NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

आस्थाको सगरमाथा एकाएक ढले पछि ! PDF Print E-mail
Share
User Rating: / 12
PoorBest 
Written by Pradeep Thapa Magar   
Friday, 17 July 2009 03:59
न्यू योर्क- साउने संक्रान्तीको दिन सबैको घर घरमा खुशीयालीले छाएको बेला हाम्रो घरमा भने असह्य  पिडा र बिछोडको आँधी बेहरीले हाम्रो खुशी लुटेर लाग्यो। हाम्रा परिवारका सबै सदस्यहरु यतिखेर शोकको आहालमा डुबिरहेका छन्। मैले आफ्नो आस्था र सम्मानको धरोहरलाई सदा सदाका लागि गुमाउन पुगेंको छु।

हो, मेरो ठुलो दाजु भक्तबिर थापा हिजो साउने संक्रान्ती पर्बको बिहान करिब सवा दश बजेतिर हृदयघातका कारण आफ्नै निवास ललितपुरको लगनखेल महालक्ष्मीस्थान स्थित घरमा बित्नु भयो।

हिजो दिउँसो दाजु कि वासिङ्गटन डिसीमा बसोबास गर्ने छोरी पवित्राले रुँदै फोनबाट त्यो दु:खद खबर सुनाइन्। त्यतीखेर म नेपालबाट भर्खरै आएका विश्व साइकल यात्री फुर्टेम्बा शेर्पासँग अन्तर्वाता लिन न्यू योर्क शहरको टाइम्स स्क्वारमा पुगेको थिएं।

जीवनको उज्यालो पक्ष

फेर्टेम्बालाई टाढाबाट आउँदै गरेको देखें, हात हल्लाएं, एउटा फोटो क्लिक के गरेको थिएं ठीक त्यसैबेला पवित्राको फोन आयो। उनीसँग 'हेलो' भन्दा नभन्दै फुर्टेम्बा म नजिकै आइ पुगिसकेका थिए। उता पवित्राले दाजुको देहान्त भएको अकल्पनिय खबर सुनाइन्। म किंकर्तब्यबिमुढ बन्दै उनको रुन्चे स्वर सुनी रहें। यता फुर्टम्बाले मलाई पर्खि रहे।

विश्व शान्तीको कामना र सन्देश लिएर ४६ देश घुमी सकेर ४७ औं देश अमेरिका आइ पुगेका फुर्टेम्बालाई युएस नेपाल अनलाइनका फोटोग्राफर आङ कामी शेर्पासँग तारताम्य मिलाएर पूर्वनिर्धारित कार्यक्रमअनुसार दिउसो तीन बजे टाइम्स स्क्वारमा अनलाइनको लागि बिशेष फोटो सुट गर्न बोलाइएको थियो। देशको प्रतिस्ठा र शान्तीको सन्देश फैलाउन सफल नेपाली प्रतिभा फुर्टेम्बाको लागि मैले आफ्नो अत्यन्त सम्मानित अभिभाबक दाजुको अबसानले मनमा लागेको गहिरो चोट र दहनलाई भित्रभित्रै च्यापी अन्तर्वाता र फोटो सेसनतिर लागें। फुर्टेम्बाको अत्यन्त प्रेरणादायी जीवन कहानी सुनेपछि मन हलुङ्हो भयो- अहो ! जीवनको उज्यालो पक्ष पनि त छ।

बेलुकी घर पुगेपछि मैले नेपाल फोन गरें। ठुल्दाइको घरमा साइला बुवाले फोन उठाउनु भयो र घटनाको बेलीबिस्तार लगाउनु भयो। उता ठुली भाउजुसँग पनि मैले बोल्ने मौका पाएँ। उनको रुन्चे स्वर सुनेर फेरी मन मर्मान्त भयो तर अब चिन्ता त ठुल्दाइको झैं उही रोगबाट ग्रसित ठुलि भाउजुको गर्नु पर्ने जरुरी थियो, त्यसैले मैले 'अब दाजु मरेर गएपनि आफ्नो स्वास्थ्यको ख्याल राम्रो राख्नु, छोरी यता राम्रो हालतमाछिन्', इत्यादी भनेर भोली फेरी कुरा गर्ने बाचा गर्दै फोन राखें।
 
This was my last moment with my late brother Bhaktabir Thapa (center) in 2006. In front of him is thuli bhauju Hastakala Thapa. Right to him is sculptor Bhuwan Thapa, our grand uncle, my brother Khadgabir Thapa (far right) and (in the far left) Bhuwan's sister-in-law Gangakumari Thapa and her daughter Sita. I was leaving for India to go to USA. Photo: Rabin Koirala for eEyeCam

