NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई" PDF Print E-mail
Share
User Rating: / 10
PoorBest 
Written by Pradeep Thapa Magar   
Sunday, 28 June 2009 09:58
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, सम्झेर भेट्न बोलाएँ तिमीलाई...
न्यू योर्क- बिशेष टिप्पणी: यि माथिका चर्चित गीतकि गायिका अन्जु पन्तको दिलमा को सजिएको रहेछ त? जब पञ्चायतकालिन बहुचर्चित जनबादी गीत 'आमा दिदी बहिनी हो कति बस्छौ दासी भै सुखको प्यासी बनेर' का बरिस्ठ गायक तथा एमाले राष्ट्रिय जन साँस्कृतिक संघका केन्द्रिय अध्यक्ष जेबी टुहुरेले एमाले त्यागेर माओवादी प्रबेश गरे त्यो बुझ्न सकिने कुरो थियो तर नयाँ युग कि युबा ढुकढुकी गायिका अन्जु पन्त र उनी जस्ता दर्जनौ कलाकारहरु माओवादीमा प्रबेश गर्नु चाँही बुझिनसक्नुको गुत्थी भएको छ।
यसरी माओवादीमा प्रबेश गर्नेहरुमा चर्चित निर्माता, निर्देशक एबं कलाकार युबराज लामा मात्र होइन द्वन्द निर्देशक राजेन्द्र खड्गी, नायिका मौसमी मल्ल लगायत दर्जनौं संगित, चलचित्र र कलासँग सम्बन्धित ब्यक्तिहरु छन्।
Singer Anju Panta. Photos courtesy: (1) Shambhujeet Baskota & (2) myrepublica.com
सपनाको खेती
एक जमाना यस्तो थियो "तेरा घराँ काँग्रेस पसोस्" भन्ने उक्ती नै बन्दा पनि कांग्रेस प्रबेश गर्नु आफुलाई प्रजातन्त्रको पक्षमा उभ्याउनु मात्र होइन खाँटी प्रजातन्त्रवादी कहलाउनु पनि हुन्थ्यो। त्यो जमाना थियो- बिपी कोइरालाको, लौह पुरुष गणेशमान सिंहको।
म सानै थिएँ जतिखेर बिपी स्वर्गबास हुनु भयो। तर लौह पुरुष गणेशमान सिंहसँगको भेट अबिस्मरणीय रहेको छ।
आफ्नै देशमा गुमनाम वीर गोर्खालीहरुको गौरब गाथाको संरक्षण गर्न स्थापित गोर्खा स्मारक संग्रहालयको एक कार्यक्रममा तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारी र उपप्रधानमन्त्री तथा रक्षामन्त्री माधवकुमार नेपाल हतारमा औपचारिकताका भाषाण छाँटेर हिंडे पनि आफ्नो असक्तताका बाबजूद लौह पुरुष गणेशमान सिंह चाँही कार्यक्रमको अन्त्यसम्म हाम्रो साथ बस्दै भन्नु भएको एउटा कुरा मलाई सधैं याद आउँछ- "वीर गोर्खालीहरुको बिषयमा मैले बखान गर्नु ईन्द्रको अगाडि स्वर्गको बयान गर्नु जस्तो हो। उनिहरुको बफादारी र इमान्दारीको बारेमा बखान गर्ने मसँग कुनै शब्द नै छैन। "(मेरो पुस्तक 'वीरहरुका पनि वीर महावीर'बाट)
उहाँ नै हुनुहुन्थ्यो गोर्खालीकोबारे ब्रिटिशहरुलाई स्पस्ट रुपमा झक्झकाउने पहिलो र सम्भबत: अन्तिम नेपाली राज नेता।
आज गोर्खालीहरुले बेलायतमा ब्रिटिश सेना सरह समान हक, तलब र पेन्सन पाउने भएका छन्, लौह पुरुष सिंहले यो उपलब्धी देख्न सक्नु भएको भए कति खुशी हुनुहुन्थ्यो होला?
काँग्रेस पछि एक समय एमालेको दबदबाको युग आयो। धेरैले आफुलाई एमाले बनाउन पाए ठुलो राष्ट्रबादिता र जनवादी कहलाउन पाउने ठाने। प्रखर बक्ता तथा बहुदलिय जनवादको प्रबर्तक मदन भण्डारी नेपाली मन र माटोका मौलिक श्रीजना थिए। त्यसैले सबलाई एमाले बन्नु थियो।
