NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

सुजातापछि गिरिजा बाबुको नेपालमा बंश नाश हुने सम्भावना PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Saturday, 25 December 2010 17:36

काठमाडौं- आफैले जर्मन नागरिकसँग बिहे गरेर विदेशी नागरिक बनेकी परराष्ट्रमन्त्री सुजाता कोइरालाले नेपाली नागरिकता लिएपनि उनका सबै सन्तान विदेशी नागरिक हुने भएका छन् ।



उपप्रधानमन्त्री कोइरालाका पिता स्व. गिरिजाप्रसाद कोइरालापनि जन्मका हिसावले विदेशी थिए । उनका पिता कृष्णप्रसाद कोइराला भारत प्रवासमा रहेका बेला स्व. कोइराला भारत विहारको टेडीमा जन्मेका थिए।

उपप्रम कोइरालाकी छोरी मेलानी र छोरो आब्रेस दुबैले परराष्ट्रबाट जर्मनी नागरिकता देखाएर एनआरएनको परिचयपत्र लिएपछि उनीहरु नेपाली नागरिक हैनन् भन्ने पक्का भैसकेको छ । आफू शक्तिमा भएका बेला कोइरालाले आमाका नाममा पनि नागरिकता दिने व्यवस्था गरेको भए सुजाताका छोराछोरी नेपाली नागरिक हुने थिए र भविश्यमा नेपालको मन्त्री बन्न पाउने थिए ।

तर अब सुजाताबाहेक कोइराला बंशबाट मन्त्री बन्ने सम्भावना समाप्त हुने देखिएको छ । स्व. गिरिजाप्रसाद कोइरालाबाहेक अन्य बंशको मात्रै अब नेपाली राजनीतिमा प्रभाव रहने छ । किनकी, नेपालको बर्तमान कानून अनुसार सुजाताका सन्तानहरु नेपाली राजनीतिमा लागेर कुनै उच्च पदमा पुग्न सक्ने छैनन् ।

छोरीलाई विदेशीसित विवाह गराए पनि सुजाताले हालै आफ्नो छोरा आब्रेस जोष्टको विवाह भने पोखराका कोइराला थरकै मोटर पार्टस् ब्यापारीकी छोरीसित गराएकी छन् । तर आब्रेसले आफ्नै मावलीकी छोरीसित बिहे गरे पनि उनी नेपाली बन्ने छैनन् बरु एउटी नेपाली चेलीका छोराछोरी पुनः सुजाताका छोराछोरीझै विदेशी नागरिक बन्ने देखिएको छ ।

नेपालमा आमाको नामबाट नागरिकता दिने कानून अझै बनेको छैन । सुजाताकी बुहारीले भने जोष्टको साटो कोइराला थर झुण्ड्याएर सुजाताले जस्तै राजनीति गर्ने हुन् कि ! त्यो एउटा सम्भावना भने बाँकी देखिन्छ । अर्काे सम्भावना पनि छ, त्यो हो- मेलानीले रुबेलसँग सम्बन्धविच्छेद गरी नेपालीसँग विहे गरेर नेपाली नागरिकता लिई राजनीतिमा आमा र हजुरबाको बिँडो थाम्न सक्छिन् । तर के उनले यसो गर्लिन् !

-Sitaram Baral in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?