NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

बलात्कृतपछि हत्या गरिएकी भनिएकी युवति जिबितै फेलापरेपछि मृत्‍यु दण्डबाट आजीवन काराबास PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Sitaram Baral   
Thursday, 20 January 2011 15:06

काठमाडौं- सात बर्षअघिदेखि दोहामा जेल सजायँ भोगिरहेका सिराहाका ४२ बर्षीय चन्द्रशेखर यादवको रिहाईकालागि पहल गरिदिन उनका आफन्तले सरकारलाई अनुरोध गरेका छन् ।


इण्डोनेशियाली एक युवतीलाई बलात्कारपछि हत्या गरेको अभियोग उनीमाथि लागेको छ । यसै अभियोगमा प्रहरीले यादवलाई पक्राउ गरी जेल चलान गरेको थियो । उनीद्धारा बलात्कृतपछि हत्या गरिएकी भनिएकी युवति चाहिँ आफ्नै देशमा फर्किसकेको पुष्टि भएको छ ।

यादवकोतर्फबाट दोहाकी वकिल मुना अब्दुर रहीमले मुद्दा लडेकी थिइन् । त्यसबेला दोहा अदालतले यादवलाई मृत्युदण्डको फैसला सुनाएको भएपनि गत डिसेम्बरमा त्यहाँको सरकारले मृत्युदण्डलाई कैदमा परिवर्तन गरेको थियो । 'वकिल रहीमको पहलमा मृत्युदण्डको मुद्दा कैदमा परिवर्तन भएछ यसमा मलाई खुशी लाग्यो' पत्रकार सम्मेलनमा कांग्रेस नेतृ चित्रलेखा यादवले भनिन्- 'अब वकिल रहीमले यादवको पुरै कैद मिनाहा गर्न दोहा सरकारसँग कुरा गरिदिनुहुनेछ भन्ने बिश्वास लागेको छ ।'

कतारको सरकारले उनलाई १५ बर्षको कैद सजायको घोषणा गरिसकेको छ । उनले जेल भोगेको ७ बर्ष र बाँकी ८ बर्ष गरी १५ बर्षे कैदको घोषणा भएको थियो। यादवका छिमेकी मुख्तर यादवले भने- 'यदि हाम्रो सरकारले नेपाली दूतावास दोहामार्फत् दोहा सरकारलाई अनुरोध गर्यो भने बाँकी सजायँपनि माफी हुने थियो ।' यादवका आफन्तले मृत्यु दण्डको सजायँ भोगिरहेका यादवको मुद्दा कैद सजाय परिणत गर्न सफल वकिल रहीमको सम्मानमा एक कार्यक्रम पनि गरेका छन् ।

सम्मान कार्यक्रममा वकिल रहीमले उनलाई मृत्युदण्डको सजायबाट मुक्त गराउन सफल भएकोमा आफू गौरवान्वित भएको बताइन् । नेपाल सरकार बैदेशिक रोजगार प्रबर्धन बोर्डले वकिललाई खर्चबापत २० हजार कतारी रियाल यसअघि नै उपलब्ध गराइसकेको छिमेकी यादवले बताए । यादवद्वारा बलात्कारपछि हत्या गरिएकी भनिएकी इण्डोनेसियाली युवती हाल आफ्नै मुलुकमा फर्किएको पुष्टि भएपछि उनीमाथी बलात्कारको मात्रै मुद्दा बाँकी रहेको बताइएको छ ।

-Sitaram Baral in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?