NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

महिला व्यावसायी आत्मनिर्भर बन्दै: १० हजार ऋणबाट ३ लाखको व्यापार PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Chandrakanta Khanal   
Friday, 01 January 2010 15:38

रुपन्देही- गुल्मी जिल्लाका महिलाले व्यावसायिक रूपमा कृषिखेती सुरु गरी आम्दानी बढाउँदै लगेका छन् । उनीहरूले कुखुरा, भैँसी, बाख्रापालन र तरकारी खेतीलाई आम्दानीको मुख्य स्रोत बनाएका छन् ।



मैत्री बहुउद्देश्यीय सहकारी संस्थाको लघुवित्त कार्यक्रमअन्तर्गत केन्द्रमा आबद्ध भएपछि कृषिखेतीमा महिला आकर्षण बढ्न थालेको हो ।

महिलाले फाराम नै तयार पारी कुखुरा, भैँसी तथा बाख्रापालन सामूहिक रूपमा गर्न थालेका छन् । नयाँ गाउँ, अर्खले, वीरवास, सिमीचौर, दुबीचौर, बलेटक्सार, तम्घासलगायत गाविसमा रहेको मैत्री महिला केन्द्रमा आबद्ध १०९४ महिलाले व्यावसायिक रूपमा कृषि पेसा अँगालेका छन् ।

थोरै रकम सामूहिक रूपमा वचत गरी केन्द्रकै सदस्य जमानी बसी लगेको ऋणबाट महिलाले कुखुरा, बाख्रा पाल्ने तथा अन्य व्यवसायमा पनि हात हालेका छन् । पूणिर्मा मैत्री महिला केन्द्र वीरवासकी सदस्य लक्ष्मी चुदाली सदस्य जमानी बसेर विनाधितो ऋण पाएकोमा सजिलो भएको बताउँछिन् । 'साहुसँग हात फैलाउँदा पनि ऋण पाइँदैनथ्यो,' उनले भनिन्, 'किस्ता-किस्तामा साँवा र व्याज बुझाउँदा सहज भएको छ ।' चुदालीका अनुसार समूहमा बसेर काम गर्दा सामूहिक सहयोग भावना बढ्दै गएको छ ।

उनीमात्र होइन हरियाली महिला मैत्री केन्द्र, वीरवासकी सदस्य हुमकला कार्कीले संस्थाबाट लिएको ऋणबाट व्यवसाय गरी ५ जनाको परिवार पालेकी छिन् । संस्थाबाट सुरुमा १० हजार ऋण लगेर कुखुरापालन थालेकी कार्कीले हाल २ सयभन्दा बढी कुखुरा पालेकी छिन् । उनले कुखुरापालनसँगै तरकारी खेती पनि सुरु गरेकी छिन् । कार्की भन्छिन्, 'बारीभरि आलु र गोलभेडा लगाएकी छु । त्यसबाट ३ लाखसम्मको व्यापार भयो ।'

त्यस्तै, नयाँगाउँमा रहेको सूर्यदीप मैत्री महिला केन्द्रकी भागीरथी गुरुङले लघुवित्त कार्यक्रमबाट ऋण लगेर ४ वटा भैँसीमार्फत दूध बेच्न थालेकी छिन् । 'अहिले घरखर्च चलाउन सहज भएको छ, कसैको आश गर्नुपरेको छैन,' गुरुङ भन्छिन् ।

उनीजस्तै मिलनचौतारी मैत्री महिला केन्द्र तम्घासकी भागीरथी विकले बाख्रापालनबाट राम्रो आम्दानी गर्न थालेकी छिन् । अर्खलेको रेसुंगा मैत्री महिला केन्द्रकी लक्ष्मी पन्थीले बारीभरि गोबी लगाएकी छिन् । 'तरकारी बेचेर साँवा ऋणको किस्ता तिर्नसक्ने भएकी छु,' उनले भनिन् ।

महिला समूह संस्थाको सहयोगमा आत्मनिर्भर बन्न सफल भएको मैत्री बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक मधु आचार्यले जानकारी दिए । प्रत्येक वर्ष उत्कृष्ट समूह छनोट गरी पुरस्कृत गरिने उनले बताए । 'समूहमा हालसम्म २० लाख ७५ हजार ३ सय ८० रुपैयाँ वचत तथा ३१ लाख ४२ हजार ५ सय ७० ऋण परिचालन भएको छ । संस्थाले निकट भविष्यमा थप गाविसमा कार्यक्रम लग्ने योजना बनाएको छ,' आचार्यको भनाइ छ ।

-Chandrakanta Khanal in Butwal

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?