Inside

All Time Top 50 News

न्यू योर्कमा साहित्यकार प्रतीक ढकालको सम्मान PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by INLS   
Saturday, 25 December 2010 17:21

न्यू योर्क- अमेरिकाको भ्रमणमा आउनु भएका नेपाली नियात्रा साहित्यका हस्ती साहित्यकार प्रतीक ढकालको सम्मानमा गत डिसेम्बर १९ तारिख न्यू योर्कमा एक स्वागत कार्यक्रमको आयोजना गरिएको छ।

Author Prateek Dhakal was honored in New York by INLS Central Committee. Photos courtesy: Gita Khatri

अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय कार्य समितिका महासचिव गीता खत्रीले न्यृ्योर्कस्थित अनेसास न्यृ्योर्क च्याप्टरको कार्यकक्षमा एउटा सम्मान समारोहको आयोजना गर्नु भएको थियो ।

उक्त समारोहमा साहित्यकार ढकाललाई महासचिव गीता खत्रीले अनेसास केन्द्रीय कार्य समितिकोतर्फबाट सम्मान पत्र दिनु भएको थियो भने अनेसास न्यृ्योर्क च्याप्टरकी अध्यक्ष ज्योति पौडेलेले फुलका गुच्छा दिई स्वागत गर्नु भएको थियो।

Author Prateek Dhakal was honored in New York by INLS Central Committee. Photos courtesy: Gita Khatri

साहित्यकार श्री ढकाललाई अनेसास न्यृ्योर्क च्याप्टरकी उपाध्यक्ष पुनम काफ्ले, अनेसासका आजीवन सदस्य तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका प्राज्ञ तथा प्रसिद्ध कलाकार हरिबहादुर थापा, अनेसासका आजीवन सदस्य तथा साहित्यकार कानृ्नविद् विनोद रोका, आजीवन सदस्य कुन्ती थापा तथा अनेसासका आजीवन सदस्य विकास विष्टले खादा ओढाई स्वागत गर्नु भएको थियो ।

कार्यक्रमको शुरुवात गर्दै प्राज्ञ तथा कलाकार हरीबहादुर थापाले डायस्पोरामा नेपाली कला, संस्कृति तथा बाङ्मयको श्रीबृद्धिमा सेवारत् नेपालीहरुको पहिचान गरि नेपाल सरकारले सम्मान गर्दै जानु पर्ने भन्दै साहित्यकार ढकाललाई यो सन्देश नेपाल सरकार समक्ष पुर्याईदिनु आग्रह पनि गर्नु भएको थियो ।

साहित्यकार ढकालले आफ्ना कृतिहरु 'हिमालपारि पुगेपिछ', 'सेती पनि काली पनि', 'चीनको विचित्र चित्र', 'सगरमाथाको आधारशिविरबाट', 'पाइतालाका छापहरु' र अंग्रेजीमा अनुवादित 'Beyond the Himalayas'आदिको लेखन पृष्टभृ्मिको संक्षिप्त विवरण सुनाउनु भएको थियो ।

कार्यक्रममा उपस्थित साहित्यकारहरुले विभिन्न कविता र तीनमा प्रयोग गरिने छन्दको बारेमा जिज्ञासा उहाँ समक्ष राख्नु भएको थियो । नेपालीहरुले हिमालबारे सामान्य जानकारी राख्नै पर्ने यो जानकारीले नेपालको पर्यटन प्रर्बद्धनमासमेत ठृ्लो योगदान पुग्ने उहाँको धारणा थियो ।

सबै साहित्यकारहरुको जिज्ञासाको ढकालले रसिलो जवाफ दिदै सबैलाई भावविभोर बनाउनु भएको थियो ।

उक्त समारोहमा गीता खत्री, ज्योति पौडेल, पुनम काफ्ले, विनोद रोका, कुन्ती थापा, बिकास विष्ट, रुपा थापा, शान्ता घिमिरेले आ-आफ्नो कविता बाचन गर्नु भएको थियो ।

अन्तरराश्ट्रिय नेपाली साहित्य समाज (अनेसास)
केन्द्रीय कार्य समिति

Comments

Please login to post comments or replies.
 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.