NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बलात्‍कृत महिला प्रहरीद्वारा रुदै सभासदहरुलाई घटनाको बेलिबिस्तार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Tuesday, 01 December 2009 13:39

काठमाण्डौ- ब्यबस्थापिका संसद अन्तर्गतको महिला, बालबालिका तथा समाजकल्याण समितिद्वारा गठित उपसमितिले गृहमन्त्री भीमबहादुर रावल र कानुन मन्त्री प्रेमबहादुर सिँहलाई बोलाएर अछाममा महिला प्रहरी बलात्कृत भएको घटनाका सम्बन्धमा जानकारी माग गर्ने भएको छ ।



मंसिर १६ गते बसेको उपसमितिको वैठकले मन्त्रीद्वय रावल र सिँहलाई मंसिर १७ गते बोलाउने निर्णय गरेको हो ।

उपसमितिले आधा दर्जन पुरुष सहकर्मीबाट बलात्कृत महिला प्रहरी सुन्तली धामी र सुदुरपश्चिममा कार्यरत डिआईजि पार्वती थापा मगरसँग घट्नाको विषयमा आज छलफल गरेको छ । छलफलका क्रममा डिआईजि थापाले घटनामा दोषि ७ जना प्रहरीलाई कारवाही गर्नुको साटो एसएसपि डकबहादुर कार्की लगायतका प्रहरी अधिकारीले घट्नालाई ढाकछोप गर्ने षडयन्त्र गरिरहेको बताएकी छन् ।

पिडित प्रहरी धामीले आफुलाई ७ जना प्रहरीले सामुहिक बलात्कार गर्दाको अवस्थाबारे यथार्थ विवरण रुँदै उपसमितिलाई सुनाएकी थिइन् । सुन्तलिको भनाईपछि उपसमितिमा रहेका सभासदहरुले तल्काल गृहमन्त्री र कानुन मन्त्रीसंग थप छलफल गर्नुपर्ने निर्णय गरेका थिए ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?