NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

श्रीमती बन्नेहरु नक्कली श्रीमानहरुदेखी सावधान ! PDF Print E-mail
Share
User Rating: / 6
PoorBest 
Written by Dineshwarprasad Gupta   
Thursday, 18 June 2009 00:38
लहान- एक महिलालाई पत्नि बनाई भारतको मुज्जफरपुर बेच्न लगिरहेको अवस्थामा जेठ १ गते ढाडीस्थित प्रहरीले पांच जनालाई पक्राउ गरेका छन् ।

पक्राउ पर्नेमा काठमाण्डौं-१६ बस्ने ३५ बर्षीय कृष्णबहादुर भण्डारी, काठमाणडौं भिमढुंङगा-७ बस्ने २१ बर्षीय विकास बस्नेत, रामेछापकी २८ बर्षीया शोभा केसी र नुवाकोटको चतुराले-९ बस्ने ३७ को तुलबहादुर भण्डारी रहेका छन् ।
निजहरुलाई आवश्यक कारवाहीको लागि वडा प्रहरी कार्यालय लहानमा लगिएको थियो। त्यहांबाट विशेष अनुसन्धान गर्नुपर्ने भनी जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको वडा प्रहरी कार्यालय लहानका इंस्पेक्टर श्यामल सुब्बाले बताउंनुभयो ।

सशस्त्र प्रहरी सीमा सुरक्षा वल ढाडीका अनुसार काठमाण्डौंमा टयाक्सी चलाउंदै आएका विकास बस्नेतले ताप्लेजुङकी २२ बर्षीया अनिता राईलाई घुम्ने बहाना बनाई मज्जफरपुरतर्फ लगिरहेको अवस्थामा लोकहा रेल्वे स्टेशनबाट पक्राउ गरिएको हो ।
 
पक्राउ परेका पांचै जना काठमाणडौंबाट दूई दिन पहिले लहान आई त्यहांको भगवती लंजमा बसेको र भोलीपल्ट बस चढी ढाडी गएको थियो । प्रहरीलाई शंका लाग्दा अनितालाई सोधपुछ गरी सो रहस्य खुल्न आएको र पछि अनितासहित पांचैलाई पक्राउ गरिएको हो ।

-Dineshwarprasad Gupta in Lahan

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?