NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालमा मातृ मृत्युदर आधा घट्यो PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 23 November 2009 23:11

काठमाण्डौ- पछिल्लो एक दशकमा नेपालमा मातृ मृत्युदर ५७ दशमलव ५ प्रतिशतले घटेको प्रतिवेदन सार्वजनिक भएको छ ।

राजधानीमा मंसिर ८ गते सार्वजनिक गरिएको मातृ मृत्यु तथा अशक्तता अध्ययन-२०६५ को अध्ययन प्रतिवेदनमा यो विवरण सार्वजनिक गरिएको छ । प्रतिवेदन अनुसार सन् १९९८ मा प्रति एक लाख जिवित जन्ममा ५३९ रहेको मातृ मृत्युदर अहिले २२९ मा झरेको हो ।

यस्तै, प्रतिवेदनमा १० वर्षको अवधिमा गर्भपतनको दर भने १० प्रतिशतबाट बढेर १४ प्रतिशतमा पुगेको उल्लेख छ । गर्भपतनको दर बृद्धि हुनुमा यसले कानुनी मान्यता पाउनु एक महत्वपूर्ण कारण हो । प्रजनन् अवस्थामा पुगेका महिलाले आत्महत्या गर्ने दर पनि १० प्रतिशतबाट बढेर १६ प्रतिशत पुगेको पाइएको छ ।

अमेरिका र वेलायती सरकारको सहयोगमा नेपाल सरकारले २००८ मा गरेको अध्ययनले विगत १० वर्षको तुलनामा प्रति एक लाख जिवित जन्ममा मातृ मृत्युदर घटेर २२९ मा झरेको पाइएको हो । कार्यक्रममा स्वास्थ्य सचिव डा. सुधा शर्माले यो अध्ययनले मातृ मृत्यु कम गर्ने सहस्राब्दी विकास लक्ष्य हासिल गर्न सफलता र चुनौति दुवै देखिएको बताइन् ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?