अरुको कुरो छोड्नुस्, यो पङ्क्तिकारले काठमाडौं उपत्यकाब्यापी क्याम्पस आँसु भाषण प्रतियोगितामा प्रथम भएपछि मदन भण्डारीको हातबाट पुरस्कार थाप्दा यस्तो लागेको थियो मानौं मदनको पद चापमा हिंड्नु भनेको बहुदलियता र जनबादको पक्षमा साँचो अर्थमा उभिनु हो। अर्थात जहाँ समानता नाउँको जनबाद पनि होस् अनि बहुदलियता पनि। अहा कस्तो राम्रो ! तर मदनको बहुचर्चित दुर्घटनामा मृत्‍यु भएकोको १५ बर्ष बित्दा नबित्दै, सन् १९९० मा बहुदलको पुनरागमन अघी  खुट्टामा चप्पल नहुने एमाले नेताहरुको अहिले काठमाडौंमा कति को त तीन तीन तले दुई चार वटा घर खडा भएका छन् भने जनता झन झन गरीब हुँदैछन्। (पढ्नुहोस् मेरो रिपोर्ट: The Fate of the World’s 49 Poorest Countries)
बिपीदेखी मदन भण्डारीसम्मका तिलस्मी नेताहरुका कारण नै हो प्रतिभाशाली मान्छेहरु एक पछि अर्को नेताहरुले श्रीजना गरेको "सुनौलो नेपाल" को सपना साकार बन्ला भन्दै आफुलाई कहिले काँग्रेस, कहिले एमाले प्रबेशको घोषणा गर्न कुनै हिच्किचाहट नमानेको।
यतीखेर, अहिले फेरी अर्को सपना देखाइएको छ- "नयाँ नेपाल" को। र, त्यो "नयाँ नेपाल" को सपनाका सुत्राधार अरु कोही होइन, माओवादी पनि होइन, त्यो हो- कमरेड प्रचन्ड। बिपि, मदनपछि त्यस्तो तिलस्मी, सपना बेच्न सक्ने नेपाली नेता प्रचन्ड नै हो भन्दा कुनै अत्युक्ती नहोला। (पढ्नुहोस् मेरो प्रचन्ड न्यू योर्क आउनुहुँदाको रिपोर्ट: "मोहनी लाग्ला है गाउँलेको भाकाले...)
त्यसो त, १२ बर्षको माओवादी जनयुद्धमा हजारौं हजार नेपाली मरे, लाखौं लाख नेपाली जनताले सास्ती पाए तर नेपाली जनताले माओवादीलाई वाक्क भएर चुनावबाट तिरस्कार गर्नु पर्नेमा उल्टो "नयाँ नेपाल" को सुनौलो सपनाप्रति यती बिशास गरे कि हुँदा हुँदा अब देशका गहना भनिने कलाकारहरु पनि धमाधम प्रचन्डको हातको रातो टिका थाप्न लालायित बने।
मेरो बिचारमा, यो नयाँ 'ट्रेन्ड' त्यती बेलासम्म जारी रहन्छ जबसम्म प्रचन्डको 'क्रेज' र तिलस्मी जादु कायम रहन्छ या जबसम्म अर्को नयाँ तिलस्मी नेता जन्मिदैन जस्ले फेरी नेपाली जनतालाई अर्को "सुनौलो नेपाल" को "सपना" बाँड्न सकोस्।
अमेरिकि सेलेब्रिटीहरु कस्ले कस्लाई समर्थन गरे ?
California Governer and actor, world bodybuilder champion Arnold Schwarzenegger. Photos couetesy: ca.gov, dpics.org. Illustration: eEyeCam
यता अमेरिकामा पनि प्रशिद्ध कलाकारहरुले डेमोक्राट र रिपब्लिकन पार्टी र त्यसका तिलस्मी राष्ट्रपतिहरुलाई समर्थन गर्न कुनै कन्जुस्याइ गरेका छैनन्।
अमेरिकि नयाँ राष्ट्रपति बाराक ओबामा, जस्ले नयाँ सपना "परिवर्तन" (Change) बेच्न सफल भए, लाई चर्चित कार्यक्रम निर्मात्री तथा सन्चालिका ओप्राह विन्फ्रेले गरेको समर्थन र रिपब्लिकन प्रतिद्वन्दी जोन मेक्कैनको कार्यक्रममा ब्रुस लिसँग लड्ने चर्चित कलाकार चक नोरिसको उपस्थितीलाई अमेरिकि मिडियाले खुब बढाईचढाइ गरी प्रचारप्रसार गरेको घटना आलै छ।
