NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

नेपालमा महिला बेचबिखन मौलाउँदो PDF Print E-mail
Share
User Rating: / 0
PoorBest 
Written by Anand Gurung   
Friday, 18 December 2009 01:02

सन् २०१० लैंगिक हिंसा विरुद्धको वर्षको औचित्य
काठमाण्डौ- मानब बेचबिखन हाम्रो समाजमा ब्याप्त एक निकृष्ट तथ्य हो । नेपालमा पछिल्लो समय महिला बेचबिखनका घटनाहरु अरु बढ्दै गईरहेको पाईन्छ ।



गरीबि, अशिक्षा र घरेलु हिंसाबाट प्रताडित महिलालाई ललाई फकाई, झुक्काई, डर त्रास देखाई वा आफ्नो शक्ती र ओहोदाको गलत प्रयोग गरी राम्रो काममा लगाईदिने प्रलोभन देखाएर देश भित्र र देश बाहिर बेचबिखन गर्ने गरेको थुप्रै घटनाहरु छन् । यस्तो किसिमको मानव बेचबिखन मुख्य रुपले यौन व्यवसाय सचालन गर्नकालागि गरेकेा पाईन्छ् । हाम्रो देशमा मानब बेचबिखन गाउंबाट शहरका होटल, क्याबिन रेष्टुरेण्ट, डान्स बार, मसाज सेन्टर, इंटा कारखाना, गलैचा र कपडा उधोग आदीमा र बाह्य रुपमा भारत लगायत विभिन्न देशहरुमा भैरहेको पाईन्छ ।

भारतको मुम्बई (बम्बई) नेपाली चेलीहरु बेचिने मुख्य भूमि हो । प्रत्येक बर्ष भारत पुग्नॆ महिला तथा बालिकाको संख्या १० देखी १५ हजार भएकॊ तथ्याङ छ । नेपाली महिला तथा बालिका भारत बाहेक हंङ्गकङ्ग, थाईल्यान्ड, मलेशिया, कुबेत र साउदी अरेबिया लगायत खाडी मुलुकहरुमा पनि बेचिने गरेका छन् ।

वैदेशिक रोजगार र अध्ययनको नाममा विभिन्न म्यानपावर कम्पनी तथा कन्सल्टेन्सीहरुबाट विदेश जाने नेपाली महिलाहरुको संख्या पनि पछिल्लो समय त्यक्तीकै बढेको देखिन्छ ।

प्रधानमन्त्री माधबकुमार नेपालद्वारा सन् २०१० लाई लैंगिक िहंसा विरुद्धको वर्ष घोषणा गरेको कुरा यहाँ स्मरण गर्नु बान्छित हुन्छ। यसको कार्यनिती र प्रभाब हेर्न बांकी छ । अब बन्ने संबिधानमासमेत लैगिक समानताका लागि महिला तथा बालबालिका निम्ती कस्तो ब्यबस्था गर्ने भन्ने विषयमा ब्यापक छलफल भएको देखिन्छ ।

त्यसो त नेपालमा यो क्षेात्रमा काम गर्ने सरकारी र गैर सरकारी गरी झन्डै हजारभन्दा बढी संस्थाहरु रहेका छन् । तर महिलामाथिको हिंसा र बेचबिखन घट्नु को साटो बढ्दो छ।

गैर सरकारी संस्था शक्ती समुहले २००८ मा आयोजना गरेको बेचबिखनबाट प्रभावीतहरुको क्षेत्रिय तथा राष्ट्रिय भेलाको प्रतिबेदन अनुसार नेपालका सबैजसो जिल्लाहरुमा बैदेशिक रोजगारको क्रममा बेचबिखनको समस्या अत्यधिक रुपमा बढेको जनाएको थियो ।

प्रभावीत महिलाहरु र यस संस्थाको रिपोर्ट अनुसार नेपाली महिलाहरु बेचिने मुख्य कारणहरुमा अशिक्षा, घरेलु िहंसा र आर्थिक अवस्था नै प्रमुख रुपमा रहेकोछ। यस्तो परिस्थितीमा जागीर लगाईदिने बहानामा खास गरि गरिब परिबारका महिला तथा बालबालीकाहरुलाई भारतका बिभिन्न रेडलाईट एरियामा लगेर बेचिने गरेको पाईन्छ।

देशमा बिधमान कमजोर कानुन, अपराधीलाई कम सजाए, भ्रष्ट प्रहरी, प्रशासन र प्रमाण र समन्वयको अभाब आदीका कारण मानव तस्करीलाई यस कामका लागि प्रोत्साहन मिलेको छ । यस्तो अमानवीय अपराध रोकथाम र नियन्त्रणका लागि सरकार, कानुन र गैर सरकारी संस्थाहरुकोको सकृयता र समन्बय आवस्यक देखिन्छ ।

-Anand Gurung in Kathmandu

 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?