NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

न्यू योर्कमा विश्वभरका महिलाहरुको जम्काभेट PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Pradeep Thapa Magar   
Monday, 01 March 2010 18:58

नेपालबाट झन्डै ३० जना नेपाली महिला प्रतिनिधिहरु सहभागि
Updated March 10, 2010. Exclusive: न्यू योर्क- विश्वभरका सरकारी र गैर सरकारी गरी झन्डै ५ सय महिला प्रतिनिधिहरु न्यू योर्क शहरस्थित संयुक्त राष्ट्र संघ (UN) को मुख्यालयमा मार्च १ देखी १२ सम्म चल्ने संरासंको महिलाहरु सम्बन्धी आयोग Commission on the Status of Women को ५४ औं बैठक : 54th session of the Commission on the Status of Women (CSW) मा भाग लिन आइ पुगेकाछन्।



54th session of the Commission on the Status of Women (CSW) is being conducted at the UN Headquarters in New York on March 1, 2010. Photos: eEyeCam.com

नेपालबाट आएको झन्डै ३४ जनाको समुहमा सरकारी प्रमण्डलमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री सर्वदेव ओझा, महिला मन्त्रालयकि सचिब ब्रिन्दा हाडा, सहसचिब रत्न काजी बज्राचार्य, सभासद तथा वकिल सपना प्रधान मल्ल, सभासद मोहमदी सिद्दिकी आदी हुनुहुन्छ ।


Nepalese delegates representing BBC. Photos: eEyeCam.com

गैर सरकारी महिला तथा मानब अधिकार संस्थाहरुकोतर्फबाट भाग लिनेहरुमा Beyond Beijing Committee (BBC) का १२ जना पदाधिकारी तथा सदस्यहरु हुनुहुन्छ। जसमध्ये BBC कि अध्यक्ष अन्जना शाक्य, महासचिब सुजिता शाक्य, जो संचार मत्री शंकर पोख्रेल कि धर्म पत्नी हुन्; कोशाध्यक्ष सुशीला श्रेष्ठ, जो अखिल नेपाल महिला संघकि पूर्व महासचिब तथा एमाले उपाअध्यक्ष अशोक राइ कि धर्म पत्नी हुन्, उनी स्नातकोत्तर (M.A.) सम्म पढाई गरिने Swapna Vatika School को संस्थापक तथा प्रिन्सिपल पनि हुन्, हुनुहुन्छ।

Nepalese delegates representing NNBN. Photo courtesy: Vijaya Rai Shrestha.

Nepalese delegates at the office of UN Ambassador Gyanchandra Acharya. Photo courtesy: Vijaya Rai Shrestha.



Nepalese representatives: Shanta Laxmi Shrestha, BBC Executive Member and Sushila Shrestha, Treasurer, BBC. More photos of Nepalese delegates will be updated on March 2-12, 2010.

त्यस्तै BBC का अन्य सहभागि सदस्यहरुमा शान्ता लक्ष्मी श्रेष्ठ, बिष्णुमाया ओझा, बिष्णुमाया परियार, नारायणी तिवारी, सर्मिला कार्की, बिष्णु खनाल, रश्मी खनाल, रत्न लक्ष्मी श्रेष्ठ र तुल्सी थापा मगर, जो एमाले बरिस्ठ उपाध्यक्ष बामदेब गौतम कि श्रीमती हुन्, हुनुहुन्छ। BBC ले आफ्नो टोलीमा महिला पत्रकार सम्झना पौडेल (Outline Media) लाई पनि समाबेश गरेको छ।


Vijaya Rai Shrestha of Paurakhi, Mohammadi Siddiqui, CA Member  & Coordinator, Women CA Member Caucus, Bishnumaya Pariyar, VP Women Development Self-Employment Training Center & Associate professor Puspa Ghimire-Niraula, TU Gender Studies.

