NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

६ महिनामा महिलामाथि बलत्कारमात्रै ८७ वटा घटना सार्वजनिक, कडा कार्वाही र क्षतिपूर्तिको माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 11 April 2010 12:31

काठमाडौं- महिला अधिकारवादीहरुले महिला हिँसामा संलग्नहरुमाथि कडा भन्दा कडा कार्वाही र हिँसाबाट पीडित महिलाहरुलाई दश लाख क्षतिपूर्तिको माग गरेका छन् ।

पछिल्लो समयमा बलात्कार, घरेलु हिँसा र हत्याका घटना बढेपछि उनीहरुले यस्तो माग गरेका हुन् ।

पछिल्लो ६ महिनामा महिलामाथि बलत्कारमात्रै ८७ वटा घटना सावैजनिक भएका छन् भने घरेलु हिँसाका घटना १ सय ८२ वटा र हिँसाका घटना ३४ वटा सार्वजनिक भएका छन् । महिला अधिकारवादीहरुले यसप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएका छन् ।

महिला अधिकारका बिषयमा आवाज उठाउँदै आएको ओरेक नेपालकी अध्यक्ष डा. रेणु राजभण्डारीले महिला विरुद्ध हुने गरेका हिँसा रोक्नका लागि विधिको शासन कायम हुनुपर्ने बताइन् । राजधानीमा सो संस्थाद्धारा आयोजित पत्रकार सम्मेलनमा उनले अपराधीहरुलाई कानूनी कारबाहीको प्रकृयामा ल्याउनुपर्ने कुरामा जोड दिइन् ।

'हिँसाबाट पीडित महिलालाई १० लाख सम्मको क्षतिपूर्ति दिने व्यवस्था गरिनुपर्छ' डा राजभण्डारीको भनाई थियो- 'सरकारले महिला हिँसा विरुद्धको बर्ष घोषणा गरेपनि महिलामाथि हुने हिँसाका घटना बढेकाले कडाभन्दा कडा कार्वाही र क्षतिपूर्तिको व्यवस्था गरिनुपर्छ ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?