मनको गह्रौं भारी बिसाउने प्रयास

मनको बह कसैलाई नकह भन्ने नेपाली उखान छ तर मैले मन उकुस मुकुस भएपछि नर्बदा दिदीलाई फोन गरी मनको त्यो गुम्सिएको पिडाको पोको फुकाएं, ठुलो भारी बिसाए जस्तो भो। उता बहिनी प्रियाङ्काले ईमेलबाट सान्त्वना पठाइन्। यता मार्गरेटले पनि आफ्नो जीवनमा घटेका दु:खद घटनाहरुको उदाहरण दिदै मेरो बैरागिएको मनलाई मत्थर पार्ने प्रयास गरिन्।

मैले दाजुका बाल्यकालका फोटोहरु र पछील्लो पटक सन् २००६ मा नेपाल जाँदा मैले दाजुसँग बिताएका ति क्ष्यणहरुको याद गर्दै डिजिटल फोटोहरु हेर्दै बिगतका ति उज्याला दिनहरुको स्मरण गर्न थालें। अहा ! कस्ता खुशीका दिनहरु थिएं ति।

यसरी भयो ठुल्दाइको दु:खद मृत्‍यु

ठुल्दाइको ६१ बर्षको उमेरमा हृदयघातबाट मृत्‍यु भएको भन्ने अनुमान परिवारले गरेको छ। उनी लामो समयदेखी डाइबेटिक र हाइ ब्लड प्रेसरका रोगी थिए। संक्रान्तीका दिन बिहान कान्छा काकाको घर लगनखेलमा परिवारका सदस्यहरु र चेलीबेटीहरु भेला हुने निम्तोअनुसार ठुल्दाइले भाउजुलाई एका बिहानै त्यहा छोड्न गएछन्। पछि अर्को कुनै कामको लागि बाहिर जानु पर्ने भएकोले आफ्नो घरमा गएर त्यो काममा निस्कने भनी उनी एक्लै मोटर बाइकमा निस्केछन्। उता ठुल्दाइ घर पुग्दा कान्छो छोरो शिवा बाहिर निस्कनै लागेकारहेछन्। आफ्नो बुवालाई आएको देखेपछि शिवा
चाँही आफ्नो कामतिर जान घरबाट निस्के।

साइला बुवा क्याप्टेन भद्रे थापाले दिएको जानकारीअनुसार शिवा निस्के पछि नै घरमा एक्लै भएको बेला हार्ट अट्याक भएको हुनु पर्छ। त्यो समय बिहानको सवा दश बजेको थियो। अर्को, काममा जान उनी त्यहाँबाट तुरुन्त निस्कने योजना थियो। तर यही दु:खद घटनाकाकारण ठुल्दाइ दिउसोको दुई बजेसम्म पनि कान्छा बुवा कहाँ डाकिएको भोज खान नआएपछि भाउजु लगायत परिवारका अन्य सदस्यहरुले ठुल्दाइले जहाँ जान्छु भनेर हिंडेका थिए, त्यहाँ फोन संपर्क गरे। तर त्यताबाट ठुल्दाइ त्यता नआएको खबर पाएपछि घर मै कुनै कामले अल्मलिएको हो कि भनी ठुलि भाउजु एक्लै घरतिर लागिछन्। नभन्दै भाउजु घरमा पुग्दा भुइँ तल्लाको किचनसँगै कोठामा पो ठुल्दाइ डङ्लङग लडेका। भाउजुले जब दाईलाई बोलाउने प्रयास गरिन् त्यो बेला ठुल्दाइको प्राण उनको देहबाट सदाकोलागि उडी सकेको थियो।
 
This is the house in Lagankhel, Mahalaxmisthan where he died on wednesday morning. Photo: eEyeCam

यसरी ठुल्दाइको अन्तिम क्ष्यण एक्लै असह्य पिडामा छट्पटिदै छट्पटिदै कसरी बित्यो होला अहिले म कल्पना मात्र गर्न पनि असमर्थ छु। हार्ट अट्याक नै भएको भएपनि तुरुन्त अस्पताल लग्न पाएका भए उनलाई बचाउन सकिन्थ्यो कि? पानीसम्म खुवाउन पाएको भएपनि उनको आत्माले कति शान्तीसँग अन्त हुनु पाउँथ्यो ? यस्तै यस्तै बिचारहरुले मेरो मन अहिले उद्ध्वेलित भएको छ। मैले ठ्याक्कै आफुलाई उनको ठाउँमा राखेर दाँजिरहेको छु। आखिर प्राण रुपी जीवन कति नाजुक र अभरको रहेछ नि ?

