NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला सैनिकद्वारा आत्महत्या, सेना संबेदनहीन PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Sitaram Baral   
Monday, 22 February 2010 05:43

काठमाडौं- नेपाली सेनाको मध्यपृतनामा कार्यरत एक महिला सैनिकले आत्महत्या गरेकी छन् ।

सेनाभित्र रहस्यमय मृत्यु तथा आत्महत्याको क्रम बढिरहेका बेला जङ्गी अड्डाले भने यसको कारण खोज्ने गम्भीर प्रयास गरेको छैन । गत हप्ता सुनसरीको इटहरीस्थित पूर्वी पृतनामा तालिमे सिपाहीको रहस्यमय मृत्यु भएको थियो ।

जानकारी अनुसार, मध्यपृतनामा कार्यरत निरु थिङ्ग कोठाको पंखामा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । सोमबार विहान आत्महत्या गरेकी उनी सेनामा प्यूठ दरबन्दीमा कार्यरत थिइन् । उनी चार वर्षअघि नेपाली सेनामा प्रवेश गरेको बताइएको छ ।

एक वर्षको तालिमपछि सैनिक मुख्यालय काठमाडौंमा कार्यरत निरुलाई ६ महिनाअघि मध्यपृतनामा सरुवा गरिएको थियो । अविवाहित निरुको घर नुवाकोटको पिपल गाविस वडा नं. १ मा रहेको बताइएको छ । सोमबार विहान मृत अवस्थामा भेटिएपछि सेनाले प्रहरीलाई खवर गरी जानकारी दिएको थियो ।

उनी सुत्ने कोठामा थप दुई जना महिला सैनिकपनि सुत्ने गर्थे । तर आइतबार राति उनी एक्लै सुतेकी थिइन् । सो घटनाको विषयमा बुझ्न पृतनाले कोट अफ इन्क्वाइरी पनि गठन गरेको छ । लेफ्टिनेन्ट कर्णेलको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरीमा एकजना महिला सैन्य अधिकृतसमेत रहेको बताइएको छ ।

श्रोतका अनुसार आत्महत्या अघि निरुले पत्र लेखेको भेटिएको छ । आफूले स्वेच्छाले आत्महत्या गरेको कुरा उनको पत्रमा रहेको जङ्गी अड्डास्थित श्रोतले बतायो । सेनामा कार्यरत सैनिकहरुले आत्महत्या समाचार पटक पटक आएपनि यसरी पटक पटक हुने आत्महत्याको कारण खोज्ने प्रयास भने जङ्गी अड्डाले खोज्ने गरेको पाइँदैन ।

खासगरी युद्धको समयमा सैनिकहरुले आत्महत्या गर्ने गरेका छन् । तनावका कारण इराकमा खटिएका अमेरिकी सेनाहरुले पनि आत्म हत्या गर्ने गरेका छन् । सशस्त्र द्धन्दका बेला नेपाली सेनाका केही अधिकृत र जवानहरुले आत्महत्या गरेका थिए । तर सेनाले यससम्बन्धमा कहिल्यैपनि गम्भीर अनुसन्धान गरेन ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?