NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला सभासदहरुको समूह (ककस) द्वारा अब बन्ने सरकारमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने माग PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Santa Bagam   
Thursday, 15 July 2010 17:39

काठमाडौं- संविधान सभामा प्रतिनिधित्व गर्ने महिला सभासदहरुको समूह (ककस) ले अब बन्ने सरकारमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत हुनुपर्ने माग गरेको छ ।



नयाँ बानेश्वरस्थित संविधान सभा भवनमा असार ३१ गते बसेको २५ दलका प्रतिनिधिहरुसँगको छलफलमा महिला सभासदहरुले शान्ति र संविधान लेखनलाई सुनिश्चितता गर्न महिला सहभागितामा जोड दिएका हुन् ।

बैठकमा सहभागी संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ्ले पार्टी भित्र दवाव दिन आग्रह गर्दै आफूले सकेको भूमिका निर्वाह गर्ने आश्वासन दिएका थिए । यसअघिका सरकारमा महिलाको प्रतिनिधित्वलाई वेवास्ता गरेकाले अबको मन्त्रिमण्डलमा अनिवार्य सहभागिता गराउन दबाब दिने उद्देश्यले छलफल थालिएको ककसका संयोजक मोहमदी सिद्धिकीले बताइन् ।

महिला सभासदहरुले राष्ट्रिय सहमतिको सरकार निर्माणको लागि आग्रह गर्दै प्रस्तावित राज्य पुनःसंरचना आयोगसहित राज्यका हरेक निकायमा एक तिहाई महिला प्रतिनिधित्व सुनिश्चित गर्न दवाव दिएको सभासद दामा शर्माले जानकारी दिइन् । महिलाहरुको सरकार मात्रै हैन राज्यको सबै निकायमा नगन्य उपस्थित रहेको छ ।

-Santa Bagam in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?