Inside

All Time Top 50 News

अतिथि देवो भव: दश लाख बिदेशी भित्राउने नेपालको लक्ष पुरा होला ? PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Administrator   
Thursday, 01 September 2016 21:55

Exclusive: 4 photos: न्यू योर्क- नेपाल सरकार र गैर आवासीय नेपाली संघ (एनआरएन) आईसिसी बिच गत मे १७ तारिख नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउने उद्धेश्य सहित बिश्वब्यापी "अतिथि देवो भव:" (पाहुनाहरु भागवान सरह हुन्) अभियान थालनी गरिएको छ । उता नेपाल सरकारले सन् २०१८ लाई 'नेपाल भ्रमण वर्श' (भिजिट नेपाल ईयर) घोशणा गर्दै वार्शिक १० लाख बिदेशी पर्यटक नेपाल भित्रेयाउने लक्ष लिएकोछ । नेपाल सरकारको यो लक्ष पुरा हुन सक्ला ?

Nepal Government declared year 2018 as "Visit Nepal Year". Atithi Dewo Bhawa is coined by NRN ICC in colaboration with Nepal Tourism Board.

लक्षभन्दा कम पर्यटक

यस अघी नेपाल सरकारले घोशणा गरेको 'भिजिट नेपाल '९८' र 'नेपाल पर्यटन वर्श २०११' मा सरकारको लक्षित पर्यटक संख्या क्रमश: आधा मिलियन (५ लाख) र एक मिलियन (१० लाख) पर्यटक भित्रेयाउन सरकार असफल रह्यो । सन्' १९९८ मा ४ लाख ६३ हजार ६८४ र सन् २०११ मा ७ लाख ३६ हजार २१५ पर्यटक नेपाल भित्रीए । सन् २०१५ मा महाभूकम्पको कारण सन् २०१४ मा आएका बिदेशी पर्यटकहरुको संख्याभन्दा ३१.७८ प्रतिसतले गिरावट आएको तथ्यङ्कले देखाउँछ । सन् २०१४ मा ७ लाख ९० हजार ११८ पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा भूकम्पको कारण शिर्फ ५ लाख ३८ हजार ९७० पर्यटक नेपाल आउन सके ।

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग सिमाना जोडिएको छिमेकी मुलुक भारतको राज्य बिहारमा बुद्धले महापरिनिर्माण (बुद्धत्व) प्राप्त गरेको बोध गया लगायतका एतिहासिक स्थल हेर्न वार्शिक ६० लाख पर्यटकहरु आउँछन् । ति पर्यटकहरुलाई लुम्बिनिमा भित्रेयाउने स्ट्रटेजी नेपाल सरकारले नबनाउँदासम्म हवाई मार्गबाट तेश्रो मुलुकबाट सोझै नेपालमा थप ५ लाख पर्यटक नेपाल भित्रेयाउने लक्ष फेरी पनि असफल हुन सक्दछ ।

बिदेशी पर्यटकहरुको नेपाल यात्रा

राणा कालिन नेपाल सरकारले बिदेशी पर्यटकहरुको नेपाल यात्रालाई जानीबुझी रोकतोक लगाएको ईतिहास छ । नेपाली समाजमा बाह्य बिकसित मुलुकका शिक्षित पर्यटकलाई नेपाल घुम्ने अनुमती दिनु भनेको राणाशाही निरंकुश राणा शासकहरुले आफ्नो घुँडामा आफैले बन्चरोले हान्नु सरह थियो । ट्राभल राइटर मार्क होरेलका अनुसार बेलायती नागरिक बिल तिलम्यानलाई तत्कालिन श्री ३ मोहन शमशेर जबाराको शासन कालमा सन् १९४९ मा पहिलो पटक पर्यटकीय भ्रमणको लागि अनुमती दिईएको थियो । त्यस अघी सन् १९४७ मा अमेरिकि एल बिश्व बिद्यालयका पंक्षिविद दिलोन रिप्लेलाई नेपालका चराहरुको अध्ययन गर्न बैज्ञानिककोरुपमा नेपाल प्रवेश दिईएको थियो ।

Bill Tilman, 1st tourist who visited Nepal in 1949. Photo courtesy: Mark Horel

सन् १९५३ को मे २९ मा बिश्वकै सर्बोच्च शिखर सगरमाथा (माउण्ट एभरेस्ट) को पहिलो पटक नेपाली छोरो तेन्जिङ नोर्गे र न्यू जिल्याण्डका एड्मण्ड हिलारीले सफल आरोहण गरेपछि नेपाल एड्भेन्चर टुरिजमको लागि बिदेशी पर्यटकहरुको रोजाईको यात्रा लिस्टमा पर्न थालेको हो ।

पहिलो पटक पर्यटक छिर्न अनुमती दिएको एक दशक भित्रै सन् १९६२ मा बिदेशी पर्यटकहरुको संख्या ६ हजार पुगेको थियो भने ७० र ८० को दशक बिदेशीहरुको लागि नेपाल भूस्वर्ग र स्वर्ण युग नै बन्यो । ठमेलका गल्लीहरु युरोप र अमेरिकाकाका हजारौं हिप्पिहरुको रंगरमिता गर्ने र गाँजा तान्ने क्रिडास्थल बन्न पुग्यो । सन् १९७० मा ४५ हजार ९७० पर्यटक नेपाल आए भने सन् १९८० मा १ लाख ६२ हजार ८९७ पर्यटकले नेपाल भ्रमण गरे ।

