NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कको नेपाली संस्था 'अधिकार' लाई फेसबुकको अनलाइन भोटिङबाट पुरस्कार जिताउन छुट्नु होला है? PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Thapa Magar   
Thursday, 17 November 2011 16:35

Exclusive: न्यू योर्क- न्यू योर्कका नेपालीहरु, त्यसउपर नेपाली दिदिबहिनीहरुको सुक्ख दुक्खको सारथी 'अधिकार' संस्थालाई फेसबुकको अनलाइनबाट 'चेज कम्युनिटी गिभिङ अवार्ड' (Chase Community Giving Award) जिताउने बेला आएको छ। नोबेम्बर २२ तारिख अनलाइन मत हाल्ने अन्तिम दिन भिट्किन अब ५ दिन बाँकी छ।


 

अमेरिकि बैंकहरुमा 'बैक अफ अमेरिका' (Bank of America) पछि दोश्रो ठुलो बैंक 'चेज बैंक' (Chase Bank) ले उक्त कम्युनिटी च्यालेन्ज पहिलो राउन्ड अन्तरगत १०० उत्कृष्ट अनलाइन मत पाउने संस्थाहरुलाई २५ हजार अमेरिकि डलर प्रदान गर्ने घोषणा गरेको छ।

दोस्रो राउन्डको उत्क्रित्ट संस्थाले ५ लाख डलर र बाँकी ९९ संस्थाहरुले २० हजार डलरदेखि ४ लाख डलर प्राप्त गर्ने छन्। चेज बैंकले उक्त पुरस्कारकालागि ३० लाख अमेरिकि डलर प्रदान गर्ने जनाएको छ।



यो पुरस्कारको प्रतिस्पर्धामा साना स्थानीय मुनाफारहित 501(c)3 अमेरिकि संस्थाहरु जस्को बजेट १ मिलियन देखी १० मिलियन डलर रहेको छ, ले भाग लिन पाउने ब्यबस्था छ।

हालसम्मको (4 pm EST) बढी मत पाउने १०० संस्थाहरुमा सबैभन्दा धेरै मत ६ हजार ४६० मत पाउने क्यालिफोर्नियाको VILLALOBOS RESCUE CENTER देखिएको छ भने १०० औं नम्बरमा क्यालिफोर्नियाकै WE LOVE LONG BEACH ले ५९९ मत पाएको छ।

१०० धेरै मत पाउने संस्थाहरुको लिस्टमा 'अधिकार' पर्न सकेको छैन। उसले अहिले सम्म २२० मत मात्र प्राप्त गर्न सकेको छ। अब मत हालेर अधिकारलाई १०० उत्कृष्ट मत ल्याउने संस्थाहरुमा छिराउन फेसबुक एकाउन्ट भएका तपाईं पाठकहरुको ठुलो हात रहनेछ।

'अधिकार' कि संस्थापक सदस्य तथा हाल कार्यकारी निर्देशक लुना रन्जितले अनलाइन मत हाले मात्र पुग्ने भएकोले फेसबुक एकाउन्ट भएका नेपालीहरुलाई 'अधिकार' लाई मत हाल्न अनुरोध गरेको युएस नेपाल अनलाइनलाई उल्लेख गरिन्।

अधिकारकोलागि मत दिने फेसबुक लिङ्क:

https://apps.facebook.com/chasecommunitygiving/charities/203384725-adhikaar-for-human-rights-and-social-justice?src=vote_share

https://www.facebook.com/ChaseCommunityGiving

'अधिकार' बारे

५ बर्ष अघी शिर्फ ५०० डलर अनुदानबाट शुरु गरिएको अधिकारको वार्षिक बजेट झन्डै १९ करोड नेपाली रुपैयाँ बराबर पुगेको छ।

अधिकारले बर्षभर नै निशुल्क स्वास्थ्य जाँच, कानुनी परामर्स, दोभासे सेवा, अंग्रेजी कक्षा, कामको खोजी आदी सेवा पुर्याउँदै आएको छ। यि सरसुबिधाहरुबाट झन्डै २ हजार अमेरिकि नेपालीहरु लाभान्बित भएका छन्।

