NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

निर्ममतापूर्वक हत्या गरिएकी छोरीको न्यायका लागि एक आमाको अपील PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Devi Sunuwar   
Friday, 25 December 2009 13:49

मेरो नाम देवी सुनुवार हो । म तत्कालीन शाही नेपाली सेनाद्वारा पाँच बर्ष अघि निर्ममतापूर्वक हत्या गरिएकी १५ बर्षिया बालिका मैना सुनुवारकी आमा हुँ । मेरी छोरीको हत्या र उनीमाथि भएको अन्यायका सम्बन्धमा तपाइहरुलाई पक्कै पनि अवगत होला भन्ने आशा लिएकी छु ।

मेरी छोरीको हत्यामा संलग्न एकजना मेजर निरन्जन बस्नेतलाई प्रहरी निकायमा सुम्पन सम्बन्धित निकायले देखाएको विलम्बताले मलाई अत्यन्त ममार्हित तुल्याएको छ । २०६५ माघ १७ गते काभ्रे जिल्ला अदालतले मेजर बस्नेतलाई पदबाट निलम्बन गर्न गरेको आदेश तथा हालसालै अपि्रुकाको चाड गणतन्त्रमा पठाइएका निजलाई संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिशनमा सम्मिलित हुनबाट रोक लगाई नेपाल फर्काइएपछि अन्ततः कमसेकम एकजना आरोपीलाई मात्र भए पनि अदालतसमक्ष प्रस्तुत गरिनेछ भन्ने केही आशा पलाएको थियो । सेनानी बस्नेतलाई संयुक्त राष्ट्रसंघले फिर्ता पठाएपछि न्यायप्रति पलाएको झिनो आशा सरकारी उदासिनताले मरेर गएको छ ।

पीडा त धेरै प्रकारका हुन्छन तर मलाई लाग्छ अन्यायपूर्वक सन्तान गुमाउनुको पीडा अन्य कुरा गुमाउनुको पीडाभन्दा पनि असह्य हुदो रहेछ । कल्पना मात्र गर्नुस् त आपुूले कतिधेरै पीडा झेली ज्याला मजदुरी गरी हुर्काइ पढाई १५ बर्षसम्म पालेकी आफ्नी छोरीलाई घरबाट सैनिकहरुले लान्छन तर लगेको छैन भनीरहन्छन …आफ्नो छोरीको अवस्था के छ खान पाएकी छ कि छैन कतै जाडो भएको हुँदो हो मलाई कति सम्झी होली कहाँ होली मरेकी यातना पाइकी भनेर बर्षौसम्म केही थाहा नपाई बाच्नु पर्ने त्यसपछि आफ्नो घर गाँउ र सपनाहरु छाडेर आफ्नो छोरीको अवस्था पत्ता लगाइदिनु भन्दै एउटा संस्थादेखि अर्को संस्थामा भौतारिदै याचना गर्नुपर्ने आफ्नै छोरीको खोजी गर्ने क्रममा अपराधीझै लुक्दैलुक्दै हिड्नुपर्ने कति पीडा हुन्छ त ?

त्यसपछि छोरीलाई सैनिकहरुले पक्राउपछि पानीमा डुबाए र उनको भिजेको शरीरमा मृत्यु नहुन्जेल करेण्ट लगाए भन्ने कुरा सुन्नुपर्ने … त्यसपछि पनि छोरीको शवका अवशेषहरुको खोजी गरिदिनुस भन्दै एक संस्थाबाट अर्को संस्थामा याचना गर्नुपर्ने ।

मेरो पीडाको बयान म शब्दबाट गर्न सक्दिन । मलाई थाहा छ कसैले पनि यो वेदनाको कल्पना सम्म मात्र पनि गर्न सक्दैन । तर म त त्यस्तो अभागी आमा हुँ जसले आफ्नी प्यारी छोरीको अस्थिपाजर जस्तो विभत्स दृश्य हेर्न वाध्य हुनुपर् यो । रातमा मात्र देख्नसकिने दुःखस्वप्न मैले दिउँसै देख्नुपर् यो । यति मात्र भएको भए त हुन्थ्यो तर मैले त मेरी छोरीको अन्तिम काजकि्रया समेत गर्न सकेकी छैन किनकि मेरी छोरीको कंकाल अझै पनि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको फरे_िन्सक ल्याबमा राखिएको छ । मेरी छोरीलाई त्यस्तो हालतमा पुर् याउने पीडकहरुलाई नागरिक अदालतको कठघरामा उभ्याई कानून अनुसार कारबाही नभएसम्म मैले छोरीलाई अन्तिम श्रद्धााजली दिन सक्ने अवस्थामा म छैन । मलाई प्रत्येक पल बाँच्न गाह्रो भएको अनुभूति हुन्छ तैपनि छोरीलाई न्याय दिलाउने आशाले मलाई जीवित राखेको छ ।

द्वन्द्वकालमा घटेका मानवअधिकार हननका घटनाका भयावहता बारे त यहाँलाई अवगतनै छ । हजारौ मारिए र उस्तै सँख्यामा मानिसहरु बेपत्ता पारिए र यातनाका शिकार बनाईए । तर किन एउटै अपराधीलाई पनि कारवाही हुदैन दण्डहीनताको अन्त्य कसरी होला दण्डहीनताको विरासतको अन्त्य गर्न प्रतिबद्धता जनाएर मात्र हुदैन बरु यसको शुरुवात त वास्तवमा अपराधमा संलग्न एक मात्र दोषीलाई भए पनि कारवाही गरेर मात्र गर्न सकिन्छ ।

तसर्थ मेरी प्यारी छोरीलाई यातना दिई हत्या गर्ने हत्याराहरु सेनानी निराजन बस्नेत लगायतका महासेनानी बबी खत्री र सहसेनानीद्धय सुनिल प्रसाद अधिकारी र अमितलाई पक्राउ गरी नागरिक अदालतमा उनीहरुको अभियोजन गरी कानून भन्दा माथि कोहीपनि हुदैनन भन्ने कुरा सुनिश्चित गर्न र दण्डहीनताको अन्त्य गर्ने कार्यको थालनी गने अभियानमा सकि्रय ऐक्यबद्धता जनाउदै आ-आफ्नो तर्फबाट आवश्यक पहल गरिदिनुहुन म सम्पूर्ण पत्रकार मानवअधिकारकर्मी कुटनीतिक निकायहरु राजनैतिक दल नागरिक समाज तथा अन्य देशी-विदेशी संघसंस्थाहरु र सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुसँग हार्दिक अपील गर्दछु ।

धन्यवाद !

देवी सुनुवार

९ पौष २०६६

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?