पछिल्लो पटक पर्यटकहरु नेपालमा माउण्टेनियरिङ्ग, माउण्टेन फालिइट, व्हाईट वाटर र्याफ्टिङ, बन्जी जम्पिङ, पाराग्लाईइडिङ, जङ्गल सफारी, माउण्टेन ट्रेक्किङ र माउण्टेन बाईकिङ जस्ता एड्भेन्चर र सौखिन गतिबिधिहरु गर्न नेपाल आउने गरेकाछन् ।


सरकारी महत्वकांक्षा, पर्यटन पूर्वाधार र बिश्व बजारमा मार्केटिङ

सन् १९९० मा बहुदलीय ब्यबस्थाको पुनर्बहाली पछि नेपालमा बिदेशी पर्यटकहरु आउने क्रम तीब्र भयो भने सन् १९९२ मा पहिलो पटक बिदेशी पर्यटकको संख्या ३ लाख नाघ्यो । नेपाल सरकारले पर्यटकहरुको नेपाल प्रतिको बढ्दो रुचिबाट हौसिएर सन् १९९८ लाई 'नेपाल भ्रमण बर्श' (भिजिट नेपाल '९८) घोशणा गरेर ५ लाख पर्यटक नेपाल भित्रेयाउने लक्ष बनाएको थियो जुन लक्ष पुरा हुन सकेन । लक्षित संख्यामा ३६ हजार ३१६ पर्यटक कमी रह्यो । हरेक पटक सरकारको लक्षभन्दा कम पर्यटक हुनुमा सरकारी महत्वकांक्षा मात्र कारक होइन पर्यटकका लागि चाहिने पर्यटन पूर्वाधार तयार नहुनु र नेपालको प्राकृतिक सुन्दरता र सम्पदालाई बिश्व बजारमा मार्केटिङ गर्न नसक्नु मुख्य कारण हुन् ।

पर्यटन नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र र बैदेशिक मुद्रा आर्जनको मुख्य श्रोत हो । पर्यटन पछि प्रवासी नेपालीले पठाउने बैदेशिक मुद्राको रिमिटेन्स नेपालको दोश्रो महत्वपूर्ण बैदेशिक मुद्रा आर्जनको श्रोत हो ।

वर्ल्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलका अनुसार बिश्व पर्यटनको अर्थ आर्जन ७.६ टृलिअन अमेरिकि डलर बराबरको रहेको छ भने नेपालले सन् २०१४ मा पर्यटनबाट १७१.६ अर्ब रुपैयाँ आर्जन गरेको थियो जुन नेपालको कूल ग्राहस्थ उत्पादन (जिडिपि) को ८.९ प्रतिशत हो ।

नेपाल सरकारले सन् २०१८ र त्यस पछिका वर्शहरुमा पर्यटन पूर्वाधार खडा गरी साच्चिकै तदारुकताका साथ पर्यटकहरुलाई नेपाल भित्रेयाउन ‘अतिथी देवो भव:’ मुलामन्त्रलाई ब्याबहारमा उतार्ने हो भने लक्ष भन्दा कम पर्यटकमा चित्त बुझाउनु पर्दैन । नेपालको छिमेकी मुलुक भारतमा बर्सेनी २ करोड २९ लाख पर्यटक जान्छन्, अमेरिकाको त कुरै नगरौं- न्यू योर्क शहरको स्टेचू अफ लिबर्टी मूर्ती हेर्न मात्र ४२ लाख पर्यटक आउँछन् । एशिया कै नेपालको पर्वत जिल्ला जत्रो सानो क्षेत्रफल रहेको सिंगापुरमा सन् २०१५ मा भ्रमण गर्ने पर्यटक संख्या १५ करोड २३ लाख १४ हजार ४६९ थिए भन्दा पत्यार लाग्न मुश्किल पर्दछ । तर नगरे नहुने केहि रहेनछ । सबैलाई चेतना भया ।

-Pradeep Pariyar Thapa Magar. Comments? 917-570-1098, or, This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

नोट: यो लेख यस अघि 'न्यू योर्क समाचार' पाक्षिक, वर्श १, अंक ४, जुन २५, २०१६, पेज ३ र एनआरएन आईसिसी ९ औं क्षेत्रीय सम्मेलन स्मारिका २०१६, पेज ७१-७२ मा प्रकाशित भएको छ ।

Read related news:

-न्यू योर्कमा नेपाल प्रबर्धन गर्ने 'नेपाल डे परेड' आज मे २२ तारिख मन्चन हुँदै, र्‍याली रोल क्रमसहित

-विश्वभर एनआरएनएद्वारा 'अतिथि देवो भवः' अभियानको थालनी, न्यू योर्कमा नेपाल प्रबर्धन गर्ने 'नेपाल डे परेड' मे २२ तारिख मन्चन हुँदै

-"Accessible tourism" in Nepal: When will be a reality ?

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.