Actress and singer Jennifer Lopez. Photo courtesy: thecelebrityhunt.com
उसो त डेमोक्राटस् लाई समर्थन गर्नेहरुमा ब्राड पिट, जोर्ज कोलोनी, रिचार्ड गेर, लियोनार्ड डिकाप्रियो, टोम क्रुज र गत बिहीवार असामयिक निधन भएका माइकल ज्याक्सन मात्र होइन जेनिफर लोपेज, म्याडोना, मेरिल स्त्रिप, निकोल किड्म्यान, क्यामेरुन डियाज, डेमी मूर जस्ता सुन्दरी नायिका, गायिकाहरु पनि छन् भने उता रिपब्लिकनलाई समर्थन गर्नेहरुमा ब्रिटिनी स्पियर्स, डेस्टिनिज चाइल्ड, क्लिन्ट इस्ट उड, जिन ल्काउड भान डाम, मेल गिब्सन, जेसिका सिम्सोन, डेन्जेल वासिङ्टन आदी छन्। क्यालिफोर्निया राज्यका रिपब्लिकन गभर्नर आर्नोल स्वार्जनेगर चर्चित हलिउड सिनेमा 'टर्मिनेटर' का नायक र पूर्व विश्व बडिबिल्डर च्याम्पियन हुन्।
Singer and actress Britney Spears. Photo courtesy: Bebo.com
अब बुझ्नु भो त अन्जु पन्तको कुरो? सपनाको पछि लाग्नु कुनै गल्ती या महापाप होइन। नेपाली मिडियाले कलाकारहरुले राजनीति गरे, कुनै पनि पार्टीलाई समर्थन गर्नु हुँदैन्थ्यो भनेर कोकोहोलो मच्चाइ रहेको कारण यो निजी लेख लेखन मन लाग्यो। युएस नेपाल अनलाइनसँग मेरो बिचार को कुनै तादात्म्य छैन, भलै म यो अनलाइनको सम्पादक चाँही हुँ। सम्पादकको रुपमा मेरो प्रोफेसनलिज्म प्रति भने म मरी काटे कम्प्रोमाइज गर्दिन। त्यो चाँही पक्का।
-Pradeep Thapa Magar. Comments? 917-570-1098. Or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it
Read related news:
जाँदा जाँदै अन्जु पन्तको यो घत लाग्दो, चर्चित गीत सुनी हाल्नोस् है त:
"न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई, बिना अर्थ दिलमा सजाएं तिमीलाई
त्यो यात्रा सुनौलो अनि साथ तिम्रो, सम्झेर भेट्न बोलाएँ तिमीलाई..."
Maiti Ghar - Remix Song - Anju Pant

Comments

avatar Ramchandra
0
 
 
Khoi ta Music Video Ta arkai cha ta song euta cha video arkai chha ke rakheko ho kunni
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Rita gaire
0
 
 
Good point. But politics is dirty game. Artists should not make their hands dirty.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar shiva Rai
0
 
 
Thanks Mr Thapa for the article, who has not read or know about more less politics. In general,you have got a principle and an aedologies indeed. Iam impressed....
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
avatar Nirmal Adhikari
0
 
 
thanks Mr Thapa . very good article @ very good online news .Desh bahira bashera nepal ko barama ramro gareko ma Thanks.
Name *
Email (For verification & Replies)
URL
Code   
ChronoComments by Joomla Professional Solutions
Submit Comment
Cancel
Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?