Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाल पर्यटन बर्ष २०११ को प्रचारप्रसार अभियान सम्पन्न PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Pradeep Thapa Magar & Nagendra Ingnam 'Atharaili'   
Sunday, 29 May 2011 08:09

नेपालमा पर्यटकको ओइरो, नेपालीहरुचाँही बिदेशतिर धुईरो
Exclusive: 1 video, 20 photos: न्यू योर्क- नेपाल पर्यटन वर्ष सन् २०११ लाई सफल बनाउने उदेश्यले नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टरको सकृयतामा मे २८ शनिबार दिनभर न्यू योर्क शहरका बिभिन्न पर्यटकीय स्थलहरुमा प्रचारप्रसार कार्यक्रम सम्पन्न गरिएको छ।



Visit Nepal 2011 campaign organized by Nepali Jana Samparka Samiti New York Chapter on May 28, 2011. Photos: eEyeCam.com

संघीय लोकतान्त्रिक गणतन्त्र दिवसको अवसर पारेर सम्पन्न गरिएको उक्त कार्यक्रममा न्यू योर्क शहरको प्रमुख पर्यटकीय स्थानहरु: टाईम्स स्क्वाएर, लिबर्टी आईल्याण्ड-ब्याटरी पार्क र एम्पायर स्टेट बिल्डिङलगायतका स्थानहरुमा नेपाल सरकारको पर्यटन बिभागद्वारा नेपाल पर्यटन वर्ष २०११ बारे तयार पारिएका विविध प्रचारप्रसार सामाग्रीहरु बाँडिएको थियो ।

हेर्नुहोस् युएस नेपाल अनलाइनले उक्त कार्यक्रमबारे तयार पारेको बिशेष भिडियो रिपोर्ट:

Visit Nepal 2011 promo in New York by Nepali Jana Samparka Samiti NY, May 28, 2011


A Visit Nepal 2011 campaign group Battery Park which is near the Statue of Liberty. Photos: eEyeCam.com

नेपालमा पर्यटकको ओइरो, नेपालीहरुचाँही बिदेशतिर धुईरो

नेपाल सरकारले सन् २०११ मा १० लाख पर्यटक नेपाल भित्रयाउने लक्ष्य राखेको छ। सरकारी तथ्याङ्कअनुसार सन् २०१० मा ६ लाख, २ हजार ८८५ जना पर्यटक नेपाल भित्रिएका थिए जुन सन् २००९ माभन्दा १८.२ प्रतिशतले ब्रिद्धी हो। यो बर्षको लक्ष्य हाँसिल गर्न पर्यटकको आगमनमा झन्डै १०० प्रतिशतले ब्रिद्धी हुनु पर्ने देखिन्छ।

न्यू योर्कको Statue of Leberty (स्टेचु अफ लिबर्टी) हेर्न जाने पर्यटकको वार्षिक संख्या ३५ लाखसंग दाँज्ने हो भने नेपालले आफ्नो सुन्दरता र सत्कारलाई बिदेसीको सामू पस्किन नसकेको स्विकार्नु पर्ने हुन्छ।


World Tour Nepali Cyclist and Nepal Tourism Goodwill Ambassador Furtemba Sherpa. Photos: eEyeCam.com

सन् २०१० मा नेपालमा सबैभन्दा बढी पर्यटक आउने मुलुकहरुमा क्रमश: भारत (१,१६,३२१), श्री लङ्का (४५,८४१), चिन (४३,११९), अमेरिका (३७,०८५), बेलायत (३५,५३९), थाइल्यान्ड (२५,९२१), फ्रान्स (२४,६७८), जर्मनी (२३,४७३), जापान (२३,२७२) र बङ्गलादेश (२१,०४७) रहेका छन्।

उता सन् २०१० मा नेपाल भित्रिने प्रबासी नेपालीहरु ६ लाख, ४६ हजार ९१४ तथ्याङ्कले देखाएको छ भने नेपाल छोडेर बिदेशतिर लाग्ने नेपालीहरुको संख्या चाँही ७ लाख, ६५ हजार ७४५ रहेको छ। सन् २००९ मा बिदेश जाने नेपालीहरुको संख्या ५ लाख, ८८ हजार ६४५ रहेको थियो।

उक्त कार्यक्रम सम्पन्न गर्नकोलागि प्रचारप्रसार कार्यक्रममा जानु अघि थकाली किचन रेस्टुरेन्ट, कुइन्स ज्याक्सन हाइट्समा आयोजित कार्यक्रममा मुनिन्द्र नेम्बाङद्वारा कार्यक्रमको ढाँचाको जानकारी गराईेएको थियो भने संयुक्त राष्ट्रकालागि नेपालका स्थाई नियोगका उप-प्रमुख शंकर बैरागीबाट पर्यटन वर्षकोबारेमा चर्चा गर्दै आयोजक तथा सहभागीलाई कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।