यही उल्लेखनिय कामको कदर स्वरुप अधिकारले सन् २००८ मै न्यू योर्क शहरको प्रतिष्ठित पुरस्कार Union Square Award प्राप्त गरेको थियो। उक्त पुरस्कारको नगद राशी ५० हजार अमेरिकी डलर रहेको छ। Read news about this>

यसबाहेक अधिकारले सन् २००७ मा New York Women's Foundation को Neibourhood Leadership Award र रिज्वूड नेपालीज सोसाइटीको The Community Leadership Award प्राप्त गरेको थियो भने Chhaya CDC को Decade of Progress Award बाट पनि सम्मानित भएको छ।

अधिकार' को स्थापना सन् २००५ मा लुना रन्जित, तफाज्वा पासिपानोद्या, रश्मी श्रेष्ठ र श्रीजना श्रेष्ठले गरेका थिए । अधिकारको हालको बोर्डअफ डाइरेक्टर्समा एमी पल, टिना श्रेष्ठ, डा. सुजान हान्सेन, सुक्ती धिताल, ममता गुरुङ छन् भने कार्यकारी निर्देशक लुना रन्जित हुन्।

अधिकारकि सिनियर कम्युनिटी अर्गनाइजर नर्बदा छेत्री हुन् भने अर्गनाइजिङ फेलोमा नम्रता प्रधान कार्यरतछिन्।

 

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Read more about Adhikaar:

-न्यू योर्कमा अधिकारको नाट्य प्रस्तुती "यात्रा समुद्र सम्म" को सफल मन्चन

-न्यू योर्कमा घरेलु कामदारहरुको कारुणिक अवस्थाबारे गोस्ठी सम्पन्न

-न्यू योर्कमा नेपाली महिलाहरुले १०० औं अन्तरराश्ट्रिय नारी दिवस धुमधामसंग मनाए

-न्यू योर्कमा 'अधिकार' द्वारा सार्वजनिक दशैं उत्सब कार्यक्रम सम्पन्न

-न्यू योर्क राज्यका गभर्नरद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयकमा हस्ताक्षर

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

-न्यू योर्क राज्य सिनेटद्वारा घरेलु कामदारहरुको अधिकार सम्बन्धी बिधेयक पारित

-न्यू योर्कमा अधिकारको ५ औं वार्षिकोत्सबमा न्यायको आवाजको उल्लास छायो

-न्यू योर्कमा नेपालीहरु अमेरिकि जनगणना २०१० (U.S. Census 2010) का लागि ताते

-अमेरिकि जनगणनामा नेपालीहरुको सहभागीताबारे गम्भिर छलफल

-न्यू योर्कमा "अधिकार" द्वारा गुरु पूजा र भजन सम्पन्न

-हजारौं अमेरिकिहरु "अर्को" समतामूलक अमेरिकाको खोजिमा यसरी भेला भए

न्यू योर्कमा 99 औं अन्तरराष्ट्रिय नारी दिवसको अबसरमा नेपाली महिलाहरुको गोस्ठी सम्पन्न

99th Int'l Women's Day photos-I 99th Int'l Women's Day photos-II

-न्यू योर्क शहरद्वारा घरेलु कमदारहरुको सम्मान तर कानुन खोइ?

 

-U.S. Domestic Workers Are Paid Lowest Wages and work without Legal Protection

-न्यू योर्कको सामाजिक न्याय पुरस्कार "अधिकार" ले पाउँदाको त्यो क्षण

-न्यूयोर्कका नेपाली महिलाहरुको आवाज 'अधिकार'

 

Read our exclusive reporting on:

संघीयता | राजतन्त्र? | महिला | NRN | दलित | न्यू योर्क नेपाली+USA | प्रबास | आदिवासी | साहित्य

Not enough of reading us? Visit our multi-media channels:

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?