NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने काँग्रेसका कार्यकताले २८ हजार जरिवाना तिरे PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Sunday, 09 January 2011 23:42

काठमाडौं- प्रहरी जवानको कोठामै छिरेर मध्ये रातमा प्रहरीको श्रीमतीलाई करणीको प्रयास गर्ने नेपाली काँग्रेसका सकृय कार्यकताले रु २८ हजार जरिवाना तिरेका छन् ।

पश्चिम नेपालको पाल्पाको सदरमुकाम तानसेन शिल्खानटोल निवासी नेपाली काँग्रेस कार्यकर्ता अन्जन ज्ञवालीले महिलालाई करणी गर्ने प्रयास गरेकोले घटनालाई सार्वजनिक नगर्ने सहमतिमा उक्त जरिवाना तिरेका हुन् ।

प्रहरी अधिकारीको रोहवरमा गोप्य रुपमा सहमति गराई घटना गुपचुप राखिएको थियो । नेपाली काँग्रेस पाल्पाको दबाबमा घटनालाई गुपचुप गर्न खोजिए पनि दुई दिन पछि घटना सार्वजनिक भएको छ ।  पाल्प्ााको प्रभासस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवानका श्रीमतीलाई करणीको प्रयास गर्ने अभियुक्त ज्ञवालीलाई नेपाली काँग्रेसका जिल्ल् नेताको दबाबमा प्रहरीले हिरासतमा राखेको दुई दिनमै छाडिदिएको प्रहरी स्रोतले जानकारी दिएको छ । तानसेनस्थित कोठामा एक्लै रहेको समयमा प्रहरीको श्रीमतीलाई राति ११ बजे मदिराले लट्ठिएर पुगेका ज्ञवालीले कोठामा प्रवेश गरी लछारपछार पार्दै करणीको प्रयास गरेका थिए ।

पीडित महिलाले प्रतिकार गरेर हार गुहार मागेपछि स्थानियवासीहरु जुटेर ज्ञवालीलाई समाती जिल्ला प्रहरी कार्यालय पाल्पामा बुझाइएका थिए । अभियुक्त अन्जन ज्ञवाली नेपाली काँग्रेसको विद्यार्थी सङ्गठन नेविसङ्घ पूर्व केन्द्रीय सदस्य तथा पूर्व जिल्ला सभापति एवम् त्रिभुवन बहुमुखी क्याम्पसका पूर्व स्ववियू सभापति महेश ज्ञवालीका भाइ हुन् । ज्ञवालीले यसअघि पनि काँग्रेसका एक उच्च नेताकी श्रीमतीलाई अनैतिक कार्य गरेको खुलासा भएको प्रहरी नायब उपरिक्षक पवनकुमार गिरीले बताएका छन् ।  

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?