नेपालबाट भाग लिने National Network for Beijing Review Nepal  अन्तर्गत 'साथी' कि अध्यक्ष बन्दना राणाको नेत्रित्वमा आएको अन्य गैर सरकारी (NGO/INGO) प्रतिनिधिहरुमा SAP-International कि उपाध्यक्ष चाँदनी जोशी, पौरखीकि अध्यक्ष बिजया राइ श्रेष्ठ, संचारिका समुहकि बबिता बस्नेत, माओवादी केन्द्रिय सदस्य तथा महिला नेत्री शशी श्रेष्ठ, जो माओवादी नेता लीलामणी पोख्रेलकि धर्म पत्नी हुन्, इरिकोनकि शोभा गौतम, इन्सेककि गीता गौतम, तुल्सालता अमात्य, Gender Studies Tribhuvan University कि सह-प्राध्यापक पुष्पा घिमिरे निरौला, SAP-International का रोहितकुमार नेपाली, शुभेच्छा शर्मा, Kantipur TV कि पत्रकार मान्पी घोश, इन्हुरेड इन्टर्नेशनलका डा. गोपालकृष्ण शिवाकोटी र उहाँकी धर्म पत्नी श्रीजना पोख्रेल र उहाँका सुपुत्र आशियन आदी हुनुहुन्छ।

अन्य सहभागि नेपाली प्रतिनिधिहरुमा Himal Media का प्रकाशक तथा Nepali Times का सम्पादक कुन्दा दिक्षित, Care Nepal कि इन्दु पन्त घिमिरे, NFOWRC कि गोमा आचार्य जोशी र Himalayan Conservation & Development Association का दल रावल हुनुहुन्छ।


NNBN delegates in front of UN Headquarters. Photo courtesy: Vijaya Rai Shrestha.

न्यू योर्कमा नेपाली महिला अन्तर्कृया

नेपालबाट आएका प्रतिनिधिहरु न्यू योर्कस्थित 'अधिकार' संस्थाद्वारा महिला दिवसको अबसरमा मार्च ७ मा न्यू योर्कको अस्टोरियास्थित चियान फेडेरेसनमा बिहान १०:३० देखी ३:३० बजे डाकेको Globalization & Nepali Women: Challenges & Opportunities बिषयक अन्तर्कृया कार्यक्रममा भाग लिने कार्यक्रम रहेकोछ। उक्त कार्यक्रमको युएस नेपाल अनलाइनले प्रत्यक्ष प्रसारण गर्ने चाँजो मिलाएकोछ। (उक्त कार्यक्रमबारे विवरण)

54th session of the Commission on the Status of Women (CSW) & Beijing + 15



कमिसन CSW को यसपालीको ५४ औं बैठकको मुल उद्धेय चिनको राजधानी बेजिङमा सन् १९९५ मा भएको चौथो विश्व महिला सम्मेलन पछिका १५ बर्षहरुमा महिला सम्बन्धी समानता, हक अधिकार, बिकास, शान्तीलगायतका बिषयमा के, कस्ता उपलब्धीहरु हाँसिल भए र बाँकी उद्धेश्य प्राप्तिका लागि के, कस्ता कार्यनिती अपनाउने भन्ने बिषयमा छलफल र निचोड निकाल्ने रहेकोछ।

त्यसैले यो बैठकलाई Beijing+ 15 अर्थात Fifteen-year review of the Beijing Platform for Action को रुपमा पनि चिनिन्छ।

यस अघी सन् २००० को जूनमा कमिसनको २३ औं बैठक Beijing+ 5 को रुपमा, सन् २००५ को फेब्रुवरी- मार्चमा कमिसनको ४९ औं बैठकमा Beijing+ 10 को रुपमा संरासंको मुख्यालय न्यू योर्क मै सम्पन्न भई सकेको छ।


54th session of the Commission on the Status of Women (CSW) is being conducted at the UN Headquarters in New York on March 1, 2010. Photos: eEyeCam.com

त्यसै गरी, बेजिङको चौथो विश्व महिला सम्मेलन अघीका तीन सम्मेलनहरु मध्ये प्रथम विश्व महिला सम्मेलन मेक्सिकोको मेक्सिको सिटीमा सन् १९७५ को जून १९-जुलाई २ बिच, दोशो विश्व महिला सम्मेलन डेनमार्कको कोपेन्हेगनमा सन् १९८० को जुलाईको १५-३० बिच र तेश्रो विश्व महिला सम्मेलन नाइजेरियाको नैरोबीमा सन् १९८५ को जुलाई १५-२६ बिच सम्पन्न भएको थियो।



