NEWS: बिबिसी नेपाली सेवा ::

Cheaper Flights Banner (125x125)ONETRAVEL.COMfree shipping 120x60TripMamaCheapOstay

Inside

समानुपातिक निर्वाचनप्रणाली विना महिला मुक्ति असम्भव PDF Print E-mail
Share
User Rating: / 1
PoorBest 
Written by Santa Bagam   
Monday, 31 January 2011 20:16

काठमाडौं- अन्तरपार्टी महिला सन्जालले समानुपातिक निर्वाचनप्रणाली विना महिला मुक्ति असम्भव हुने निश्कर्ष निकालेको छ ।



विभिन्न राजनीतिक दलका महिला आवद्ध रहेको सन्जालले माघ १७ गते काठमाडौंमा आयोजना गरेको 'निर्वाचन प्रणाली र महिलाको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता' विषयक विचार गोष्ठीमका वक्ताहरुले राज्यका हरेक निकायमा महिलाको समानुपातिक सहभागिता नभएसम्म महिला अधिकार सुनिश्चित नहुने र यसकालािग समानुपातिक निर्वाचन प्रणाली एक मात्र उपाय रहेको बताएका हुन् ।

कार्यक्रममा बोल्दै एकीकृत नेकपा माओवादीका नेता देव गुरुङले महिला, मधेसी, दलित, जनजातिलगायत पछाडि परेका समुदायलाई नेतृत्व तहमा ल्याउने महत्वपूर्ण निर्वाचनप्रणाली प्रत्यक्ष समानुपातिक निर्वाचन प्रणाली भएको बताए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य कविता सरदारले हरेक निकायमा समानुपातिक महिला सहभागिता सुनिश्चित गर्न निर्वाचनमा समानुपातिक चुनाव प्रणाली अपनाउनुको विकल्प नरहेको धारणा राखिन् ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य गरिमा शाह, नागरिक समाजका अगुवा श्याम श्रेष्ठ, सन्जालका अध्यक्ष निलम केसीलगायतले अबको हरेक निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली लागु गर्नुपर्ने बताएका थिए ।

संविधान सभा निर्वाचनमा अर्धसमानुपातिक निर्वाचन प्रणाली अपनाउँदा ३३ प्रतिशत महिलाले सभासद बन्ने मौका पाएका थिए । महिला अधिकारकालागि यो नेपालको इतिहासमै सबैभन्दा ठूलो उपलब्धभन्दा अत्युक्ति हुँदैन ।

-Santa Bagam in Kathmandu

Find us at: http://www.facebook.com/usnepalonline

http://twitter.com/usnepalonline

Read our exclusive reporting on:

संघीयता | | राजतन्त्र? | महिला | NRN | दलित समस्या | न्यू योर्क नेपाली | प्रबास | India

Not enough of reading us? Visit our multi-media channels:


 

Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment
 

Most Popular News Links: Top 100

Members Data

Members : 2473
Content : 5828
Web Links : 6

You Vote!

नयाँ संबिधान निर्धारित समय (२०६७ जेष्ठ १४ गते) मै जारी होला? Will New Constitution be released on time?