NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

अव 'मिस्टर एण्ड मिस कान्छा-कान्छी प्रतियोगिता' हुने PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Sunday, 19 September 2010 12:59

काठमाडौं- मिस नेपाल, मिस तामाङ, मिस शेर्पा, मिस आर्यानलगायतका आधा दर्जन सौन्दर्य प्रतियोगिताको भीडमा बिल्कूलै अव नयाँ प्रकारको सौन्दर्य प्रतियोगिता 'मिस्टर एण्ड मिस कान्छा-कान्छी प्रतियोगिता' हुने भएको छ ।

युथ डेस्टिनेसन नेपालको आयोजनामा यही मंसीर १८ गते राष्ट्रिय नाचघरमा सो प्रतियोगिताको आयोजना हुने बताइयो ।

आयोजक संस्थाकी लक्ष्मी तामाङ्गले दिएको जानकारीअनुसार, नेपाली भाषा, संस्कृति, कला र प्रतिभाको संरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो प्रतियोगितामा १६ देखि २२ वर्षसम्म उमेर समूहका ५ फिट ३ ईन्च उचाई भएका युवा र ५ फिट २ ईन्च उचाई भएका यूवतीले सहभागिता जनाउन पाउने छन् ।

यसकालागि न्यूनतम एसएलसी उतीर्ण हुनु पर्ने मापदण्ड आयोजक संस्थाले राखेको छ ।

प्रतियोगितामा सहभागिताकालागि आवेदन दिएका मध्ये ३० जनाको छनौट गरेर उनीहरुलाई तालिम दिएर प्रतियोगिताको आयोजना गरिने भएको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमश २० हजार, १० हजार र ५ हजार रुपैया नगद पुरस्कार दिईने आयोजक संस्थाका सल्लाहकार खगेस रन्जितकारले जानकारी दिए ।

प्रतियोगिताका सहभागीहरुलाई मिस्टर एण्ड मिस ट्यालेन्ट, पस्रनालिटी, वेस्ट कल्चर, फोटोजेनिक, क्याटवाक, स्माईल, डिसिप्लेन, भ्यूवर च्वाईस र बेस्ट कपललगायतका विधाहरुमा पुरस्कृत गरिने छ । प्रतियोगितालाई स्वागत, नृत्य, परिचय, बेस्ट कल्चर, उत्कृष्ट १४, उत्कृष्ट ७ र पुरस्कार वितरण राउण्डको रुपमा संचालन गरिने आयोजक संस्थाकी सल्लाहकार रोजी शेर्पाले जानकारी दिइन् ।

-Sitaram Baral in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?