NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

१३ वर्षे बालिका बलात्कार सम्बन्धी घटनाको सत्य तथ्य पत्ता लगाउन माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Kala Rai   
Wednesday, 16 June 2010 17:21

काठमाडौं- डोटी जिल्लाको १३ वर्षे बालिका बलात्कार सम्बन्धी घटनाको सत्य तथ्य चाँडो पत्ता लगाउन जोडदार माग गरिएको छ।

मिति: २०६७ आषाढ १ गते

प्रेस विज्ञप्ति

डोटी जिल्लाको १३ वर्षे बालिका बलात्कार सम्बन्धी घटनाको सत्य तथ्य चाँडो पत्ता लगाउन जोडदार माग

यहि मिति २०६६ साल फाल्गुणदेखि डोटी सिलगढी जिल्ला स्वास्थ्य कार्यालयमा लेखापालको रुपमा काम गर्ने डडेल्धुरा जिल्लाबासी हाल कैलाली उत्तरबेहडी बस्ने नरबहादुर भाटले धरयासी कामकाजका लागि भनी बैतडी शर्माली गाविस बडा नं १ हाल कंचनपुर बनगाँउ बस्ने जीतबहादुर साउदकी छोरी पार्वती साउद (नाम परिवर्तित) लाई राखेको विवरण खुल्न आउछ । यहि २०६६ फाल्गुण २३, २४ गतेदेखी जबरजस्ती गर्ने गरेको बताउने पार्वती साउद २०६७ बैशाष ३० गते बेलुका घरबाट भाग्ने सोच बनाई दुई लाख पचास हजार लिइ भागेको र प्रहरीमा उजुर परी उक्त रकमसहित पार्वती साउदलाई पक्री रकम र्फिता लिइ मिलापत्र सम्म भएको बताउछीन् ।

पीडितले प्रहरी र मानवअधिकार महिला अधिकारकर्मीहरुलाई आफ्नो अस्मिता लुटिएकोले पैसा चोरी भागेको र पीडकलाई कारवाहीको लागि उजुरी दिए अनुसार महिला अधिकारकर्मीहरुले स्वास्थ्य चेक गरी बलात्कार भएको सावित गरे पश्चात् उक्त घटनाले ठूलो रुप लिएको र महिला अधिकारकर्मीहरुले झुटो आरोप लगाएको भन्दै पीडक भनिने नरबहादुर भाटले डोटीका महिला अधिकारकर्मीहरुको विरुद्धमा मुद्दा दर्ता गरिएको जानकारी पाइएको छ, जसमा यस सजालका सम्पर्क व्यक्तिको नाम पनि किटान गरिएको छ ।

यसरी हेर्दा उक्त घटना कता कता जेलिएको जस्तो देखिन्छ, को अपराधी, कसले साँचो र कसले झुटो बोलिरहेको छ, त्यसको सक्दो चाँडो छानविन गर्नका लागि हामी आम एनफोस्रका सदस्यहरु नेपाल सरकारलाई जोडदार माग गर्दछौं साथै यस घटनाको छानविनका लागि आवश्यक सहयोग गरिदिनुहुन महिला अधिकारमा वकालत गर्ने संस्थाहरु, मानव अधिकारवादीहरु, नागरिक समाज र पत्रकारहरुलाई यसै विज्ञप्ती मार्फत आग्रह गर्दछौं ।

गोमा आचार्य

संयोजक
Nepal Forum for Women Rights Concern (NFOWRC)

२०६७ आषाढ १ गते

प्रेस विज्ञप्ति

बैतडी जिल्लाका आठ घर परिवारका ७५ जना विस्थापीत गरिदा महिला तथा बालबालिकामा पर्न गएको गम्भिर असर माथि ध्यानाकर्षण गर्दै न्यायको लागि पहल गरियोस्

वैतडी जिल्लाको न्वाली गाविस वाडा नं. ३ वनकाँडा वस्ने १. गज्वा भूल, २. गणेष राम भूल, ३. तारो भूल, ४. टिकाराम भूल, ५. कमलि भूल, ६. जोवरी भूल, ७. दनुवा भूल र ८. डम्मरे भूल गरी आठ परिवारका पचहत्तर जना विस्थापीत हुँदा महिला तथा बालबालिकामा पर्न गएको असरप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

वैतडी जिल्ला न्वाली गाविस वार्ड नं. ४ निवासी रैवान िसंह कार्किले नगद रु १४७ ००० अक्षरपी एक लाख सट्चालीस हजारकासाथै खसी, वाख्रासमेत लिएर उल्लखित मुक्त हिलयाहरुलाई जग्गा उपलब्ध गराएका थिए । यद्यपी मुक्त हलियाका नाममा जग्गा दर्ता हुनभने सकिरहेको थिएन । विसं. २०५५ सालमा निजको मृत्यू भएपछि उनका श्रीमती र छोराले जग्गा पास गरिदिने अश्वासन दिएता पनि नीजका भतिजा विश्राम कार्कीले भने जग्गा छोड्नका लागि पटकपटक दवाव दिदै आएका थिए । मुक्त हलिया परिवारले उपयोग गरिरहेको जग्गा छोडन नमानेपछि नीज विश्राम कार्कीले मुक्त हलिया महिला तथा बालबालिका समेतलाई हातपात गर्दै मुक्त हलिया परिवारले लगाएको वालीनालीका साथै चलअचल सम्पतीसमेत कब्जा गरेका छन् । विश्राम कार्कीले दिएको दवावका कारण मिति २०६७ वैसाख १८ गते मुक्त हलियाहरु सो ठाँउबाट विस्थापित भएका छन् । विस्थापीत मुक्त हलियाहरु मध्येका केहि सडकमा पाल टागेर वसेका छन् भने केहि मुक्त हलियाहरु अफन्तकँहा सहयोग लिएर वस्न बाध्य छन् ।

यसघटनाप्रति सबै निकायको गम्भिर ध्यानाकर्षण गर्दै विस्थापित मुक्त हलियाहरुको न्यायका लागि मानव अधिकारकर्मी, पत्रकार, राजनीतिक दल, संघसंस्था, प्रहरी, प्रशासन लगायतका सरोकारवाला सवै निकायलाई सत्य तथ्य पत्ता लगाई आवश्यक पहल गरिदिनहुन अनुरोध गर्दछौं ।

गोमा आचार्य

संयोजक
Nepal Forum for Women Rights Concern (NFOWRC)

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?