ठुल्दाइको जीवन गाथा
 
My mother Tili Thapa and my two brothers: Bhaktabir Thapa (left) and Jhakbir Thapa in Singapore. Photo courtesy: family archive
 
मेरो ठुल्दाइ अर्थात सिङ्गापुर पुलिस फोर्सका पूर्व इन्स्पेक्टर भक्तबिर थापा। ठुल्दाइ पनि बुवा कै पदचाप पैलाउँदै बुवा स्व. जितबहादुर थापा सिङ्गापुर पुलिस फोर्सबाट इन्स्पेक्टर पद मै सन् १९५९ मा अबकासलिएर नेपाल फेर्केको केही बर्षपछि नै उही पुलिस फोर्समा भर्ती भएका थिए। ठुल्दाइको प्रारम्भिक लेखाइ पढाई सिङ्गापुर मै भएको हो।
 
सिंगापुरमा हाम्रा दुई आमाहरु र बुवा सन् १९५२ तिर Our father late Inspector (GCSPF) Jitbahadur Thapa with ours two mothers: late Jamani Thapa (left and Tili Thapa. Photo courtesy: family archive
 
बुवाले एउटै आमाकि सहोदर दुई छोरीहरु मध्ये साइली जो ठुल्दाइ कि आमा हुन् र कान्छी जो मेरी आमा हुन्, लाई बिहे गरेका थिए। ठुलि आमा पट्टीका दुई भाई र तीन दिदीबहिनीहरु मध्ये ठुल्दाइ एउटी ठुलि दिदी बाहेक सबैभन्दा जेठा हुनुहुन्थ्यो। यता मेरी आमा पट्टी म जेठो र म मुनी एक भाई छन्। बुवा म कक्षा ९ मै अध्ययन गर्दैगर्दा बित्नु भएको हो। ठुलि आमा पनि स्वर्गबासी भई सक्नु भयो। अब सानी आमा (मलाई जन्म दिने) मात्र जिबित हुनुहुन्छ, जो अहिले ७६ बर्ष कि हुनुहुन्छ।

कस्तो संयोग ! ठुलि आमा असक्त भएको कारण सानी आमाले सिंगापुरमा यि दाजुलाई हुर्काउनु भएको थियो भने मलाई ठुलि भाउजुले आफ्नो छोरासंगै मात्रीबात्सल्य दिएर दुधको भारा लगाउनु भएको छ। वास्तवमा, मैले ठुलि भाउजुलाई आमा कै स्थानमा राखेको छु।

मेरी तीन दिदीहरु अहिले बेलायतमा बसोबास गर्न थाल्नु भएको छ। ठुल्दाइ मुनीका माइला दाई ब्रिटिश आर्मीको सेवाबाट अबकासपछि अहिले अफ्गानिस्तानमा कार्यरत हुनुहुन्छ। म मुनीको कान्छो भाई चाँही अहिले गाउँमा आधुनिक कृषि उत्पादन र माइक्रो फाइनान्स प्रोजेक्ट चलाऊँछन्।

उता ठुल्दाइका दुई छोराहरु मध्ये जेठो छोरो ब्रिटिश गोर्खा आर्मीमा बेलायतमा कार्यरत छन्, उनी आइतबार नेपाल पुग्दैछन् भने कान्छो छोरो काठमाडौंमा कोरियन खेतीको उद्धमी छन्।

ठुल्दाइको अन्त्यस्टी जेठो छोरो मदन बेलायतबाट आइतबार नेपाल फर्केपछि सोमबार गर्ने तय भएको छ।

बाँकी जीवन समाजका लागि

ठुल्दाइ मेरा दाजु मात्र थिएनन् उनी समाज सेवामा लाग्ने प्रेरणाका श्रोत पनि थिए। उनी सिङ्गापुर पुलिस फोर्सबाट अबकास आएका गोर्खालीहरुको लागि संगठित गर्ने अगुवा मध्येका एक थिए। नेवार समुदायको नौलो बस्ती ललितपुरमा बसोबास गर्न पुगेका पश्चिम नेपालका गोर्खाली मगर समुदायको उत्थानका लागि स्थापित संस्थाका उनी लामो समयसम्म अध्यक्ष रहेर दिनरात खटेका थिए।
 
