NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

विश्वपरिक्रमा साँस्कृतिक साँझ सम्पन्न, चन्द्रकला नेवारको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Vishwa Parikrama   
Thursday, 24 November 2011 11:11

फल्स चर्च, भर्जिनिया- विगत ५ वर्षदेखि नियमितरुपमा प्रकाशित हुँदै आएको पाक्षिक नेपाली अखवार 'विश्वपरिक्रमा' को आयोजनामा दशैं तिहारको शुभकामनासहित साँस्कृतिक साँझ सम्पन्न भयो ।


 

Vishwa Parikrama honored Nepalese writer Chandrakala Newar at its cultural nite in Virginia, USA on November 12, 2011. Photo: Vishwa Parikrama

कार्यक्रममा नेपाली संस्कृति झल्कने नृत्यहरु, वाद्यवादन तथा अमेरिकी संगीत, नृत्यहरु समावेश गरिएका थिए ।

कार्यक्रममा अनुपमा प्रसाई, श्रेयस्का दाहाल, श्रीतिका दाहालसहित वाल कलाकारहरु साकार वुढाथोकी, पियुष वुढाथोकी, उपाँशु गौतम, कात्यायनी शर्मा, स्वीकृति दाहाल, अनु सँग्रौला, रीत सँग्रौला, मनस्वी कोइराला, खुशी कँडेल, दीप्ता पोखरेल, कृति शर्मा तथा लोकेश तिवारीसमेतको टोलीले प्रस्तुत गरेको नृत्यले तिहारको सम्झना गराएको थियो । त्यस्तै ख्यातिप्राप्त नायिका सारंगा श्रेष्ठ, लुना श्रेष्ठ तथा नविन केसीको टप्पा नृत्यले दर्शकहरुलाई लट्ठ पार्न सफल भएको थियो । त्यस्तै श्रेयस्का दाहाल तथा श्रीतिका दाहालको नृत्य, श्याम खड्गी तथा गीता सुवेदीका नृत्य, सुकृति सिलवालको नृत्य, यज्ञमान शाक्यको नृत्य थप आकर्षण थिए ।

त्यसैगरी गायनतर्फ रामप्रसाद खनाल, श्याम गुरुँग तथा शान्ति भण्डारी गुरुँग, अरविन केसी, मीना राई, आस्था श्रेष्ठ, कुमारी लामा, निशान, रंजित थप आकर्षण रहेका थिए ।

कार्यक्रमको शुरुमा तारा लिनहार्ट तथा लिन हेलीले माउण्टेन म्युजिक प्रस्तुत गरेका थिए भने कार्यक्रमको अन्तमा फिल थ्रोनले प्रस्तुत गरेको नृत्यले सवभन्दा वढी वाहवाही वटुल्न सफल भएको थियो । सदावहार कार्यक्रम प्रस्तोता रवि लामिछाने तथा सुनिता सन्ज्यालकॊ उद्घोषण रोचक रहेको थियो ।

सोही कार्यक्रममा ख्यातिप्राप्त लेखिका तथा गायिका चन्द्रकला नेवारको सम्मानसमेत गरियो । कार्यक्रममा विश्वपरिक्रमाका प्रधान सम्पादक गोविन्द गिरी प्रेरणा तथा प्रमुख अतिथि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले  लेखिका तथा गायिका नेवारलाई फूलको माला पहिराउनु भएको थियो भने वानाका अध्यक्ष विजय श्रेष्ठले खादा पहिराउनु भएको थियो । वरिष्ठ समाजसेवी वाल्टिमोरवासी गणेश मलेगुले उपहार प्रदान गर्नु भएपछि प्रधान सम्पादक गोविन्द गिरी प्रेरणाले सम्मानपत्र पढेर सुनाउनु भएको थियो र राजदूत डा. शर्माले सम्मानपत्र प्रदान गर्नु भएको थियो ।



सम्मानपत्र प्रदान गरिसकेपछि संक्षिप्त मन्तव्य दिंदै राजदूत डा. शर्माले विश्वपरिक्रमाले नेपाली समुदायमा पुर्याउँदै आएको योगदानको चर्चा गर्दै यौटा सुपात्रलाई सम्मान गरेकोमा सह्राहना गर्नु भयो ।

सम्मानपत्र ग्रहणगरिसकेपछि चन्द्रकला नेवारले आफूले २० वर्षअघि नेपालमा चिनेको गोविन्द गिरी प्रेरणाले अमेरिकामा पनि आफ्नो सिर्जनशिल लेखनकासाथै पत्रकारितामा लागेको देख्दा खुसी लागेको वताउँदै सम्मानकोलागि चयन गरेकोमा धन्यवाद दिनु भयो र यौटा गीतसमेत प्रस्तुत गर्नु भयो ।

कार्यक्रममा डिसी, मेरिल्याण्ड तथा भर्जिनियाका दर्शकहरु रहनु भएको थियो ।

सो कार्यक्रममा भर्खरै सकिएको तिहारको सम्झनास्वरुप गरिएको भैली गीतवाट २३१ डलर संकलन भएकोमा वालवालिकाको हितकालागि समाजसेवी प्रेम संग्रौलालाई अनुपमा प्रसाईंले हस्तान्तरण गर्नु भएको थियो ।

-Vishwa Parikrama in VA

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?