Inside

All Time Top 50 News

विमानस्थलका कर्मचारीहरुकै मिलेमतोमा नेपाली चेलीहरुको बेचविखन ? PDF Print E-mail
Share
User Rating: / 7
PoorBest 
Written by Sitaram Baral   
Monday, 15 August 2011 09:45

काठमाडौ- त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका कर्मचारीहरुकै मिलेमतोमा नेपाली चेलीहरुलाई बेचविखनकालागि भारत लगायतका मुलुकमा लैजाने गरिएको दावी एक पीडित महिलाले गरेकी छन् ।

Saru Basnet and Ramamaya Gurung. Photo: Sitaram

गत जेठ ९ गते भारतको कोठीमा बेचिनबाट जोगिएर काठमाडौं आईपुगेकी सरु बस्नेत नामक महिलाले सोझा नेपाली दिदी बहिनीहरुलाई बम्बैको काल कोठरी पुर्याउने काम विमानस्थलका कर्मचारीहरुको मिलेमतोमा हुने गरेको आरोप लगाएकी हुन् ।

पीडित सरु बस्नेतले आफूलाई जोर्डनमा महिनाको ४० हजार कमाईन्छ' भन्दै दलाल भरत न्यौपाने र वीरेन्द्र खनालले आफूलाई भारत पुर्याएको बताइन् । आफूलाई भारत पुर्याएर अर्का दलाल समिर मियाँलाई २ लाख ५० हजारमा आफूलाई बेच्न लागिएको उनको कथन थियो । आफू बेचिन लागेको थाहा पाएर नजिकैको पसलमा गई गुहार मागेको र हेल्प नेपाली मिसनको सहयोगमा आफू नेपाल फर्कन सफल भएको उनले बताइन् ।

'एयरपार्टमा मलाई कहाँ जाने पासपोर्ट देखाउनुस् भन्दा नजिकै रहेका त्यहाँका कर्मचारीलाई दलालले प्लाष्टिकको पोकामा पैसा दिएपछि नयाँ दिल्ली जान दिइयो' उनले भनिन्- 'यसरी नेपाली चेलीहरुलाई विमानस्थलकै कर्मचारीहरुको मिलेमतोमा अन्य देश जाने भन्दै भारत पुर्याएर बेचिने गरिँदो रहेछ ।' अर्की पीडित धादिङ्गकी राममाया गुरुङलेपनि कुवेत पठाईदिने बहानामा दिल्ली पुर्याएर ६० हजारमा बेच्न लागिएको र आफूपनि भाग्न सफल भएको दावी गरिन् ।

-Sitaram Baral in Kathmandu

Not enough of reading us? Visit our multimedia channels:

 

Be the first to know

Member Login





OUR COMMITMENT

USNepalOnline.Com is a New York-based popular community news portal dedicated to the Nepalese community in New York and around the world. We bring news and views from Nepal and from the Nepalese Diaspora. We are committed to providing a wide array of international features relating to Nepalese politics, people, lives, culture and so on. Our dedicated editors, representatives, and contributors in New York, Nepal and from elsewhere work to bring Nepal and the Nepalese into the cyber-world as it happens. We operate as a primary news source that touches the lives of the Nepalese community in ways that matter most to our readers. Our mission is to provide quality news and educational resources about Nepalese culture and its people within and beyond the Nepalese-American community.