Late Inspector (GCSPF) Bhaktabir Thapa in front of Bhaudha Stupa, Baudha, Kathmandu. Photo: eEyeCam 

अरुको निम्ती आफ्नो काम मात्र छोड्ने होइन खान पनि समयमा नखाइ दौडिने ठुल्दाइलाई पछिल्लो समयमा उनको रोगको कारण समाज सेवाको काम कम गर्न र आफ्नो स्वास्थ्यमा ध्यान दिन परिवारका हामी सबैले निक्कै दबाब दिएका थियौं। अरुको त अरु, उनको त्यो जिद्धी मैले तब इन्कार्न सकिन जब सन् २००६ मा मैले काठमाडौं, भक्तपुर र ललितपुरका धार्मिक र एतिहासिक स्थलहरुको डिजिटल म्यापिङ गर्न चाहें ठुल्दाइले मलाई ट्याक्सीमा जान दिदै दिएनन्। बल्की दिन दिन भर आफ्नो मोटर साइकलमा काठमाडौं खाल्डोका साँगुरा गल्लीहरु भित्र मलाई लगी छाडे।
 
 
My 7 books were being unvieled by WWII War veteran VC Tulbahadur Pun Magar in 2000. Bhaktabair Thapa (center). Photo: family archive 
 
सन् २००० देखी ठुल्दाइ मेरो ७ पुस्तकहरुको एक्कै चोटि प्रकासन र बितरण गर्नमा जिल्ला मेमोरियल फाउन्डेसनको अध्यक्षको हैसियतले निरन्तर लागिरहनु भो। मेरो अमेरिकामा बरालिँदै गर्दाका ४ / ५ बर्षको समयमा उहाँले ति पुस्तकहरुको पुन: प्रकाशन र बितरणमा अहम भूमिका निभाउनु भयो। उहाँले मेरो लेखाइ र अनुसन्धानप्रति देखाएको अगाध विश्वाश र स्नेहलाई मैले मेरो जीवनमा कहिल्यै नबिर्सने कडिको रुपमा लिएको छु।
 
We 3 brothers in 2006 in Kathmandu: Late Bhaktabir Thapa, Pradeep Thapa and Khadgabir Thapa. Photo: Rabin Koirala for eEyeCam
 
उहाँको त्यो माया म शिर्फ भाई भएको नाताले थिएन- उहाँका लागि म जस्ता थुप्रै भाईहरु छन्- जो निस्ठापूर्ण कर्म र समाजप्रतिको कर्तब्यबोध गर्ने युबाहरु हुन्। उहाँले जहिले पनि यि युबाहरुले भनेका कुराहरु बडो ध्यान दिएर सुन्नु हुन्थ्यो। आज ति युबाहरुले ठुल्दाइलाई मैलेभन्दा कुनै मानेमा कम 'मिस' गरेकाछैनन्। ठुल्दाइ सधैं सधैं हाम्रो दिलमा अमर बाँच्ने छन्।
 
My brother will be forever in my heart. Photo: our tripod

मैले मेरो दिलमा आज ठुल्दाइको भौतिक शरीर मरेर गएपनि उनको समाजप्रतिको त्याग, समर्पण र ठुल्दाइले मलाई दिएको निस्वार्थ र अथाहा स्नेहको लागि मेरो मानसपटमा कहिल्यै नबिर्सने र नमेटिने गरी सजाएको छु।
 
-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
 
Late Bhaktabir Thapa lighting diyas in Swayambhu, Kathmandu in 2006. Photo: eEyeCam
 
 
Late Bhaktabir Thapa in front of the main entrance of Dharahara, Kathmandu in 2006. Photo: eEyeCam
 
Late Dr. Harka Gurung, late Bhaktabir Thapa, VC Tulbahadur Pun and other guests during my book release program in Kathmandu in 2000.
 
The guests, family members and friends after my book release program.
 
My Gurkhali / Lahure family tree. Our 22 extended family members had served/ have been serving in British Army, Indian Army, Singapore Police Force and Nepal Army. Courtesy: Birharuka Pani Bir Mahabir (Bravest of the Brave) by Pradeep Thapa
आयो गोर्खाली! Ayo Gorkhali!-One evening with VC Tulbahadur Pun Magar in Pokhara, Nepal
 
Read our feature stories:

-जजमानको छोरो विश्व कै उत्कृष्ट विश्वबिद्यालयको हिरो

न्यू योर्कमा नेपाल र न्यू योर्कका नेपाली महिला हस्तीहरुको जम्काभेट

-Adhikaar: Nepalese Women's Voice in New York (25 photos)

-सपनाले देखेका सपनाहरु अब बिपना बन्दैछन्‌  (24 Photos)

-"साँईली छ महिना छुट्टी बित्यो लाउँदैमा काउकुती"  

Comments

avatar Santosh
0
 
 
My heartfelt condolence Pradeep sir. May the depart sol rest in the heaven. Also thank you for showing a brother & Brother love in effective manner.

