टर्स गरेकिछिन् भने अमेरिकाकै पाईन मानोर कलेजले उनको समाज सेवाको उच्च मूल्याङ्कन गर्दै अनरेरी डाक्टर अफ लेटर्स (डिलिट्) प्रदान गरेको छ । उनको समाजिक सेवाको कदर गर्दै अमेरिकाको केन्टकी राज्यको लुईभिल शहरले 'सेप्टेम्बर २७, २०१५' लाई "डा. बिष्णुमाया परियार डे" मनाउने घोषणा गरेको छ । स्व. परियारको कान्छो सन्तान र एक मात्र छोरा प्रकाश परियारले गत वर्ष सन् २०१५ मा अमेरिकाको क्लार्क युनिभर्सिटीबाट इन्टर्नेसनल डेभ्लप्मेण्ट एण्ड सोसल चेन्ज विषयमा मास्टर्स गरेकाछन् । स्व. परियारकि कान्छी छोरी बिन्दु थापा मगर परियार जातीय बिभेद र समाजिक बिसंगतिको बिरुद्ध नेपालमा सम्भवत: सबैभन्दा धेरै ६,२९६ ट्वीट @paribindoo गर्ने महिला अधिकारकर्मी हुन् ।

युएसनेपालअनलाईन परिवार स्व. परियारको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक श्रद्दान्जली ब्यक्त गर्दछ ।

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.