NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला कर्मचारीहरुले दुईपटक भन्दा बढि बच्चा जन्माउँदासमेत विदा र सहुलियत पाउने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 25 February 2010 13:11

काठमाडौं- सरकारी तथा गैरसरकारी सेवामा कार्यरत महिला कर्मचारीहरुले दुईपटक भन्दा बढि बच्चा जन्माउँदासमेत विदा र सहुलियत पाउने भएका छन् ।

दुई पटकमात्र बच्चा जन्माउँदा सो यस्तो विदा र सहुलियत दिने व्यवस्था खारेज गर्ने व्यवस्था सर्वोच्च अदालतले सोमबार खारेज गरेपछि उनीहरुले दुईभन्दा बढि बच्चा जन्माउँदापनि यस्तो सुविधा पाउने भएका हुन् । यसअघि दुई सन्तानभन्दा बढि बच्चा जन्माउने महिला कर्मचारीले बेतलवी विदा लिनुपर्ने बाध्यता थियो ।

सर्वोच्च अदालतका न्यायाधीशहरु खिलराज रेग्मी, बलराम केसी र गिरीशचन्द्र लालको पूर्ण इजलासले दुइपटकमात्र सुत्केरी बिदा र सहुलियत दिने व्यवस्था संविधानविपरीत रहेको भन्दै खारेज गरेको हो । यसअघि महिलाहरुले तेस्रोपटक बच्चा पाउँदा सुत्केरी बिदा र सहुलियत पाउँदैनथे । श्रीमति सुत्केरी हुँदा पुरुष कर्मचारीले पाउने सुविधापनि दुई मात्र बच्चा जन्माउँदा प्राप्त हुने गर्थ्यो ।

न्यायाधिसत्रयको इजलासले महिलालाई दुईपटकमात्र सुत्केरी बिदा र सहुलियत दिने कानुनी व्यवस्था आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारसम्बन्धी अन्तरराष्ट्रिय प्रतिज्ञापत्र र अन्त्रिम संविधानको धारा २० (२) व्यवस्थाविपरीत रहेको ठहर गरेको छ ।

सर्वोच्चको यो आदेशपछि सरकारले ती कानुन संशोधन गरी आफ्नो सेवामा रहेका महिलालाई दुइपटकभन्दा बढी सुत्केरी हुँदा पनि बिदा र सहुलियत दिने व्यवस्था गर्नुपर्ने बाध्यकारी स्थिति सिर्जना भएको छ ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?