NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

काठमाडौंमा एकल महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 24 June 2010 13:07

काठमाडौं- एकल महिलाहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

एकल महिलाको समानताकालागि प्रभावकारी रणनीति तर्जुमा गर्न अन्तर्राष्ट्रियस्तरबाट आवाज उठाउने उद्देश्यले असार १० गते काठमाडौंमा सम्मेलन शुरुवात भएको हो । 'एकल महिलाको सशक्त आवाज' मूल नारा रहेको  सम्मेलनमा नेपाल, अफगानिस्तान, श्रीलङ्का, अस्ट्रेलिया, बङ्गलादेश, भुटान, जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका, बेलायतबाट झण्डै ५०० एकल महिला सहभागिता छन् ।

मानव अधिकारकालागि एकल महिला समूह आयोजक रहेको सम्मेलन दुई दिनसम्म सचालन हुने आयोजकले जानकारी दिएको छ । महिला बालवालिका तथा समाज कल्याण मन्त्री सर्वदेवप्रसाद ओझा प्रमुख अतिथि रहेको सम्मेलनमा 'विडोज फर पिस थ्रु डेमोक्रेसी' बेलायतका निर्देशक मार्गरेट ओवेन, राष्ट्रिय महिला आयोगका अध्यक्ष नैनकला थापा मगर, एमाले नेतृ अष्टलक्ष्मी शाक्यलगायतले पितृसत्तात्मक समाजमा एकल महिलाको संघर्ष झन चर्को हुनेमा धारणा राखेका थिए ।

-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?