NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला प्रहरीमाथि भएको बलत्कारको महिला सभासद टोलीको निष्कर्ष PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Friday, 30 October 2009 14:18
काठमाडौं- अछाममा महिला प्रहरीमाथि भएको बलत्कारको घटना छानविनका लागि स्थलगत अध्ययनमा गएको महिला सभासदको टोलीले महिला प्रहरीमाथि सामुहिक बलात्कार भएको निष्कर्ष निकालेको छ ।
स्थलगत अध्यनवाट फर्केर आएपछि सभामुख सुवासचन्द्र नेम्वाङलाई कार्तिक १३ गते वुझाएको अध्ययन प्रतिवेदनमा टोलीले प्रहरी सुन्तली धामीमाथि ६ जना प्रहरीलॆ योजनावद्ध रुपमा व्यारेकमै बलात्कार गरेको उल्लेख गरेको छ ।
असोज ११ गते असई दानसिँ भण्डारी, हवल्दारत्रय करवीर थलाल, वीरेन्द्रबहादुर बम र वीरादत्त बडु तथा प्रहरी जवानद्वय नरभान महतारा र जगदीश पाण्डेमाथि धामीलाई बलत्कार गरेको अभियोग छ ।
४ जना सभासद सहित ६ जनाको टोली घटनाको स्थलगत अध्यनका लागी अछाम पुगेर फर्केको छ । टोलीले त्यस क्षेत्रमा कार्यरत डिआइजी पार्वती थापा मगरलाई समेत सरुवा गरी घटनालाइ सामसुम पार्ने षड्यन्त्र भइरहेको आशंका गरेको छ । डिआईजी थापा मगर बलात्कृत धामीलाई न्याय दिलाउने पक्षमा खुलेर लागेकी थिइन् ।
स्थलगत अध्यनमा गएको टोलीले अवदेखि यस्ता घटनाहरु नदोहोरियुन भन्ने उदेश्यले दोषिमाथी कडा भन्दा कडा कारवाहीको माग गरेको छ ।
-Santa Bagam in Kathmandu

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?