Santosh
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Man Ranamagar
0
 
 
प्रदीप दाई,
येस्तो पीडादायी बिछोड साथै ्पारिवारिक शोक को अबस्थामा म तपाईलाई कसरी सान्तना दिउ | वहाको आत्माले शान्ति पावोश येही कामना वहाले देखाउनु भएको उज्ज्यलो बाटो र सामाजिक कार्यको लागी उत्प्रेरणा सदाको लागी अमर रहने छ | येस्तो परिस्थितिमा धैर्य भएर वहाले देखाउनु भएको उज्ज्यालो बाटो प्रस्तुत गरीदिनु भएको मा धन्यवाद सहित शोक लाइ शान्ति र वहाको मार्गचित्रलाई आत्मशाथ गर्दै पुन वहाको आत्माको लागी चिरशान्तिको कामना गरौ |
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Langhali Association USA, Inc
0
 
 

We were very sorry to hear about the sad and sudden demise of your beloved elder brother Mr. Bhaktabir Thapa Magar Jiu. At this hour of grief, we express our heartfelt condolences and pray with the Almighty to give courage and strength to the bereaved family to bear this irreparable loss.

May the departed soul rest in peace.


( लांघाली परिवार यूएस्ए )
Langhali Association USA, Inc
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
प्रदीप जि
प्रक्रिती नियम लाई बादल्न सकिन्न सदियौ देखी चली आएको छ।
गर्न के सक्छौ ? दिन के सक्छौ ? सिवाय श्र्धांजली .
छोडेर जानेको आत्मालाई चिर शान्ती मिलोस ।
बाँकी परिवारलाई धर्य गर्न सक्ने शक्ती मिलोस ।
यही मेरो कामना ।
मणी बाङ्देल 'सागर '
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
प्रदीपजी । एक असल समाजसेवी र मगरजनको भलोका लागि हुरुक्कै हुने भक्तवीर थापामगरको निधनबाट असाध्यै दुख लागेको छ । केही वर्ष अघि उहाँको घर र हातबाट हामीले तपाईले लेख्नुभएका सबै पुस्तकको सेट पाएका थियौँ । वास्तवमा मगर समाज सेवा केन्द्रमा रहेर उहाँले ठूलो योगदान पुर्याउनुभएको मलाई जानकारीमा छ । केन्द्रको घर निर्माणका लागि उहाँले दिनुभएको नेतृत्व अनुपम थियो ।
उहाँको आत्माप्रति शान्तिको कामना । शोक सन्तप्त परिवारजनप्रति समवेदना । वास्तवमै उहाँको निधनले मगर समाजले एक कर्मयोगी गुमाएको मैले महसुस गरेको छु ।
नरेश खपाङ्गीमगर
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Pradeep Thapa
0
 
 
Dear friends,

I would like to express my deepest gratitude to all of you for your kind words to me and to our family members in this saddest moment of our lives. I never felt an email from a friend can be so powerful, healing and comforting. 'A Friend in need is a friend in deed' or 'a sure friend is known when in difficulty'- that's what you all showed to me by showering your love, affection and camaraderie.

I am revealing this because I usually receive dozens of (Not spam) emails every day which I require to take peer review before I discard them due to my responsibility as an editor and there are always emails from my beloved friends like you. But I used to just read them and write them when I need them. Many friends annoyed seeing my "Auto reply"-when I lost my human touch. I always gave first and perhaps last too, priority for the news oriented emails from around the world from our contributors and journalists. That was too selfish I realized now. Because I experience a healing power of words from a friend. My life's perspective has changed for forever from my beloved brother's sudden demise and my friends' subsequent condolences. My brother may be so happy by knowing that so many of my friends are with our family. May God bless him with her all kindness.

Thank you my dear friend.

Warm regards, love,
Pradeep
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Rajendra Shrestha
0
 
 
Pradeep ji,
At this difficult time of grief, I express my heartfelt condolences and I pray with the god to give courage & strength to the bereaved family to bear this irreparable loss.

Rajendra ShresthaNYNJ

Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?