NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

मिस कलेज २०१० प्रतियोगिता हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Tuesday, 02 November 2010 14:14

काठमाडौं- कलेजका छात्राहरुको प्रतिभालाई प्रस्फुटन गराउँदै राष्ट्र निर्माणमा लगाउने उद्देश्यसहित आगामी डिसेम्बर २५ मा राजधानीमा मिस कलेज २०१० प्रतियोगिता हुने भएको छ ।

कलेज रिडस्र समूहले आयोजना गर्ने सो प्रतियोगितामा मुलुकभरिका प्लस टु र स्नातक तहमा अध्ययनरत १६ देखि २४ वर्षसम्मका छात्राहरुबाट उत्कृष्टलाई चयन गरि अन्तिम प्रतिष्पर्घा गराईने जानकारी आयोजकहरुले दिएका छन् ।

जानकारी अनुसार, मुलुकभरबाट उत्कृष्ट छात्रा छनौट गर्न काठमाडौं, बनेपा, पोखरा, बुटवल र झापामा अडिसनहरु गरिनेछ । यसरी छनौट भएर आएका छात्राहरुलाई राजधानीमा प्रशिक्षण दिएर प्रतियोगितामा सहभागी गराईनेछ । पर्यटन वर्ष २०११ को राष्ट्रिय अभियानलाई टेवा पुर्याउने उद्देश्यले गर्न लागिएको प्रतियोगिताको नारा 'ब्यूटी विथ ब्रेन' तय गरिएको छ ।

सहभागिताकालागि न्यूनतम उचाई पाँच फिट तय गरिएको सो प्रतियोगितामा उत्कृष्ट हुनेलाई मिस कलेजको ताजसहित १ लाख रुपैया नगद पुरस्कार, फष्ट रनरअप हुनेलाई ५० हजार रुपैया र सेकेण्ड रनरअप हुनेलाई २५ हजार रुपैया नगद पुरस्कार प्रदान गरिने छ । त्यस्तै, प्रतियोगितामा १२ विधामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने आयोजकले जानकारी दिएका छन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?