Delegates from Africa with Queen Mother: United Nations NGO/DPI Executive Committee, Sub-Saharan Africa regional Representative Dr. Eleanor Ann Nwadinobi, Queen Mother Dr. Delois Blakely, Community Mayor of Harlem, Ambassador of Goodwill to Africa, Mary Canrm Screen and Par-ra Afrika. Photos: eEyeCam.com

उता सोमबार कमिसनको ५४ औं सेसनको उद्घाटन समारोहमा बोल्दै संरासं कि उपमहासचिब आशा-रोज मिगिरोले लैङ्गिक समानता र महिला तथा बालिकाहरुको सशाक्तिकरण उद्देश्य मात्र होइन बल्की आर्थिक उन्नती, बिकास, शान्ती र सुरक्षाको मुख्य कडि हो भन्नु भएकोछ। (पढ्नुहोस्)

यस अघी महासचिब बान कि-मुनले महिला दिवस मार्च ८ र कमिसनको ५४ औं सेसनको पूर्व सन्ध्यामा जारी गर्नु भएको बक्तब्यमा बेजिङ विश्व महिला सम्मेलनले पारित गरेको ३८ बुँदे बेजिङ घोषणा पत्र (Beijing Declaration) (पढ्नुहोस्) को चर्चा गर्दै त्यसको उपादेयता अझै रहेको र महिलाहरुको समानता, उत्त्थान र सशक्तिकारणका लागि सबैले मिलेर काम गर्नु पर्ने कुरामा जोड दिनु भएकोछ। (पढ्नुहोस्)

के हो Commission on the Status of Women (CSW) ?



महिला अबस्थिती सम्बन्धी कमिसन CSW को स्थापना सन् १९४६ को जून २१ मा संरासंको United Nations Economic and Social Council (ECOSOC) को रिजोलुसन 11 (II) बाट स्थापना भएको हो। कमिसनको बैठक हरेक बर्ष हुने गर्दछ।

कमिसनमा ४ बर्शे पदाबधी रहने गरी संरासंको १९२ सद्स्य राष्ट्रहरुबाट पालैपालो ४५ देशका प्रतिनिधिहरु रहने ब्यबस्था छ। जस मध्ये १३ प्रतिनिधिहरु अफ्रिकाबाट, ११ प्रतिनिधिहरु एसियाबाट, ९ प्रतिनिधिहरु ल्याटिन अमेरिका र क्यारिबियनबाट, ८ प्रतिनिधिहरु पश्चिमी युरोप र अन्य मुलुकबाट र ४ प्रतिनिधिहरु पुर्बी युरोपबाट चुनिने  ब्यबस्था छ।

कमिसनको बर्तमान अध्यक्ष आर्मेनियाका गारेन नाजारिन हुनुहुन्छ।

अहिलेको ४५ सदस्यिय कमिसनमा Armenia (2011), Azerbaijan (2011), Belarus (2013), Belgium (2011), Brazil (2011), Cambodia (2011), Cameroon (2010), China (2012), Colombia (2013), Cuba (2012), Djibouti (2010), Dominican Republic (2012), Ecuador (2010), Eritrea (2012), Gabon (2011), Germany (2013), Guinea (2013), Haiti (2012), India (2012), Indonesia (2010), Iran (Islamic Republic of) (2010), Iraq (2013), Israel (2013), Italy (2013), Japan (2013), Lesotho (2010), Malaysia (2010), Mauritania (2013), Mexico (2010), Namibia (2011), Nicaragua (2013), Niger (2011), Pakistan (2011), Paraguay (2011), Republic of Korea (2010), Russian Federation (2012), Rwanda (2013), Senegal (2012), Spain (2011), Sweden (2012), Togo (2010), Turkey (2011), United Arab Emirates (2010), United States of America (2012) र Zambia (2010) मुलुकका प्रतिनिधिहरु छन्।

रिपोर्टिङ अपडेट गरिदै जानेछ। युएस नेपाल अनलाइन संरासंबाट मान्यता प्राप्त (accredited) नेपाली अमेरिकन मिडिया हो।

-Pradeep Thapa Magar in New York. Comments? 917-570-1098. Or   This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

Find out more at: http://twitter.com/pradeepthapa; & pradeepthapa.com


Nepalese delegates at the UNFPA SCW meeting on March 10, 2010. Photos: eEyeCam.com

Nepalese delegates at APWW seminar on March 8, 2010. Photos: eEyeCam.com

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?