Deputy Permanent Representative of Nepal Permanent Mission to the UN Shankar Bairagi briefing about the Visit Nepal 2011 campaign. Photos: eEyeCam.com

जनसम्पर्क समिति न्यू योर्क च्याप्टर अधिवेसन तयारी समितिका संयोजक नविन शेरचनले सहभागी र उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।


A Visit Nepal 2011 campaign group in Times Square, Manhattan, New York. Photos: eEyeCam.com

न्यू योर्कमा ६ हजार प्रचारप्रसार सामाग्रीहरु बाँडियो

न्यू योर्कस्थित नेपाली महावाणिज्य दुतावासको बिशेष सहयोगमा भएको प्रचार प्रसार कार्यक्रममा न्यू योर्कस्थित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरु, कलाकार, खेलाडी, पत्रकार, जनसंपर्कसमिती सदस्यहरुसाथै उल्लेख्य नेपालीहरुको सहभागीता रहेको कार्यक्रममा लगभग छ हजार प्रचारप्रसार सामाग्रीहरु बाँडिएको थियो ।

कार्यक्रमलाई ब्याबस्थितरुपमा सम्पन्न गर्नकालागि टाईम्स स्क्वाएर क्षेत्रको जिम्मेवारी जनेस गुरुङ, पुनम राना मगर, शारदा छेत्री र रोशन ढुंगाना, लिबर्टी आईल्याण्ड क्षेत्र नायीका गौरी मल्ल र गायकहरु तिलक श्रेष्ठ, अभय ङ्गेल तथा एम्पायर स्टेट बिल्डिङ क्षेत्रमा संयोजक नबिन शेरचन, मुनिन्द्र नेम्बाङ र दुर्गेश कार्की लाई जिम्मेवारी दिईएको थियो ।


A Visit Nepal 2011 campaign group at Empire State Building area, Manhattan, New York. Photos: eEyeCam.com

कार्यक्रममा नेपाली काँग्रेसकि उत्तर अमेरिकि प्रतिनिधी म्रिदुला कोइराला, श्यामकाजी गुरुङ, बंशलाल तामाङ, मिङमार शेर्पा, बिष्णु सुबेदी, बिजय थुलुङ, न्रीप बिष्ट, डा. तारा निरौला, डा. गोबिन्द कोइराला, सञ्जय थापा, विश्व साइकल यात्री तथा नेपालका पर्यटन सम्बन्धी सद्भावनादूत फुर्तेम्बा शेर्पा, नायक बिक्रन्त बस्नेत, गायक जगदिश समाल मगर, गायिका पबिता बागचन्द परियार, आदित्य महर्जन, कोरियोग्राफर बिजयमान नकर्मी, सपना केसी, शान्ता घिमिरे, दुर्गेस कार्की, केशबराम राई, अर्जुन सिंह, टिकारम गुरुङ, टेम्बा शेर्पा, बिष्णु बैजु, कृष्णा गौतमलगायत सहभागी भएका थियो।

कार्यक्रममा यम अधिकारी, छिरिङ्ग तोप्के लामा, महेश मल्ल, बिरेन्द्र मानन्धर, देश लिम्बु, छिरिङ्ग राप्के लामा, लक्षिन लामा, एन्जेलिना मल्ललगाएत स्वयमसेवीकोरुपमा खटिएका थिए।


3-year-old Angelina Rana Magar Malla distributing Visit Nepal 2011 campaign booklet. Photo courtesy: Punam Rana's facebook profile.

पर्यटकले के पाउने नेपालमा?

नेपाल पर्यटन बोर्डको बिदेशी पर्यटकलाई नेपाल आउन लोभ्याउने Once is Not enough (एक पटक पर्याप्त छैन) नारालाई सार्थकता दिलाउने नेपाली कला, संस्क्रिती र प्राकृतिक सुन्दरतामा नेपाल कुनै देशभन्दा कम छैन।

नेपाल शान्तीका प्रतीक महामानब गौतम बुद्धको जन्मस्थल लुम्बिनी रहेको मुलुक मात्र होइन विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ शिखरहरु मध्ये विश्वको सर्बोच्च शिखर सगरमाथासहित ८ वटा उच्च शिखरहरु नेपालको ८ सय किलो मिटर लामो हिमालय पर्बत श्रिङ्खला भित्र पर्दछन्।

त्यति मात्र कहाँ हो र, विश्वको ८ प्रतिशत चराचुरुङ्गीहरु (८४८ प्रजाति) नेपाल मै पाईन्छन्‌ भने विश्व भरका ११ प्रतिशत रङ्गिचङ्गी पुतलीहरु नेपालका हरियाली बनपाखा र फुलबारीमा रमेको देख्न सकिन्छ।

