Inside

All Time Top 50 News

न्यू योर्कमा नेपाली पत्रकारहरुले मनाए विश्व प्रेस स्वतन्त्रता दिवस PDF Print E-mail
Share
User Rating: / 2
PoorBest 
Written by Chandra K Khatiwada   
Monday, 04 May 2009 15:18
"न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठ
न्यू योर्क, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर न्युयोर्कका नेपाली संचारकर्मीहरु र संचार क्षेत्रमा अभिरुची राख्नेहरु भेला भई मे ३ तारिखका दिन एक छलफल कार्यक्रम सम्पन्न गरेका छन् । उक्त भेलाले "न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठन गरेको छ।

Nepalese journalists, writers during celebration of World Press Freedom Day in New York. Photo: Anish Koirala for USNepalOnline

उक्त अवसरमा एक दर्जन भन्दा बेशी संचारकर्मीहरुले नेपाली समुदायमा नेपाली संचार माध्यमको भूमिका, काम गर्दा आइपर्ने समस्या र कसरी एकजुट भएर आपसी सहयोग गर्दै नेपाली समुदायलाई सूसुचित गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेका थिए।

छलफलमा नेपाल अमेरिका पत्रकार संघका सचिव चन्द्र खतिवडाले आपसी हकहीत र सुरक्षाको लागि सामुहिक सहकार्य र संस्थागत हुनुपर्नेमा जोड दिनुभयो ।

'विश्व संदेश' पाक्षिक (न्यू योर्क) पत्रिकाका सम्पादक विजय पौडेलले विदेशमा बसेर पूर्ण पत्रकारिता गर्न विविध कठिनाइ भएको बताउनुभयो भने 'नयाँ नेपाल खबर' पाक्षिक (न्यू योर्क) पत्रिकाकाका प्रकाशक विश्व शाहले सामुदायिक खबर र सूचनाहरु एक अर्कामा आदान प्रदान गर्न सके सहयोग हुने बताउनुभयो ।

नेपाली अनलाइन रेडियो हिमाली स्वरहरु (न्युयोर्क) का संचालक सहदेव पौडेलले सबै संचारमाध्यमसँग मिलेर सहकार्य गर्दै एक अर्काको कामलाई प्रोत्साहन दिंदै नियमित भेटघाटमा जोड दिनुभयो ।
 
 
Nepalese journalists, writers during celebration of World Press Freedom Day in New York. Photo: Somnath Ghimire for USNepalOnline

युएस नेपाल अनलाइनका सम्पादक प्रदीप थापाले पत्रकारिता पेशालाई मर्यादित बनाएर नयाँ पुस्तालाई प्रोत्साहन गर्नुपर्ने र एक अर्काका समाचार तस्वीरहरु अरुले प्रकाशित गर्दा स्रोत खुलाउनु जरुरी रहेको र समुहगत रुपमा जाँदा यस्ता विषयमा आवाज उठाउन सजिलो हुने बताउनुभयो । थापाले नेपालमा पत्रकारिता अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुलाई पनि समुहगतमा छात्रवृत्ती दिन सकिने, समुहगत रुपमा स्थापना हुन सकेमा न्युयोर्कमा रहेका नेपाली समुदायमा महत्वपूर्ण भूमिका खेल्न सकिने विचार राख्नुभयो ।

त्यस्तै न्युयोर्कबाट संचालन हुँदै आएको नमस्ते नेपाल टेलिभिजनका कार्यक्रम निर्माता सोमनाथ घिमिरेले पनि समुहगत रुपमा जानु उपयुक्त रहेको बताउनुभयो ।

उक्त छलफल कार्यक्रममा कानुनविद् विनोद रोका, चलचित्रकर्मी अनिष कोइराला, अमृत लामा लगायतले नेपाली संचार क्षेत्रलाई सहयोग गर्ने भावना व्यक्त गर्नुभएको थियो भने छलफलमा टोप डांगी, मोहन शर्मा, मनोज खनालले पनि आ-आफ्ना विचार राख्नुभएको थियो । त्यसैगरी अर्का पत्रकार सन्तोष थपलियाले नेपालीहरु एक ढिक्का भएर अगाडि बढ्न सक्दा राम्रो हुने बताउनुभयो ।
 
 
Binod Roka, lawyer and writer speaking at the World Press Freedom Day event at his office Woodside, New York. Photo: eEyeCam

सोही भेलाले नेपाल अमेरिका पत्रकार संघको मातहतमा रहेर न्युयोर्कमा विविध छलफल र सामुदायिक कार्य गर्ने उद्धेश्यका लागि संघका केन्द्रीय सचिव चन्द्र खतिवडाको संयोजकत्वमा "न्यू योर्क नेपाली मेडिया फोरम" (New York Nepali Media Forum) गठन गरेको छ ।

फोरमको सह-संयोजकमा प्रदीप थापा र सहदेव पौडेल हुनुहुन्छ भने सदस्यहरुमा न्युयोर्क क्षेत्रमा रहेका संचारका विभिन्न माध्यममा सम्लग्न संचारकर्मीहरु रहनुभएको छ ।

ति सदस्यहरुमा- विश्व शाह, बिनोद रोका, टोप डागी, मणी बङ्देल, सोमनाथ घिमिरे, मनोज खनाल, बिजय पौडेल र निलम कार्की 'निहारिका' हुनुहुन्छ।

अन्य उपस्थित हुन नसकेका न्यू योर्कमा कृयाशिल नेपाली संचारकर्मीहरुलाई संपर्क गरी फोरम कार्यसमितिमा थपिने छ।

-Chandra K Khatiwada. Comments: 917-886-4482. email: This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.