Inside

All Time Top 50 News

न्यू योर्कमा विश्वको होचा मान्छे खगेन्द्र थापा मगर बने हिरो ! PDF Print E-mail
Share
User Rating: / 3
PoorBest 
Written by Pradeep Pariyar Thapa Magar   
Thursday, 09 September 2010 08:08

Exclusive video interview, photos: न्यू योर्क- न्यू योर्क शहरको टाइम्स स्क्वायरस्थित Riplay's Entertainment INC. को प्रदर्सनी कक्षमा सन् २०१० संस्करण पुस्तक Believe It of Not ! Enter If You Dare बिमोचनका बेला आफ्नो तस्बिर समेटिएको पुस्तकको प्रचार गर्न आइ पुगेका नेपाली छोरो विश्वको होचा मान्छे खगेन्द्र थापा मगरसंग युएस नेपाल अनलाइनले लाङ्घाली (मगर) एसोसिएसन इङ्क अमेरिकाको चाँजोपाँजोमा बिशेष भिडियो वार्ता गरेको छ। हेर्नुहोस्:



World's shortest man Khagendra Thapa Magar in New York with his father Rupbahadur Thapa Magar. Photos: Lab K. Budhamagar.

यही अक्टोबर २४ मा बेलायतस्थित Guiness World Records द्वारा आधिकारिक रुपमा विश्वको सबैभन्दा पुड्का मान्छेको रुपमा दर्ज हुन लागेका खगेन्द्र थापा गत सेप्टेम्बर ६ तारिख न्यू योर्क शहर आइ पुगेका थिए भने ७ तारिख उक्त पुस्तक बिमोचनका बेला अमेरिकि मिडियाका सामु प्रस्तुत भएका थिए।




Khagendra featured at Replay's book "Believe It of Not ! Enter If You Dare".

उनले न्यूयोर्कको दृष्यावलोकन Ripley's Entertainment INC. का प्रमुख एडवार्ड मेयरको काँधमा बसेर गरेका थिए। आफ्नो छोटो समयको बसाई प्रति निकै रोमान्चित हुँदै थापामगरले अर्को पटक आउँदा न्यूयोर्कका मेयरलाई भेट्ने इच्छा व्यक्त गरेका छन्।


World's shortest man Khagendra Thapa Magar in New York. Photos: Lab K. Budhamagar.

The Guinness Book of World Records मा नाम लेखाउनकालागि कम्तिमा पनि १८ वर्ष पुग्नु पर्ने भएकोले उनले अझै करिब ५ हप्ता पर्खनु पर्ने भएको छ । उनी आगामी अक्टोबरको १४ तारिखमा १८ वर्ष पुग्दै छन्। उनको उचाई २५.५ इन्च र तौल १० पाउण्डमात्र छ भने हालका रेकर्ड होल्डर कोलम्बियाका एडवार्ड निनो हर्नान्डेज उमेरको हकमा २४ वर्ष र उचाईमा २७ इन्चका छन्।

यता युएस नेपाल अनलाइनले लाङ्घाली (मगर) एसोसिएसन इङ्क अमेरिकाको चाँजोपाँजोमा ८ तारिख बिहान उनी बसेको पाँच तारे होटल पार्क सेन्ट्रलमा उनको टोली बेलायत फर्किनु अघी बिशेष भिडियो वार्ता गरेको छ। हेर्नुहोस्:



खगेन्द्र ८ तारिख बेलुकी बेलायत फर्किएकाछन्। उनी त्यहाँस्थित विश्वको सबैभन्दा ठुलो पाखुरा (२४ इन्च) भएको ब्यक्ती टाइनी आइरनसंग पाखुरा जुधाउने कार्यक्रम छ।

उनका साथमा उनका बुवा रुपबहादुर थापा मगर र उनको नाममा स्थापना भएको 'खग्रेन्द्र थापा मगर प्रतिस्ठान' का अध्यक्ष मीनबहादुर राना मगर यात्रा गर्नु भएको छ। खगेन्द्रका अलावा बुवा रुपबहादुर थापा र अध्यक्ष रानासंग पनि बिशेष वार्ता गरिएको छ।


Khagendra Thapa Magar Foundation President Minbahadur Rana Magar. Photos: Lab K. Budhamagar.

गिनिज बुकका आयोजकहरुले बेलायत र अमेरिका ओहोर दोहोर पारे पनि आफुहरु अझै ३ लाख रिणमा रहेको अध्यक्ष रानाले युएस नेपाल अनलाइन संग दुखेसो पोखे।

अक्टोबर २४ मा गिनिज बुकले सबैभन्दा पुड्को मान्छे घोषणा गरेपछि नेपाल सरकारले औपचारिक रुपमा  Goodwill Ambassador को रुपमा नियुक्त गर्ने भने पनि अन्य कुनै सहयोग नमिलेको अध्यक्ष थापाले बताए ।

बिसं २०४९ साल असोज २८ गते अर्थात सन् १९९२ अक्टोबर १४ मा बाग्लुङ जिल्लाको धुल्लु बास्कोट वडा नं ६ मा जन्मिएका खगेन्द्रका बुवा रुपाबहादुर थापा हुन् भने आमा धनमाया थापा हुन्।

This article is partly contributed by Lab K. Budhamagar, General Secretary, Langhali (Magar) Association USA, INC.

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/pradeepthapa

 





Rupbahadur Thapa Magar with his son Khagendra Thapa Magar and Minbahadur Rana Magar. Photos: eEyeCam.com



USNepalOnline.com Editor-in-Chief Pradeep Thapa Magar with Khagendra Thapa Magar. Photos: Lab K. Budhamagar.



Hotel Park Central where Khagendra Thapa stayed while he was in New York. Photos: eEyeCam.com


Replay's Believe It or Not exhibition center in Times Square, Manhattan, New York. Photos: eEyeCam.com





From Replay's New York website.

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.