नेपाल संयुक्त राष्ट्र संघको युनेस्कोद्वारा सुचिबद्ध विश्व सम्पदा क्षेत्र अन्तर्गत दर्जित ४ सम्पदा क्षेत्रहरु रहेको मुलुक पनि हो। विश्व सम्पदा सुचीमा नेपालको बुद्ध जन्मस्थल लुम्बिनी, काठमाडौं उपत्यका अन्तर्गत पशुपतिनाथ मन्दिर, स्वयम्भू, बौद्धनाथ स्तुपा, चाँगुनारयण मन्दिर, काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र, चितवन राष्ट्रिय निकुन्ज र सगरमाथा चितवन राष्ट्रिय निकुन्ज पर्दछन्।

उसो त नेपालमा ९ राष्ट्रिय निकुन्जहरु, ३ वटा बन्य जन्तु संरक्षण क्षेत्र, ६ वटा प्राक्रिती संरक्षण क्षेत्रहरु, १ शिकार आरक्षण क्षेत्र र ११ संरक्षित क्षेत्र (buffer zone) रहेको छ जसले नेपालको कूल क्षेत्रको १९.७ प्रतिशत भूभाग ओगटेको छ।

नेपाल पर्बतारोहण, ट्रेकिङ, बोटिङ्-र्‍याफ्टिङ, कायाकिङ, रक क्लाइङ्बिङ, बन्जी जम्पिङ, जङ्गल सफारी, बर्ड वाचिङ, माउन्टेन फ्लाइट, माउन्टेन बाइकिङ, पाराग्लाइडिङकोलागि पर्यटकीय मुलुक हो।

-Pradeep Thapa Magar & Nagendra Ingnam 'Atharaili' in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:

 


पर्यटन सम्बन्धी सरकारी अधिकारीक वेब्साइटहरु

Official website of Nepal Tourism Year 2011
www.nepaltouryear2011.com

Official website of Ministry of Tourism and Civil Aviation
www.tourism.gov.np

पर्यटन सम्बन्धित नेपाली संघ संस्थाहरु

Airlines Operators Association of Nepal
AnamNagar, Kathmandu, P.O. Box: 20980, Tel : 4240940

Association of Helicopter Operators Nepal
Babar Mahal, Kathmandu, P.O. Box: 10760, Tel: 4226223, Fax: 4226941

Pacific Asia Travel Association (PATA) Nepal Chapter
NAC Building, P.O. Box: 1041, Tel: 4224266, 256163, Fax: 4256162
Web: http://www.patanepal.org/

Thamel Tourism Development Board
Kathmandu, Post Box 7655, Tel: 4250513, Fax: 4262775

Cargo Agents Association of Nepal
Tel : 977-1-4410403, Fax : 977-1-4419858

Himalayan Rescue Associaiton
Gairidhara, Kathmandu, Tel: 262746

Restaurant and Bar Association of Nepal (Reban)
Post Box: 6908, Tel : 4416078, Dhobidhara, Kathmandu

Tourist Guide Association of Nepal
Kamaladi, Kathmandu, Tel: 4225102, Fax: 4423939

Board of Airline Representatives in Nepal (BARN)
Durbar Marg, Kathmandu, Nepal, P.O. Box: 4162, Tel. 4223162, 4223502

Federation of Nepalese Chambers of Commerce and Industry (FNCCI)
Kathmandu, Nepal, P.O. Box: 269, Tel: 4262007, 4262061, Fax: 4261022

Freight Forwarders Association of Nepal (FFAN)
Kathmandu, Nepal, Tel: 4257712

Handicraft Association of Nepal
Kathmandu, Nepal, P.O. Box: 784, Te: 4244231, Fax: 4222940

Nepal Association of Tour Operators (NATO)
Kathmandu, Nepal, Tel: 4227487

Nepal Entrepreneurs Association of Tourism (NEAT)
Kathmandu, Nepal, P.O. Box: 11034, Tel: 4416326 / 4411110, Fax: 4415284

Nepal Incentive and Convention Association (NICA)
Kathmandu, Nepal, P.O.Box: 4258, Tel: 4494411, Fax: 4473696

Non-Star Hotel Association of Nepal Chapter
Thamel, Kathmandu, Nepal, P.O. Box: 4720, Tel: 4224266, 4256163, Fax: 4256162

Everest Submitters Association
Sinamangal, Kathmandu, Nepal, Tel: 44263115



Photos: eEyeCam.com





Photos: eEyeCam.com







Sapana KC. Photos: eEyeCam.com





Actress Gauri Malla. Photos: eEyeCam.com







Janesh Gurung and Sarada Chhetri. Photos: eEyeCam.com




World Tour Nepali Cyclist and Nepal Tourism Goodwill Ambassador Furtemba Sherpa and Mridula Koirala. Photo courtesy: Mridula Koirala facebook profile.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.