NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

'म अब छिट्टै विवाह गर्छु र त्यो विवाह नेपालमै हुन्छ'- बीपी कोइरालाकी नातिनी नायिका मनिषा कोइराला PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Friday, 26 March 2010 14:52

काठमाडौं- बलिउडकी चर्तित नायिका, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाकी नातिनी मनिषा कोइरालालाई आफ्नी श्रीमति बनाउन पाउने भाग्यमानी को होला ? त्यो भाग्यमानी कुन देशको होला, जसले भारतमा ख्याति कमाएकी यी सुन्दरीलाई आफ्नी बनाउन सकोस् !


मनिषालाई पाउने भाग्यमानी ब्यक्ति ठ्याक्कै यही हो भन्न नसकिएपनि त्यो व्यक्ति नेपाली हुने भन्ने चाहिँ पक्कापक्की भएको छ । मनिषा आफैले आफ्नो लोग्ने नेपाली नागरिक नै हुने कुराको खुलाशा गरेकी छन् । 'म अब छिट्टै विवाह गर्छु र त्यो विवाह नेपालमै हुन्छ' शुक्रबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै मनिषाले भनिन्- 'किनभने, म नेपाल छाड्न चाहन्न ।'

नेपाली केटासँगै विवाह गर्न चाहेको बताएकी मनिषाले आफू थप नेपाली फिल्म खेल्ने रहर भएको पनि बताइन् । 'आफू राम्रो स्क्रिप्ट आए नेपाली फिल्ममा काम गर्न मन लागेको छ' उनले भनिन्- 'म यहाँका निर्देशक, कलाकार, क्यामराम्यानको कामबाट प्रभावित छु ।' हाल उनी दुर्गा पोखरेल निर्माता रहेको नेपाली चलचित्र 'धर्मा' मा अभिनय गरिरहेकी छन् ।

Actress Manish Koirala. Photo courtesy: Musicindiaonline.com

नेपालका सामाजिक, व्यवासायिक र कला जुनसुकै फिल्ममा अभियन गर्नसक्ने बताउँदै मनिषाले मुम्बईको आफ्नो प्रोडक्सन हाउसले दुई वर्षदेखि काम नगरेको जानकारी दिइन् । उनले अहिले तीनवटा फिल्ममा काम गरिसकेकी छन् भने दुई फिल्ममा साइन गरिसकेकी छन् । बलिउडका अन्य नायिकाहरुको हाराहारीमा पुगेकी मनिषाले आफ्नो मातृभूमिलाई भने भुलेकी छैनन् ।

'सानो बुवाले बीपीको बाटो छाड्नु भो' उनको भनाई थियो, तर उहाँजति देश, जनता र लोकतन्त्रका निम्ति समर्पित कर्मठ र ठूला नेता थिएनन्'

मनिषा राजनीतिमा पनि उत्तिकै रुचि राख्छिन् । उनका हजुरबुबा बीपी कोइरालालगायत कोइराला परिवारको नेपालको प्रजातान्त्रिक राजनीतिमा ठूलो योगदान भएपनि उनका पिता प्रकाश कोइराला भने पछिल्लो समय राजतन्त्रको पक्षमा देखिएका छन् । र, मनिषाको झुकाबपनि राजतन्त्रप्रति नै देखिन्छ । माघ १९ को कू पछिको कथित नगर निर्वाचनको प्रचारमा उनी सकृय भएकी थिइन् ।

तर नायिका कोइरालाले तत्काल राजनीतिमा आउने सम्भावना भने नरहेको बताइन् । 'तत्काल म राजनीतिमा जाने सम्भावना म आफैले देखेको छैन, राजनीतिमा अरु लागेका छन् अहिले मेरो जरुरत छ जस्तो लाग्दैन' उनले भनिन्- 'त्यस्तै पर्यो भने आउँला, तर भरसक बाहिरै बसेर काम गर्न चाहन्छु, राजनीतिबाहिर बसेर पनि समाजसेवा गर्न सकिन्छ भन्ने मेरो मान्यता छ ।'

संविधान चाँडै बनोस् भन्ने पक्षमा आफू रहेको बताउँदै मनिषाले, तर सम्बिधान समयमै बन्नेमा आफूलाई विश्वास नलागेको स्पष्ट पारिन् । नेपाललाई धर्म निरपेक्ष बनाएकोमा चित्त नबुझेको बताएकी उनले भनिन्- 'नेपालमा धर्मका नाममा कुनै दंगाफसाद भएको थिएन, हिन्दु, मुस्लिम र क्रीस्चियन मिलेरै बसेका थिए, त्यो किन परिवर्तन भयो भन्ने पनि मैले बुझेकी छैन र चित्त पनि बुझेको छैन ।'

गत हप्ता निधन भएका गिरिजाप्रसाद कोइरालालाई अन्तिम समयमा भेट्न नेपाल आएकी उनले गिरिजप्रसाद कोइरालाले बीपी कोइरालाको बाटो छाडेको दावी गरिन् । 'सानो बुवाले बीपीको बाटो छाड्नु भो' उनको भनाई थियो- 'तर उहाँजति देश, जनता र लोकतन्त्रका निम्ति समर्पित कर्मठ र ठूला नेता थिएनन् ।' स्व. कोइरालासँग आफू धेरै समय बस्न नपाएपनि बसेका समयमा निकै रमाइलो लाग्ने गरेको बताइन् ।

उनका भाईको विहे भैसकेको छ । उनी भाईको बिहेको निम्तो स्व. कोइरालालाई दिन गएकी रहिछन् । 'म भाइको विवाहमा बोलाउन गएकी थिएँ, तर स्वास्थ्यका कारण उहाँ गिरिजाप्रसाद कोइराला आउन सक्नुभएन' उनले भनिन्- 'पछि आशीर्वाद लिन भाइबुहारीलाई लिएर गएकी थिएँ, उहाँ भन्नुहुन्थ्यो- 'मकहाँ जो आउँछ, सबै माग्न मात्र आउँछन् या काम लिएर आउँछन्, माया गरेर कोही आउँदैन ।'

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?